अन्तर्राष्ट्रिय सामाजिक सञ्जाल सम्बन्धी साइटहरू
Page 3 of 3
Tripadvisor | |
![]() |
यो विश्वभरिका १० करोड मानिसहरूले प्रयोग गरिरहेको संसारकै सबैभन्दा ठूलो यात्रा सञ्जाल हो। सन् २०००को फेब्रुअरीमा स्थापना गरिएको Tripadvisor को मुख्यालय अमेरिकाको न्युटन, म्यास्याच्युसेट्समा रहेको छ। संसारका अगुवा अनलाइन ट्रावेल एजेन्सीसम्मको पहुँच यसको सबैभन्दा महत्त्वपूर्ण विशेषता हो।प्रयोगकर्ताहरूले Facebook खाता प्रयोग गरेर लग इन गर्न वा नयाँ खाता खोल्न सक्छन्।प्रयोगकर्ताहरूले होटल, हबाइजहाज, बिदा, भाडा, रेस्टुराँ र गन्तव्यबारे सूचना प्राप्त गर्न सक्छन्। |
![]() |
Twitter एउटा यस्तो माइक्रोब्लगिङ सेवा प्रदायक सामाजिक सञ्जाल हो जसले १४० अक्षर शब्दसम्मको लिखित सन्देश पठाउने र पढ्ने सुविधा प्रदान गर्दछ।यस्तो सन्देशलाई "tweets" भनिन्छ। सन् २००६को मार्च महिनामा यसको स्थापना भएको थियो।यसको केन्द्रीय कार्यालय अमेरिकाको सन्फ्रान्सिस्को, क्यालिफोर्नियामा रहेको छ।सदस्यता नलिएका प्रयोगकर्ताहरूले ट्विटहरू पढ्न मात्र सक्छन् भने सदस्यता लिएका प्रयोगकर्ताहरूले वेबसाइट, SMS, वा विभिन्न अनुप्रयोगहरूका माध्यमबाट मोबाइलमा 'ट्विट' गर्न सक्दछन्। सुविधाहरू
|
||||||||||||||||||||||||||||