Chat and Messaging Tools

  ChatOn
यो Samsung का मोबाइलहरूले पहिले नै जडित भएर आउँछ।यसले आमनेसामने भएर च्याट गर्ने र भाषा अनुवाद गर्ने स्वचालित अनुवाद सेवा प्रदान गर्दछ।अनुवादकले आवाजका रूपमा रहेको सन्देश अनुवाद गर्दछ।
 

 

  eBuddy
यो वेब वा मोबाइलमा तत्काल सन्देश आदान प्रदान गर्न मिल्ने सन् २००३ मा सार्वजनिक गरिएको सेवा हो। eBuddy ले विन्डोज लाइभ Messenger, याहु Messenger, AIM, Hyves, ICQ, Google Talk, MySpace, इन्स्ट्यान्ट Messenger र Facebook कुराकानीलाई सपोर्ट गर्दछ।
 

 

  Facebook Messenger
यस उपकरणबाट प्रयोगकर्ताहरूले साथीहरूका मोबाइलमा सोझै सन्देश पठाउन सक्ने हुँदा प्रयोगकर्ता जहाँ भए पनि सम्पर्कमा रहिरहन सक्छन्।
 

 

  Fring
यस मोबाइल उपकरणले निम्नलिखित सुविधाहरू प्रदान गर्दछ :
  • नि:शुल्क सामूहिक भिडियो
  • भिडियो कुराकानी
  • प्रत्यक्ष सन्देश आदान प्रदान
  • Fring कुराकानी (Fring अन्तर्गतको कुराकानी)
  • Fring भन्दा बाहिर कुराकानी (सस्तो दरमा Fring बाहेकका जुनसुकै फोन नम्बरमा कुरा गर्न)
 

  Google Hangout
यो Google+ को आकर्षण हो।यसले तस्बिर, इमोजी र निशु:ल्क सामूहिक भिडियो कुराकानीका कारण गफलाई जीवन्तता प्रदान गर्दछ।भिन्न भिन्न कम्प्युटर, Android तथा Apple का उपकरण चलाउने साथीहरूसँग सम्बन्ध जोड्न सकिन्छ। सन् २०१३ को मईमा यो सार्वजनिक भएको हो। यसका विशेषताहरू निम्न छन्:
  • प्रत्यक्ष कुराकानी गरिरहँदा तस्बिर तथा इमोजी आदानप्रदान गर्दै राम्ररी सामूहिक कुराकानी गर्न सकिने,
  • एक एक जनाका बिचमा वा सामूहिक रूपमा एकै पटक १० जनाका बीचमा प्रत्यक्ष भिडियो कुराकानी गर्न सकिने,
 

 

  GroupMe
यो माइक्रोसफ्टद्वारा सञ्चालित मोबाइलमा सामूहिक सन्देश आदान प्रदान गर्न मिल्ने उपकरण हो।यसबाट एकै पटक सबै मोबाइलमा सामूहिक सन्देश पठाउन सकिन्छ।
 

 

  iMessage
यसले Apple का आइपोड, आइप्याड, म्याक जस्ता उपकरणहरूमा काम गर्दछ।त्यसैगरी यसबाट एप्पलका उपकरणहरूमा सन्देश, तस्बिर, भिडियो, स्थान र सम्पर्क पठाउन सकिन्छ।सिरी (Siri) उपकरणबाट बोलीलाई पाठ्यसामग्रीमा परिवर्तन गर्न सकिन्छ।
 

 

  JaxtrSMS
यो स्थानीय तथा अन्तर्राष्ट्रिय मोबाइल सन्देश पठाउन सकिने नि:शुल्क उपकरण हो।
 

  Migg33
यस उपकरणले सस्तो दरमा फोनकल तथा SMS गर्ने, च्याट गर्ने र गेम खेल्ने सुविधा प्रदान गर्दछ।प्रयोगकर्ताहरूले अतिरिक्त व्यापार कार्यक्रम भनिने खरिद-बिक्री प्रणालीका माध्यमबाट अतिरिक्त आम्दानी पनि गर्न सक्छन्।
 

 

