स्नातक तथा स्नातकोत्तर समस्तरीय शैक्षिक उपाधि प्रदान गर्ने थुप्रै संस्थाहरू छन्।

  काठमाडौं युनिभर्सिटी स्कुल अफ एजुकेसन

दूर शिक्षाको आवश्यकता र जनचाहनालाई आत्मसात् गर्दै काठमाडौं युनिभर्सिटी स्कुल अफ एजुकेसन (KUSOED) ले आफ्नो अनलाइन नेटवर्किङ सिस्टमको प्रयोग गरी शिक्षाको गुणस्तरीयता नखस्कने गरी न्यूनतम शुल्कमा ग्रामीण तथा सहरिया जनतालाई स्तरीय पाठ्यक्रमका माध्यमबाट अत्याधुनिक प्राविधिक दूर शिक्षा प्रदान गर्ने दिशामा अग्रणी कदम चालेको छ । KUSOED ले निम्नलिखित पाठ्यक्रमहरू प्रदान गर्दै आएको छ।

KUSOED ले निम्न कोर्सहरू उपलब्ध गराएको छ
एम.एड: २ बर्से
१. दुई बर्से एम. एड. का लागि: कुनै मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा द्वितीय श्रेणीमा वा CGPA मा २.५ अङ्कसहित सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण ( जस्तै: बि.एड./ बि.एस्सी/ बि.ए./ PGDE वा सो सरह)। यस कार्यक्रममा भर्ना हुनका लागि कम्तीमा पन्द्र वर्ष अध्ययन गरेको हुनु अनिवार्य।
२. प्रवेश परीक्षा: दूर शिक्षा प्रणालीबाट अध्ययन गर्नका लागि आवेदन दिने विद्यार्थीहरूले १०० पूर्णाङ्कको प्रवेश परीक्षा दिनु पर्दछ र भर्ना हुनका लागि कम्तीमा ५०% अङ्क ल्याउनु पर्दछ। अनलाइनबाटै प्रवेश परीक्षा सञ्चालन गरिन्छ। अनलाइन परीक्षामा सहभागिता जनाउनका लागि उम्मेदवारको इमेलमा प्रविष्टि परिचय (Access ID) र सुरक्षित पासवर्ड पठाइन्छ। प्रवेश परीक्षामा सफल भएका उम्मेदवारहरूसँग छोटो टेलिफोन अन्तर्वाता पनि लिन सकिन्छ।
एम. एड.: एक बर्से

एक बर्से एम.एड. का लागि: मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा द्वितीय श्रेणी (५०%) वा CGPA मा ३.० अङ्क सहित सम्बन्धित विषयमा स्नातकोत्तर तह उत्तीर्ण ( जस्तै : एम.ए./एम.एस्सी वा सो सरह)। यस कार्यक्रममा प्रवेश पाउनका लागि कम्तीमा १६ वर्षको अध्ययन पूरा गरेको हुनुपर्ने।

PGDE: एक बर्से

एक बर्से PGDE कार्यक्रम अन्तर्गत भर्ना हुनका लागि सम्बन्धित विषयमा (जस्तै: बि.ए./ बि.एस्सी/ बि.कम वा सो सरह) स्नातक तह उत्तीर्ण गरेको हुनु पर्ने।

 

 

  त्रिभुवन विश्वविद्यालय

नेपालकै अग्रणी त्रिभुवन विश्वविद्यालयले पनि दूर शिक्षा प्रणालीका माध्यमबाट चाँडै एम.एड. र बि.एड. का कक्षाहरू सञ्चालन गर्दै छ । त्रिभुवन विश्वविद्यालयले National Centre for Educational Development (NCED) सँग समन्वय गरेर विद्यालय तहका शिक्षकहरूलाई लक्षित गरी दूर शिक्षाका माध्यमबाट तीन बर्से एम.एड र पाँच बर्से बि.एड. का कक्षाहरू उपलब्ध गराउन लागेको हो।

 

  सिक्किम मनिपाल विश्वविद्यालय

सिक्किम मनिपाल विश्वविद्यालयले स्नातकोत्तर तहका लागि दूर शिक्षाका लागि निम्नलिखित पाठ्यक्रमहरू उपलब्ध गराएको छ।

१. Distance MBA
२. Distance MCA
३. Distance MScIT
४. Distance MA
५. Online MBA
६. Distance MCom
 

 

  इन्दिरा गान्धी राष्ट्रिय खुला विश्वविद्यालय (IGNOU)

इन्दिरा गान्धी राष्ट्रिय खुला विश्वविद्यालय दूर शिक्षाका लागि प्रख्यात संस्था हो। यस संस्थाले मातहतका विभिन्न स्कुलहरूका माध्यमबाट कैयौं पाठ्यवस्तुहरू उपलब्ध गराउँछ । यस्ता केही स्कुलहरू हुन्:

१. School of Education
२. School of Foreign Language
३. School of Humanities
४. School of Law
५. School of Science
६. School of Management Studies
७. School of Agriculture