नेपालमा गैर सरकारी संस्थाहरू
Page 1 of 6
Backward Society Education (BASE) | |
![]() |
सन् १९८५ को जनवरीमा यसको स्थापना भएको हो। निरक्षरता, गरिबी तथा सबै सीमान्तीकृत समुदायमा व्याप्त सामाजिक तथा राजनीतिक विभेदका विरुद्ध लड्न यो संस्था प्रतिबद्ध छ। यसको लक्ष्य उत्पीडनको शिकार भएका मानिसहरू र तिनका उत्पीडकहरूको दृष्टिकोणमा परिवर्तन ल्याउनु हो। नेपालका मध्य पश्चिम र सुदुर पश्चिम क्षेत्रका आठवटा जिल्लामा यो गैरसरकारी संस्था क्रियाशील छ। दाङ, बाँके, बर्दिया, कैलाली, कन्चनपुर, सल्यान, सुर्खेत र रुकुम जिल्लाहरू संस्थाको कार्यक्षेत्रभित्र पर्दछन्। यस संस्थाले औपचारिक तथा अनौपचारिक शिक्षा, मुक्त कमैयाहरूका अधिकारहरू सुनिश्चित गर्ने र कायम राख्ने, आजीविकाका लागि सहयोग, बाल श्रम उन्मूलन, दिगो लोकतन्त्रका लागि सहयोग, मानव अधिकार हननको निगरानी, द्वन्द्व न्यूनीकरण, खानेपानी तथा सरसफाइ, वातावरणीय दिगोपन, विपत्ति व्यवस्थापनका लागि तयारी र प्रतिक्रिया, पूर्वाधार विकासका लागि सहयोग, परम्परागत तथा आदिवासी संस्कृतिको संरक्षण र संबर्द्धन, सशस्त्र समूहसँग सम्बन्धित बालबालिकाहरूका लागि सहायता आदि विषयमा कार्य गर्दछ। यो दक्षिण एशियाकै सबैभन्दा ठूला सामाजिक आन्दोलनहरूमध्ये पर्दछ। सयौं बाल क्लब, महिला समूह, आय आर्जन समूह र अन्य सामुदायिक संस्थाहरूले समेत BASE को सदस्यता लिएर यस संस्थालाई थप व्यापक बनाएका छन् । |
Biogas Sector Partnership (BSP) | |||||||||||||||||||||||||||||||||||||
![]() |
यो उपयुक्त ग्रामीण तथा पुनर्नवीकरणीय ऊर्जाहरूमध्ये ग्रामीण जनताको जीवनस्तर उठाउनका लागि प्रभावकारी मानिएको बायो ग्यास प्रविधिको विकास तथा प्रवर्द्धनमा लागि परेको व्यावसायिक संस्था हो । सन् २००३ मा स्थापित यस संस्थाले निम्नलिखित उद्देश्य लिएको छ :
|
||||||||||||||||||||||||||||||||||||
Child Workers in Nepal Concerned Center (CWIN) | |
![]() |
बाल अधिकार संरक्षण र बाल श्रम शोषणका विरुद्ध काम गर्नका लागि सन् १९८७ मा यस संस्थाको स्थापना भएको हो। बाल श्रमिक, सडक बालबालिका, बाल विवाह, बन्धक श्रमिका, बालबालिका बेचविखन, कानुन लडाइँ लडिरहेका बालबालिका र बालबालिकाको व्यावसायिक-यौन शोषण यस संस्थाका मुख्य चासोका विषय हुन्। बाल अधिकारको राष्ट्रिय पहरेदारका रूपमा CWIN ले देशमा बाल अधिकारको संरक्षण र सम्बर्द्धन तथा बालबालिकामाथि हुने सबै खाले शोषण, दुरुपयोग र विभेदका विरु लबिङ गर्ने, अभियान चलाउने र सरकारलाई दबाब दिने कार्य गर्दछ । जोखिममा रहेका बालबालिकाहरूको हितका लागि कार्य गर्ने संस्थाका रूपमा सिविनले सामाजीकीकरण, सहयोग र पुन:स्थापन जस्ता विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। |
Committee for the Promotion of Public Awareness and Development Studies (COPPADES) | |
![]() |
यो सन् १९९० मा स्थापना भएको ग्रामीण क्षेत्रमा आधारित गैरनाफामुखी, गैरसरकारी संस्था हो। यसको लक्ष्य महिला, अत्यन्तै गरिब तथा विभेदको सिकार भएका समूहका बिचमा सचेतना जगाउँदै उनीहरूलाई आर्थिक दृष्टिले आत्मनिर्भर बनाउनका लागि संस्थागत गतिविधि गर्नु हो। यस संस्थाबाट सञ्चालित विभिन्न परियोजनाहरू यस प्रकार छन्।
|
Didibahini | |||
![]() |
मानिसहरूको जीवनस्तर सुधार्नका लागि दिदीबहिनी संस्थाले सन् १९९२ देखि नेपालमा कार्य गर्दै आएको छ। सहभागितामूलक शिक्षा पद्धतिका माध्यमबाट लैङ्गिक समानता हासिल गर्न यो संस्था प्रतिवद्ध रहेको छ। व्यवहार तथा धारणामा सकारात्मक परिवर्तन ल्याउनका लागि महिला तथा पुरुषहरूसँग सहकार्य गर्ने हुँदा संस्थालाई अनुपम र विशिष्ट किसिमको मान्ने गरिन्छ। लैङ्गिक शिक्षाका लागि यस संस्थाले प्रक्रियामुखी पद्धतिको अभ्यास गर्दछ। संस्थाको सहभागितामूलक अनुसन्धान पद्धतिले सुसूचित चयनका माध्यमबाट नेपाली महिला तथा पुरुषहरूले सामना गर्ने समस्याहरूमा परिवर्तन ल्याउने प्रयत्न गर्दछ। यस संस्थाले महिला मञ्च, युवा मञ्च तथा अनुसन्धान तथा सिकाइ केन्द्रहरूको निर्माण गरेको छ। संस्थाले सम्पन्न गरिसकेका परियोजनाहरू यी हुन्:
|