कान्तिपुर इन्टरनेसलन ओपेन एजुकेसन
American GED (+2)

GED भनेको अमेरिकी शिक्षा बोर्ड हो। यो अमेरिका तथा संसारका अन्य भागमा प्रचलित खुला शिक्षा प्रणाली हो। शिक्षा मन्त्रालयले स्वायत्त संस्थाका रूपमा यसको स्थापना गरेको हो। पढ्न चाहने तर विद्यालय जान नपाएका विद्यार्थीहरूप्रति यो संस्था लक्षित छ।
यो कार्यक्रलाई General Education Development Test नाम दिइएको छ । यो तह पढ्न चाहने विद्यार्थी कम्तीमा १७ वर्षको हुनुपर्छ। यस तहलाई नेपालका सबै बोर्ड र संसारका अन्य शिक्षण संस्थाहरूले मान्यता दिएका छन्। परीक्षार्थीले पाँचवटा विषय उत्तीर्ण गर्नुपर्छ। तीनवटा अन्य विषयसहित दुई वटा भाषाका पाठ्यक्रमहरू छान्नुपर्छ। अमेरिकी केन्द्र, काठमाडौं नेपालले यसको परीक्षा सञ्चालन गर्दछ।  

 

 

  Nepal Information Technology Pvt. Ltd

NIT भनेको IGNOU को साझेदार संस्था हो (PI-9604) । यसले नेपालमा खुला विश्वविद्यालयका पाठ्यक्रम मार्फत वास्तविक अर्थमा दूर शिक्षा सञ्चालन गर्दछ।
NIT ले दूर पद्धति मार्फत गुणस्तरीय शिक्षा उपलब्ध गराउँछ। NIT का माध्यमबाट व्यवस्थापन सङ्कायदेखि मानविकीसम्म, समाजशास्त्रदेखि ग्रामीण विकाससम्म र मानव अधिकारदेखि सङ्कट व्यवस्थापनसम्मका पाठ्यक्रमहरू उपलब्ध गराउँछ ।