अन्तर्राष्ट्रिय सामाजिक सञ्जाल सम्बन्धी साइटहरू
Page 1 of 3
![]() |
मार्क जुकरबर्गले आफ्ना कलेज पढ्दाताका एउटै कोठामा बस्ने साथीहरूसँग मिलेर फेब्रुअरी ४, २००४ मा Facebook सञ्जालको स्थापना गरेका हुन्। यसको केन्द्रीय कार्यालय संयुक्त राज्य अमेरिकाको मेन्लो पार्क, क्यालिफोर्नियामा रहेको छ।आफ्नो उमेर कम्तीमा १३ वर्ष पुगेको दाबी गर्ने जोसुकैले पनि Facebook सञ्जालमा सदस्यता लिन सक्छ। Facebookको लक्ष्य मानिसहरूलाई विचार आदान प्रदान गर्ने शक्ति प्रदान गरी संसारलाई अझ खुल्ला र आबद्ध बनाउनु हो। Facebookका लोकप्रिय विशेषताहरू निम्न छन् :
|
||||||||||||||||
Flickr | |
![]() |
तस्बिर व्यवस्थापन तथा आदान प्रदान अनुप्रयोगका लागि Flickr संसारकै सर्वोत्कृष्ट अनलाइन सञ्जाल हो।सन् २००४ मा लुडिक्रोपले यसको स्थापना गरेको भए पनि सन् २००५ मा Yahoo ले लिएको थियो।Flickr मार्फत प्रयोगकर्ताहरूले प्रभावकारी ढङ्गले तस्बिर आदान प्रदान र संयोजन गर्न सक्छन्।खाता नखोलिकनै पनि प्रयोगकर्ताहरूले Flickr मार्फत तस्बिर तथा भिडियोमा पहुँच पुर्याउन सक्छन् तर वेबसाइटमा सामग्री अपलोड गर्नका लागि भने खाता खोल्नै पर्ने हुन्छ।खाता खोलेपछि प्रयोगकर्ताले अपलोड गरेका तस्बिर तथा भिडियो सहितको प्रोफाइल पृष्ठ पनि बनाउन सक्छन् । साथै, अन्य Flickr प्रयोगकर्ताको ठेगानामा सम्पर्क गर्ने सुविधा प्रदान गर्दछ।Flickr को खाता बनाउनका लागि प्रयोगकर्तासँग Yahoo को खाता हुनुपर्छ। Flickr ले तीन किसिमको खाता खोल्ने सुविधा प्रदान गर्दछ ( Free), Ad Free and Doublr।Free विकल्प अन्तर्गत प्रति तस्बिर एक टेराबाइट देखि २०० एम.बी. सम्म र प्रति भिडियो १ जिबी सम्मको भण्डारण सीमा निहित हुन्छ।Ad Free विकल्प अन्तर्गत एक वर्षको शुल्कमा विज्ञापन गर्न दिँदैन।नामबाटै स्पष्ट छ, Doublr खातामा भने दुई टेराबाइट भण्डारण प्राप्त हुन्छ। Flickr ले दुई किसिमको खाता खोल्ने सुविधा प्रदान गरेको थियो: Free र Pro।Free खाता डेटा भण्डारण, पहुँच र अन्तर्क्रियामा सीमित छ भने Pro खाताले प्रयोगकर्तालाई प्रत्येक महिना असीमित तस्बिरहरू तथा भिडियोहरू अपलोड गर्ने र भण्डारण गर्ने सुविधा प्रदान गर्दछ। |
Google+ | |||||||||
![]() |
यो Google कम्पनीको स्वामित्वमा रहेको र सोही अन्तर्गत सञ्चालित सेवा हो।सन् २०११ मा यसको स्थापना भएको हो। अमेरिकाको क्यालिफोर्निया, माउन्टेन भ्यूमा यसको केन्द्रीय कार्यालय रहेको छ। यो सामाजिक सञ्जाल प्रयोग गर्नका लागि प्रयोगकर्ताहरूसँग Google खाता हुनुपर्छ। Google+ का निम्नलिखित विशेषताहरू छन्:
|
||||||||
Hi5 | |
![]() |
Hi5 क्यालिफोर्नियाको सन फ्रान्सिस्कोमा प्रधान कार्यालय भएको सामाजिक सञ्जाल हो। सन् २००३ मा यसको स्थापना भएको हो।यसले साथीहरूको सञ्जाल बनाउने, तस्बिर आदान प्रदान गर्ने, प्रयोगकर्ता समूह बनाउने, वस्तुस्थिति अद्यावधिकीकरण गर्ने, खेल खेल्ने तथा रूचि आदान प्रदान गर्ने जस्ता चलनचल्तीका सुविधाहरू प्रदान गर्दछ।सन् २०११ देखि सामाजिक खेल तर्फ Hi5 केन्द्रित भएको छ।Facebook को खाताबाट यसमा लग इन गर्न सकिन्छ। |
Kanchenjunga Social Network | |
![]() |
यो भारतको दार्जिलिङका रहेका नेपाली मूलका बासिन्दाहरूलाई लक्ष्य गरी स्थापना गरिएको सामाजिक सञ्जाल हो।यसले समाज कल्याणका विभिन्न आयामबारेका दृष्टिकोण तथा विचारहरू आदान प्रदान गर्ने मञ्च प्रदान गर्दछ।यस सामाजिक सञ्जालबाट प्रयोगकर्ताहरूले विभिन्न मञ्चहरू, प्रत्यक्ष टेलिभिजन प्रसारण, सङ्गीत तथा भिडियो, तस्बिर, घटना, ब्लगहरू तथा समूह प्राप्त गर्न सक्छन्। |