अन्तर्राष्ट्रिय सामाजिक सञ्जाल सम्बन्धी साइटहरू
Page 2 of 3
![]() |
Linkedin सबैभन्दा ठुलो व्यावसायिक सञ्जाल हो।यसमार्फत प्रयोगकर्ताले आफ्नो व्यावसायिक अनलाइन परिचय बनाउन र आफ्ना सहकर्मी तथा सहपाठीहरूसँग नियमित सम्पर्क राख्न सक्छन्। यसको स्थापना सन् २००२ को डिसेम्बर महिनामा भएको थियो भने सन् २००३ को मई महिनामा यसलाई सार्वजनिक गरिएको थियो। Linkedin सार्वजनिक (खुला) सञ्जाल हो । यो बहुमुखी व्यावसायी ढाँचामा रहेको छ ।यसले सदस्यता शुल्क, विज्ञापन तथा दक्ष समाधान आदिका माध्यमबाट आम्दानी गर्दछ। Linkedin का विशेषताहरू: अनलाइन व्यावसायिक सञ्जाल, रोजगारी, मानिस खोज्ने, कम्पनी खोज्ने, ठेगाना डायरी, विज्ञापन, व्यावसायिक चिनारी तथा सामूहिक सरसहयोग। |
Myspace | |||||||||||
![]() |
Myspace सङ्गीतलाई सबैभन्दा बढी महत्त्व दिने सामाजिक सञ्जाल सेवा हो। Specific Media LLC तथा पप सङ्गीत गायक तथा कलाकार जस्टिन टिम्बरलेक यसका मालिक हुन्। सन् २००३ मा यसको स्थापना भएको हो।बेभर्ली हिल्स, क्यालिफोर्निया, अमेरिकामा यसको मुख्यालय रहेको छ। सुविधाहरू:
|
||||||||||
Ning | |||||||||||||||
![]() |
Ning यस्तो अनलाइन मञ्च हो जसमा दिइएका उपकरण तथा विशेषज्ञताको प्रयोग गरेर व्यक्ति वा संस्थाहरूले आफ्नै सामाजिक सञ्जाल निर्माण गर्न सक्दछन्।यसको स्थापना सन् २००४ को अक्टुबर महिनामा भएको हो। संयुक्त राज्य अमेरिका, क्यालिफोर्नियाको पालो अल्टोमा यसको मुख्यालय रहेको छ। सुविधाहरू:
|
||||||||||||||
Orkut | |||||||||||
![]() |
Orkut को स्वामित्व Google मा रहेको छ।सुरुका दिनमा यसको कार्यालय क्यालिफोर्नियामा थियो। सन् २००८ को अगस्त महिनामा Google ले Orkut को सम्पूर्ण व्यवस्थापन तथा सञ्चालन Google ब्राजिलले गर्ने घोषणा गर्यो। नयाँ तथा पुराना साथीहरूलाई भेट्न र विद्यमान सम्बन्धलाई कायम गर्न प्रयोगकर्ताहरूलाई सजिलो होस् भन्ने उद्देश्यले यो सेवाको खाका बनाइएको हो।यसका सर्जक तथा Google का कर्मचारी Orkut Büyükkökten कै नामबाट यो वेवसाइटको नामाकरण गरिएको छ। सुविधाहरू:
|
||||||||||
Picassa | |||||||||||||||
![]() |
यो तस्बिर व्यवस्थापनको अर्को अनुप्रयोग हो।सन् २००२ लाइफस्केपले यसको स्थापना गरेको भए पनि सन् २००४ मा Google ले लिएको थियो। प्रयोगकर्ताहरूले अनलाइन माध्यमबाट वा डेस्कटप अनुप्रयोगबाट तस्बिरहरू अपलोड गर्न सक्छन्।अनलाइन संस्करण प्रयोग गर्नका लागि प्रयोगकर्ताको Google खाता हुनुपर्छ। विशेषताहरू:
|