  Nimbuzz
यो विन्डोज निजी कम्प्युटर, MAC वा मोबाइल फोनमा तत्काल निशु:ल्क मोबाइल सन्देश पठाउन सकिने उपकरण हो।
सुविधाहरू:
  • कुराकानी: यसले नि:शुल्क कल सुविधा उपलब्ध गराउँछ। Nimbuzz बाट Nimbuzz मा यो पूर्णत: निशुल्क उपलब्ध हुन्छ भने अत्यन्तै कम शुल्कमा घरको फोनमा, मोबाइलमा र अन्तर्राष्ट्रिय फोन गर्न सकिन्छ।
  • संयोजन: याहु, Facebook, Google लगायतबाट साथी बनाउन सकिने
  • सन्देश: प्रयोगकर्ताले च्याट गर्न, सन्देश पठाउन, तस्बिर, भिडियो, फाइल आदि आदान प्रदान गर्न सक्ने; एउटै पृष्ठमा सबै साथीहरूलाई राखेर सामूहिक कुराकानी गर्ने सुविधा पनि यसले प्रदान गरेको छ।
 

 

  Pinch
यस उपकरणबाट प्रयोगकर्ताले सामूहिक सन्देश पठाउन, स्थान आदानप्रदान गर्न र Pinch बाट Pinch मा नि:शुल्क सन्देश आदान प्रदान गर्न सक्छन्।
 

 

  RockeTalk
यस उपकरणले निम्न सुविधा प्रदान गर्दछ:
  • आवाज, चित्र र भिडियो सन्देश पठाउन
  • नयाँ साथीहरू बनाउन
  • सशक्त समुदाय/प्रत्यक्ष कुराकानी
  • मिडिया आदान प्रदान
  • नि:शुल्क कलागृह
  • ठुला प्रतिस्पर्धा र उपहार
 

  Skype
संसारका जुनसुकै कुनामा रहेका मानिसहरूसँग कुराकानी गर्न, सन्देश पठाउन र सामग्रीहरू आदान प्रदान गर्नका लागि Skypeको प्रयोग गर्न सकिन्छ।हरेक दिन लाखौं मानिसहरूले नि:शुल्क रूपमा भिडियो कुराकानी, तत्कालिक सन्देश; मोबाइल सन्देश वा कुराकानी गर्नका लागि Skype डाउनलोड र प्रयोग गर्दछन्।पैसा तिरेर लिन सकिने सेवा मार्फत कम लागतमा संसारभरिका मोबाइल वा घरका फोनमा कुरा गर्नुका साथै लिखित सन्देश पठाउन र १० जनासँग एकैचोटि सामूहिक भिडियो कुराकानी गर्न सकिन्छ। हाल Skype को स्वामित्व Microsoft मा निहित छ।
Skypeका विशेषता:
  • कुराकानी गर्न: Skypeबाट Skypeमा निशु:ल्क कुराकानी गर्नुहोस् अथवा कम लागतमा स्वदेश वा विदेशमा रहेका आफन्तहरूसँग मोबाइल वा घरको फोनमा कुराकानी गर्नुहोस्। कुराकानी गर्ने सुविधा अन्तर्गत Skype बाट Skype मा, मोबाइल वा घरको फोनमा, सामूहिक कुराकानी गर्न, Skype नम्बर, कल अग्रेषण, कलर आइडी र Skype to go उपलब्ध छन् (कुनै पनि फोनबाट कम लागतमा अन्तर्राष्ट्रिय कल गर्न सकिन्छ)।
  • भिडियो: देख्नु विश्वास गर्नु हो।प्रत्यक्ष कुराकानी वा सिङ्गो समूहसँग एकै पटक भिडियो कल गर्नुहोस्।यसमा एक एक जनाका बीचमा वा समूहमा भिडियो कुराकानी गर्ने सुविधाहरू छन्।
  • सन्देश पठाउन: तत्काल लिखित सन्देश पठाउन, सन्देशका रूपमा आवाज पठाउन र लेख्य सामग्री पठाउन सकिन्छ।
  • आदान प्रदान: यस सेवा अन्तर्गत फाइल पठाउने, स्क्रीन आदान प्रदान, समूहगत स्क्रीन आदान प्रदान र सम्पर्क आदान प्रदान पर्दछन्।
  • अन्य विशेषताहरू:
    Skype बाट Facebook मा- तत्काल सन्देश, Facebook का साथीहरूसँग भिडियो कुराकानी र Skype बाट सोझै ताजा समाचार अवलोकन।
    Skype WiFi- संसारभरिका दस लाख भन्दा बढी सार्वजनिक हटस्पटस् अनलाइन प्राप्त गर्न,
    Skype Manager- खाता खोल्ने एउटा उपकरण भएको, ऋण प्रदान गर्न र विशेषताहरू प्राप्त गर्न।
    Skype कनेक्ट- पुरानै SIP-जडित PBX बाट Skype कुराकानी गर्न।.
    Outlook.com का लागि Skype का आफ्ना Messenger तथा Skypeका साथीहरूसँग भिडियो कुराकानीको जादुमय आनन्द लिन।
 

