Association of International NGOs (AIN)
नेपालमा कार्यरत अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूले सन् १९९६, सेप्टेम्बरमा Association of International NGO's (AIN) को स्थापना गरेका हुन्। यस अन्तर्गत ५० भन्दा बढी अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरू आबद्ध भइसकेका छन्। नेपालको विकासका क्षेत्रमा यो सञ्जाल निकै महत्त्वपूर्ण रहेको छ किनभने यसका सदस्य अगैससहरूले हिमालदेखि  तराईसम्मका जनताहरूलाई केन्द्रित गरी विभिन्न विकासे कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन्।
 

 

  Academy for Educational Development (AED)
Alvin C. Eurich र Sidney Tickton ले सन् १९६१ मा यस संस्थाको स्थापना गरेका हुन्। खास गरी अमेरिकामा उच्च शिक्षाको व्यवस्थापनका लागि प्राविधिक सहयोग गर्ने उद्देश्यले यस संस्थाको स्थापना गरिएको थियो। यसले वातावरणीय सञ्चार, सामाजिक बजारीकरण तथा अन्य विषयका माध्यमबाट विकासोन्मुख देशहरूमा स्वास्थ्य क्षेत्रको प्रबर्द्धनमा समेत आफ्नो ध्यान केन्द्रित गर्योत । पछि गएर AED का कार्यक्रमहरू FHI 360 मा हस्तान्तरित भए । AED का कार्यक्रमहरूलाई FHI मा गाभिएपछि FHI 360 नामक नयाँ संस्थाको निर्माण गरियो। त्यसपछि AED को अस्तित्व समाप्त भयो।
 

 

  Action Aid Nepal
यस संस्थाले विभेदको सिकार भएका र आवाजको सुनुवाइ नहुने वर्गका मानिसहरूलाई केन्द्रमा राखेर काम गर्दछ। नेपालमा यस संस्थाले शिक्षा, महिला अधिकार, खान पाउने आधार, स्वास्थ्यसम्बन्धी अधिकार, न्यायिक तथा प्रजातान्त्रिक शासन प्रणाली तथा मानवीय सुरक्षाका क्षेत्रमा कार्य गर्दछ। संस्थाका केन्द्रीय स्रोत केन्द्र, पूर्वी स्रोत केन्द्र र पश्चिमी स्रोत केन्द्र रहेका छन्।
 

 

  Action Contre La Faim
अफगानिस्तानको सङ्कटकाललाई सम्बोधन गर्ने ध्येयले फ्रान्सेली बुद्धिजीवीहरूको एउटा समूहले सन् १९७९ मा यस संस्थाको स्थापना गरेको हो। संस्थाको एक मात्र उद्देश्य भोकमरीको अन्त्य गर्नु थियो। विशेषत: ACF ले सङ्कटकै बेला र सङकटकालपछिको समयमा कुपोषणको पहिचान, रोकथाम तथा उपचार गर्ने उद्देश्य लिएको थियो। नेपालमा सन् २००९ मा बन्द भएको भोक विरुद्धको कार्यक्रम सन् २०११ मा पुन: सञ्चालन भयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सहकार्यमा ACF ले नेपालका कतिपय क्षेत्रमा पाइएका गम्भीर कुपोषणसम्बन्धी समस्याहरूलाई समाधान गर्ने उद्देश्यले पोषण तथा स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ।
 

 

  Adventist Development and Relief Agency (ADRA)-Nepal
व्यक्तिगत र सामाजिक विकास तथा विपत्तिबाट मुक्ति दिने विशिष्ट उद्देश्यले सन् १९८४ मा Adventist Development and Relief Agency (ADRA) को स्थापना भएको हो। नेपालमा सन् १९८७ मा यसको स्थापना भएको हो। जुनसुकै जातिका, राजनैतिक विचार बोकेका र धार्मिक विश्वास भएका मानिसहरूको सेवामा ADRA समर्पित छ। यसले सहयोगको आवश्यकता भएका खासगरी सबैभन्दा जोखिममा रहेका महिला, केटाकेटी तथा बुढाबुढी जोसुकैलाई सहयोग गर्दछ। नेपाली समुदाय नै ADRA को कार्यक्षेत्र हो। नेपालभरि ADRA का १८ वटा परियोजना सञ्चालित छन्।
 

 

  Aide et Action International Nepal
नेपालका सप्तरी र बाग्लुङ जिल्लाका प्राथमिक विद्यालयका केटाकेटीका लागि गुणस्तरीय शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको Aide et Action International Nepal सन् २००९ मा दर्ता भएको हो। यसले सन् २०१० मा iLEAD नामक जीविकामूलक शिक्षा कार्यक्रम (livelihood education programme) पनि प्रारम्भ गरेको छ । यसको उद्देश्य सामाजिक द्वन्द्वका कारण सङ्कटमा परेका युवायुवतीहरूलाई व्यावसायिक सीप तथा जीविकामूलक शिक्षा प्रदान गर्नु हो।
यस परियोजनाका मुख्य उद्देश्यहरू यस प्रकार छन्:
  • उच्च शिक्षा प्राप्त गर्ने अवसर नपाएका कारण सङ्कटमा परेका युवायुवतीहरूलाई चार महिने सीपमूलक तालिम दिनु; यो कार्यक्रम काठमाडौं, ललितपुर र भक्तपुरका झुपडपट्टीहरूप्रति पनि केन्द्रित रहेको।
  • यस कार्यक्रममार्फत तालिम प्राप्त गरेका कम्तीमा ७५% युवाहरूलाई आयमूलक रोजगारी पक्का गर्ने;
नेपालका १४,२९२ विद्यार्थीसम्म Back to Basics (B2B) नामक गुणस्तरीय शिक्षा कार्यक्रम पुगिसकेको छ।
 

 

  Aids Info Docu Switzerland
सन् १९९७ मा निम्न उद्देश्यले Aids Info Docu Switzerland को स्थापना भएको हो ।
  • यौनका कारण सर्ने रोगहरूको रोकथाम गर्नु र CSWs तथा HIV/AIDS बाट सङ्क्रमित व्यक्तिहरूलाई उपचार सेवा प्रदान गरी उनीहरूमा स्वस्थ व्यवहारको प्रबर्द्धन गर्नु
  • अवसर नपाएका महिला (CSWs & WLHA समेत) बाट जन्मिएका केटाकेटी र अनाथहरूलाई बाल वेश्यावृत्ति, बालबालिका बेचबिखन, तथा शरीरका अङ्ग बिक्रीका लागि गरिने बालबालिकाको चोरीका विरुद्ध सुरक्षित, भयरहित र निर्देशित वातारवरणका माध्यमबाट सहयोग तथा संरक्षण गर्नु
 

 

  Ama Foundation
यस संस्थाले अवसरबाट सबैभन्दा बढी वञ्चित भएका नेपाली बालबालिकाहरूलाई आरामदायी घर र शिक्षा प्रदान गर्नुका साथै आफ्नै समुदायभित्र स्वस्थ र सुरक्षित जीवन यापन गर्न मदत गर्दछ।