Gawker
सन् २००३ मा Nick Denton ले निर्माण गरेको यो ब्लग Gawker Media Network को स्वामित्वमा रहेको छ।यसले समाचार तथा मिडियासँग सम्बन्धित ब्लगहरू प्रकाशित गर्दछ।
 

 

  Gizmodo
सन् २००२ मा Peter Rojas ले यसको स्थापना गरेका हुन्।यो पूर्णत: प्रविधि तथा उपभोग्य विद्युतीय सामग्रीसँग सम्बन्धित छ।यसले प्रविधि उद्योगका अत्याधुनिक विकासलाई समेट्ने गर्दछ।
 

 

  Icanhascheezburger
इरिक नाकागावाले यसको प्रारम्भ गरेका हुन्।यो ब्लग Lolcats (विभिन्न परिवेशमा देखिने बिरालाहरूका शीर्षकसहितका रमाइला तस्वीरहरू) हेर्न, बनाउन, पेश गर्न र आफ्नो मत जाहेर गर्नका लागि हो।संसारभरि फैलिएको यो ब्लग 'Kitty Pidgin' का रूपमा चिनिन्छ।
 

 

  Kottke
सन् १९९८ मा जासन कोट्केले यसको स्थापना गरेका हुन्।यस ब्लगमा रमाइला सामग्रीहरू समाविष्ट हुन्छन्।