The Huffington Post
यसले संयमित किसिमका टिप्पणीसहितका व्यावसायिक स्तम्भ, ब्लग र नयाँ घटनाहरू उपलब्ध गराउँछ।यो मूलत: एउटा अमेरिकी ब्लग सञ्जाल हो र यसले राजनीति, समाज, धर्म, खेलकुद, ताजा घटनाबारेका विचारहरू प्रस्तुत गर्दछ।यसले संसारभरिका अन्य चर्चित ब्लगका राम्रा सामग्रीहरूलाई एकीकृत गर्दछ।
 

 

  TMZ
पहिले यसलाई २००७ को ब्रेकआउट ब्लग भनिन्थ्यो।यसले ख्यातिप्राप्त व्यक्तिहरूबारेका गोप्य कुरा र मनोरञ्जन समाचारलाई प्राथमिकता दिन्छ। साथै, यसले चर्चित व्यक्तिबारेका समाचार तथा हलिउडका अफवाहहरूलाई पनि समेट्ने गर्दछ।
 

 

  Treehugger
यो ब्लग आम जनताको जीवनशैली दिगो बनाउने कुरामा प्रतिबद्ध छ।
 

 

  Xu Jinglei
नायिका जिङलेइले सन् २००५ मा यो ब्लग लोकार्पण गरेकी थिइन्।यो पूर्णत: महिला जगत्‍प्रति समर्पित छ, साथै, लोकप्रिय कलाकारहरूको वास्तविक जीवनबारेका सामग्री पस्कन्छ।