 

  Viber
यस उपकरणले प्रयोगकर्ताहरूलाई नि:शुल्क लिखित सन्देश, तस्बिर सन्देश, भिडियो सन्देश र अन्य प्रयोगकर्ताहरूसँग स्थानबारे सूचना आदान प्रदान गर्ने सुविधा प्रदान गर्दछ।प्रयोगकर्ताहरूले अन्य Viber प्रयोगकर्ताहरूसँग iPhone®, Android™, Windows Phone, Blackberry®, Windows®, Mac, Symbian, Nokia S40 and Bada devices  मार्फत ३/४ जि.बी. सम्म नि:शुल्क HD-quality कुराकानी गर्न वा WiFi connection गर्न सक्छन्।
 

 

  Whatsapp
यस Messengerका सहायताले iPhone, BlackBerry, Android, Windows Phone र Nokia मोबाइलहरूबीच सन्देश आदान प्रदान गर्न सकिन्छ।प्रयोगकर्ताहरूले लिखित सन्देश, भिडियो, तस्विर र श्रव्य-सामग्री पठाउन सक्छन्।
 

 

  Windows Live Messenger
माइक्रोसफ्टले निर्माण गरेको विन्डोज लाइभ Messenger निकै आलोचित भएको थियो। मार्च १५, २०१३ बाट यसलाई बन्द गरियो।यसका निम्नलिखित विशेषताहरू थिए:
  • एल्बम हेर्न सकिने
  • अफलाइन प्रयोग गर्न सकिने
  • सामाजिक सञ्जालहरूको एकीकरण
  • खेल तथा उपकरणहरू
  • Games and applications
  • Messenger को सहयोगी
 

  Yahoo Messenger
याहु Messenger याहुले उपलब्ध गराएको विज्ञापनमा आधारित तत्काल सन्देश पठाउन सकिने क्लाइन्ट हो।मूलत: याहु! पेजर नाममा सन् १९९८ को मार्च महिनामा यसलाई प्रारम्भ गरिएको थियो।यसका विशेषताहरू निम्न छन्:
  • तात्कालिक सन्देश: लिखित सन्देशहरू तत्काल पठाउन सकिने;
  • तस्बिर आदान प्रदान: डेस्कटप कम्प्युटर वा Flickr बाट तस्बिर आदान प्रदान गर्न र ती तस्बिरहरूबारे छलफल गर्न सकिने;
  • निजी कम्प्युटरबाट निजी कम्प्युटरमा कुराकानी गर्न: Yahoo Messenger का अन्य प्रयोगकर्तासँग आवाजमा कुराकानी गर्न सकिने;
  • SMS: Messenger बाट साथीको मोबाइलमा नि:शुल्क लिखित सन्देश पठाउन सकिने;
  • वेबक्याम: Yahoo Messenger का सहायताबाट साथीहरूसँग प्रत्यक्ष भिडियो कुराकानी गर्न सकिने;
  • तात्कालिक सन्देश वार्ता (IM Conferencing): एउटै सभा कक्षबाट धेरै जना साथीहरूलाई सन्देश पठाउन सकिने (उपलब्ध भएसम्म आवाज पनि पठाउन सकिने)
  • अन्य सञ्जालमा आबद्ध साथीहरूलाई तात्कालिक सन्देश पठाउन:Yahoo Messenger बाटै Windows Live™ Messenger, Reuters Messaging, and Lotus Sametime आदि प्रयोग गर्ने साथीहरूलाई सन्देश पठाउन सकिने;
  • फाइल हस्तान्तरण: २ जि.बी. सम्मको फाइल तत्काल पठाउन सकिने;
  • मोबाइलमा तात्कालिक सन्देश पठाउन: Messengerलाई साइन आउट गरेपछि आफ्नो मोबाइलमा पठाइएका सन्देशहरू हेर्न सकिने;
  • कल अग्रेषण (call forwarding): Yahoo Messengerबाट साइन आउट भइसकेपछि पनि त्यसमा आएको फोन अर्को नम्बरमा अग्रेषण गर्न सकिने;
  • भोइसमेल (voicemail): साथीहरूले फोन गरेका बेला प्रयोगकर्ता उपलब्ध हुन नसकेमा आवाज-सन्देश छोड्न सक्ने;
  • सन्देश अभिलेखन (Message Archiving): आफूले कुराकानी गरेका सन्देशहरूको अभिलेखन गरी सुरक्षित गर्न सकिने;
  • खेल: साथीहरूसँग pool, backgammon, checkers लगायतका खेल खेल्न सकिने;