Aakar Post
यो नेपाली ब्लग (वेब दैनिकी) सामाजिक सञ्चार माध्यम तथा प्रविधिमा केन्द्रित छ। सन् २००७ मा अनिल प्र. घिमिरे (आकार)ले यसको स्थापना गरेका हुन्।यसमा सामाजिक सञ्चार माध्यम, Twitter, Facebook, Googleमा प्रकाशित/प्रसारित विभिन्न सामग्रीहरू, तस्बिर, भिडियो तथा कथाहरू ट्यागिङ गरिएको हुन्छ।साहित्यिक रेडियो सामग्रीहरू यस वेब दैनिकीका निकै लोकप्रिय पोस्टिङ हुन्।
 

 

  Ashesh’s Blog
वेब निर्माता अशेष श्रेष्ठले यो ब्लग सञ्चालन गर्दछन्।नेपाली पात्रो, नेपाली युनिकोड तथा मिति रूपान्तरणकर्ता जस्ता सेवा प्रदान गर्ने भएकाले यो वेब दैनिकी नेपालीहरूमाझ निकै लोकप्रिय छ।यसमा गरिने ब्लगपोस्टहरू सूचना प्रविधि तथा सामाजिक सञ्चार माध्यमसँग सम्बन्धित हुन्छन्।
 

 

  Lex Limbu’s Blog
यो बेलायतमा बस्ने गैर आवासीय नेपाली लेक्स लिम्बुद्वारा सञ्चालित निजी ब्लग हो।यसमा नेपाली मनोरञ्जन उद्योगसँग सम्बन्धित सिनेमा, सङ्गीत, र फेसन विषयक सामग्रीहरू पोस्ट गरिन्छन्।.
 

 

  Mysansar (Mero Sansar)
यो सबैभन्दा लोकप्रिय नेपाली blog हो। यसको स्थापना सन् २००५ मा 'सालोक्या' उपनामका उमेश श्रेष्ठले गरेका हुन्। यसले पाठ, तस्बिर र भिडियो जस्ता सुविधाहरू प्रदान गर्दछ।