Beepe Grillo | |
![]() |
इटालीका लोकप्रिय हास्य कलाकार तथा राजनीतिक टिप्पणीकार बिप ग्रिल्लोले यस ब्लगको निर्माण गरेका हुन्। |
Boing Boing | |
![]() |
यो ब्लग सर्वप्रथम सन् २००० को जनवरीमा देखा परेको हो।यसमा तथा सेकाइएका खाद्यसामग्रीहरू आकर्षक आकारमा र हास्यास्पद चित्रहरूमा पोस्ट गरिएका हुन्छन्। |
Dooce | |
![]() |
हेथर आर्मस्ट्रङले सन् २००१ मा यसको स्थापना गरेका हुन्।यो सबैभन्दा ठूला डायरीहरूमध्ये एउटा हो।यसमा काम, पारिवारिक जीवन, प्रसवकाल पछिको उदासीनता, मातृत्व आदि विषयमा लेख्ने गरिन्छ।पाठकहरूले लेखिकाकै जीवनसँग साक्षात्कार भएको महसुस गर्दछन् र उनीप्रति कृतज्ञता जाहेर गर्दछन्। |
Engadget | |
![]() |
अमेरिकन अनलाइन (AOL)को स्वामित्वमा रहेको Engadget सन् २००४ मा प्रारम्भ भएको थियो।यसले प्रविधि तथा उपभोक्ताकेन्द्री विद्युतीय सरसामानमा यसले आफ्नो ध्यान केन्द्रित गरेको छ। |
Gawker | |
![]() |
सन् २००३ मा Nick Denton ले निर्माण गरेको यो ब्लग Gawker Media Network को स्वामित्वमा रहेको छ।यसले समाचार तथा मिडियासँग सम्बन्धित ब्लगहरू प्रकाशित गर्दछ। |
Gizmodo | |
![]() |
सन् २००२ मा Peter Rojas ले यसको स्थापना गरेका हुन्।यो पूर्णत: प्रविधि तथा उपभोग्य विद्युतीय सामग्रीसँग सम्बन्धित छ।यसले प्रविधि उद्योगका अत्याधुनिक विकासलाई समेट्ने गर्दछ। |
Icanhascheezburger | |
![]() |
इरिक नाकागावाले यसको प्रारम्भ गरेका हुन्।यो ब्लग Lolcats (विभिन्न परिवेशमा देखिने बिरालाहरूका शीर्षकसहितका रमाइला तस्वीरहरू) हेर्न, बनाउन, पेश गर्न र आफ्नो मत जाहेर गर्नका लागि हो।संसारभरि फैलिएको यो ब्लग 'Kitty Pidgin' का रूपमा चिनिन्छ। |
Kottke | |
![]() |
सन् १९९८ मा जासन कोट्केले यसको स्थापना गरेका हुन्।यस ब्लगमा रमाइला सामग्रीहरू समाविष्ट हुन्छन्। |
Life Hacker | |
![]() |
गिना त्रापानी (Gina Trapani) ले सन् २००५ ले यसको निर्माण गरेका हुन्।ब्लगिङ टिप्समा आउने यसका दैनिक वेब ब्लग, सफ्टवेयर तथा निजी उत्पादकत्व, डाउनलोड, सिफारिस, वेबसाइट र ब्लगरहरूलाई छिटोछरितो गरी काम गर्न सहयोग गर्ने उपकरणहरूका कारण यो निकै लोकप्रिय रहेको छ। |
Mashable | |
![]() |
Pete Cashmore ले सन् २००५ मा यसको निर्माण गरेका हुन्। Mashable एउटा सामाजिक सञ्जाल तथा वेब टिप्ल ब्लग हो। यसले समाचार सञ्जाल, सफ्टवेयर, ब्लगिङ प्रविधि, ब्लगिङ टिप्स र Facebook, Google, Twitter, MySpace,YouTube जस्ता सामाजिक सञ्जालहरूलाई समेटेको छ।यसले महत्त्वपूर्ण करिअर, पेशा तथा व्यवसायलाई पनि समेट्छ। |
