Life Hacker
गिना त्रापानी (Gina Trapani) ले सन् २००५ ले यसको निर्माण गरेका हुन्।ब्लगिङ टिप्समा आउने यसका दैनिक वेब ब्लग, सफ्टवेयर तथा निजी उत्पादकत्व, डाउनलोड, सिफारिस, वेबसाइट र ब्लगरहरूलाई छिटोछरितो गरी काम गर्न सहयोग गर्ने उपकरणहरूका कारण यो निकै लोकप्रिय रहेको छ।
 

 

  Mashable
Pete Cashmore ले सन् २००५ मा यसको निर्माण गरेका हुन्। Mashable एउटा सामाजिक सञ्जाल तथा वेब टिप्ल ब्लग हो। यसले समाचार सञ्जाल, सफ्टवेयर, ब्लगिङ प्रविधि, ब्लगिङ टिप्स र Facebook, Google, Twitter, MySpace,YouTube जस्ता सामाजिक सञ्जालहरूलाई समेटेको छ।यसले महत्त्वपूर्ण करिअर, पेशा तथा व्यवसायलाई पनि समेट्छ।
 

 

  Microsiervos
सन् २००१ मा यसलाई सार्वजनिक गरिएको हो।यसको चासो विज्ञान, उत्सुकता, अनौठा सत्य, संयोग, खेलकुद, रहस्य, उद्धरण, षड्यन्त्र, कम्प्युटर, ह्याकिङ, भित्ते चित्र र रूपाङ्‍कन आदिमा रहेको छ।यो ब्लग अनौपचारिक, मैत्रीपूर्ण र ठट्यौलो पाराको छ।यसमा जमिनदेखि आकाससम्मका विभिन्न ज्ञानमूलक सामग्रीहरू प्राप्त हुन्छन्।
 

 

  Perez Hilton
म्यारिओ अर्मान्डो लेभेन्डेरिया, जुनियरले सन् २००१ मा यसको स्थापना गरेका हुन्।यस ब्लगमा सङ्गीतकार, कलाकार, मोडेल तथा हलिउडका कलाकारका बारेमा सामग्रीहरू प्रस्तुत गरिन्छन्।