Microsiervos | |
![]() |
सन् २००१ मा यसलाई सार्वजनिक गरिएको हो।यसको चासो विज्ञान, उत्सुकता, अनौठा सत्य, संयोग, खेलकुद, रहस्य, उद्धरण, षड्यन्त्र, कम्प्युटर, ह्याकिङ, भित्ते चित्र र रूपाङ्कन आदिमा रहेको छ।यो ब्लग अनौपचारिक, मैत्रीपूर्ण र ठट्यौलो पाराको छ।यसमा जमिनदेखि आकाससम्मका विभिन्न ज्ञानमूलक सामग्रीहरू प्राप्त हुन्छन्। |
Perez Hilton | |
![]() |
म्यारिओ अर्मान्डो लेभेन्डेरिया, जुनियरले सन् २००१ मा यसको स्थापना गरेका हुन्।यस ब्लगमा सङ्गीतकार, कलाकार, मोडेल तथा हलिउडका कलाकारका बारेमा सामग्रीहरू प्रस्तुत गरिन्छन्। |
Talking Points Memo | |
![]() |
अमेरिकाको सन् २००० को चुनावपछि यसको प्रारम्भ भएको हो।राजनीतिक दृष्टिले वाममार्गी कोणबाट राजनीतिक विषयमा हुने टिप्पणीहरू यसमा समाविष्ट हुन्छन्। |
Techcrunch | |
![]() |
माइकल एरिङटोनले सन् २००५ मा Techcrunch को निर्माण गरेका हुन्।यसले प्रविधिसम्बन्धी सूचना तथा विश्लेषण र कम्पनीहरूको उद्घाटन, उत्पादन र वेबसाइट आदिबारे सामग्री उपलब्ध गराउँछ। |
The business Insider | |
![]() |
व्यावसायिक तथा मनोरञ्जनमूलक समाचार तथा समसामयिक घटनालाई समेट्ने उद्देश्यले सन् २००९ मा यसको स्थापना भएको हो। |
The Drudge Report | |
![]() |
यसको सुरुवात इ-मेल कुराकानी सिटका रूपमा भए पनि पछि यसका मुख पृष्ठमा महत्त्वपूर्ण समाचारहरू देखा पर्न थालेका छन्। |
The Huffington Post | |
![]() |
यसले संयमित किसिमका टिप्पणीसहितका व्यावसायिक स्तम्भ, ब्लग र नयाँ घटनाहरू उपलब्ध गराउँछ।यो मूलत: एउटा अमेरिकी ब्लग सञ्जाल हो र यसले राजनीति, समाज, धर्म, खेलकुद, ताजा घटनाबारेका विचारहरू प्रस्तुत गर्दछ।यसले संसारभरिका अन्य चर्चित ब्लगका राम्रा सामग्रीहरूलाई एकीकृत गर्दछ। |
TMZ | |
![]() |
पहिले यसलाई २००७ को ब्रेकआउट ब्लग भनिन्थ्यो।यसले ख्यातिप्राप्त व्यक्तिहरूबारेका गोप्य कुरा र मनोरञ्जन समाचारलाई प्राथमिकता दिन्छ। साथै, यसले चर्चित व्यक्तिबारेका समाचार तथा हलिउडका अफवाहहरूलाई पनि समेट्ने गर्दछ। |
Treehugger | |
![]() |
यो ब्लग आम जनताको जीवनशैली दिगो बनाउने कुरामा प्रतिबद्ध छ। |
Xu Jinglei | |
![]() |
नायिका जिङलेइले सन् २००५ मा यो ब्लग लोकार्पण गरेकी थिइन्।यो पूर्णत: महिला जगत्प्रति समर्पित छ, साथै, लोकप्रिय कलाकारहरूको वास्तविक जीवनबारेका सामग्री पस्कन्छ। |