सामाजिक सञ्जाल साइटहरू

  Facebook
मार्क जुकरबर्गले आफ्ना कलेज पढ्दाताका एउटै कोठामा बस्ने साथीहरूसँग मिलेर फेब्रुअरी ४, २००४ मा Facebook सञ्‍जालको स्थापना गरेका हुन्। यसको केन्द्रीय कार्यालय संयुक्त राज्य अमेरिकाको मेन्लो पार्क, क्यालिफोर्नियामा रहेको छ।आफ्नो उमेर कम्तीमा १३ वर्ष पुगेको दाबी गर्ने जोसुकैले पनि Facebook सञ्‍जालमा सदस्यता लिन सक्छ। Facebookको लक्ष्य मानिसहरूलाई विचार आदान प्रदान गर्ने शक्ति प्रदान गरी संसारलाई अझ खुल्ला र आबद्ध बनाउनु हो। Facebookका लोकप्रिय विशेषताहरू निम्न छन् :
१. महत्त्वपूर्ण तस्बिरहरू अपलोड र साझेदारी;
२. विचार आदान प्रदानका लागि समूह बनाउनु र निमयित सम्पर्कमा रहनु;
३. मानिसहरू वा सामग्रीहरूलाई भेट्नका लागि खोजी गर्नु;
४. कार्यक्रम आयोजना गर्नु, निमन्त्रणालाई प्रत्युत्तर गर्नु र साथीहरूसँग सुमधुर सम्बन्ध कायम राख्‍नु;
५. प्रयोगकर्ताहरूको रहेको स्थानबारे सूचना आदान प्रदान गरी निकटस्थ साथीहरूलाई भेट्नु;
६. जन्मदिनमा, जागिर पाउँदा र अन्य उल्लेखनीय अवसरहरूमा उत्सब मनाउनका लागि सक्कली उपहार गर्नु किन्नु;
विज्ञप्ति प्रकाशित गर्नु;
कोट्याउनु/छेडखानी गर्नु;
 

 

  Flickr
तस्बिर व्यवस्थापन तथा आदान प्रदान अनुप्रयोगका लागि Flickr संसारकै सर्वोत्कृष्ट अनलाइन सञ्जाल हो।सन् २००४ मा लुडिक्रोपले यसको स्थापना गरेको भए पनि सन् २००५ मा Yahoo ले लिएको थियो।Flickr मार्फत प्रयोगकर्ताहरूले प्रभावकारी ढङ्गले तस्बिर आदान प्रदान र संयोजन गर्न सक्छन्।खाता नखोलिकनै पनि प्रयोगकर्ताहरूले Flickr मार्फत तस्बिर तथा भिडियोमा पहुँच पुर्‍याउन सक्छन् तर वेबसाइटमा सामग्री अपलोड गर्नका लागि भने खाता खोल्नै पर्ने हुन्छ।खाता खोलेपछि प्रयोगकर्ताले अपलोड गरेका तस्बिर तथा भिडियो सहितको प्रोफाइल पृष्ठ पनि बनाउन सक्छन् । साथै, अन्य Flickr प्रयोगकर्ताको ठेगानामा सम्पर्क गर्ने सुविधा प्रदान गर्दछ।Flickr को खाता बनाउनका लागि प्रयोगकर्तासँग Yahoo को खाता हुनुपर्छ। Flickr ले तीन किसिमको खाता खोल्ने सुविधा प्रदान गर्दछ ( Free), Ad Free and Doublr।Free विकल्प अन्तर्गत प्रति तस्बिर एक टेराबाइट देखि २०० एम.बी. सम्म र प्रति भिडियो १ जिबी सम्मको भण्डारण सीमा निहित हुन्छ।Ad Free विकल्प अन्तर्गत एक वर्षको शुल्कमा विज्ञापन गर्न दिँदैन।नामबाटै स्पष्ट छ, Doublr खातामा भने दुई टेराबाइट भण्डारण प्राप्त हुन्छ। Flickr ले दुई किसिमको खाता खोल्ने सुविधा प्रदान गरेको थियो: Free र Pro।Free खाता डेटा भण्डारण, पहुँच र अन्तर्क्रियामा सीमित छ भने Pro खाताले प्रयोगकर्तालाई प्रत्येक महिना असीमित तस्बिरहरू तथा भिडियोहरू अपलोड गर्ने र भण्डारण गर्ने सुविधा प्रदान गर्दछ।
 

 

  Google+
यो Google कम्पनीको स्वामित्वमा रहेको र सोही अन्तर्गत सञ्चालित सेवा हो।सन् २०११ मा यसको स्थापना भएको हो। अमेरिकाको क्यालिफोर्निया, माउन्टेन भ्यूमा यसको केन्द्रीय कार्यालय रहेको छ। यो सामाजिक सञ्जाल प्रयोग गर्नका लागि प्रयोगकर्ताहरूसँग Google खाता हुनुपर्छ। Google+ का निम्नलिखित विशेषताहरू छन्:
वृत्तहरू (Circles): साझेदारी गरिएको सामग्रीका प्रयोगकर्ताहरूमा नियन्त्रण गर्न। प्रयोगकर्ताले सबैसँग वा सीमित व्यक्तिहरूसँग कुराकानी गर्न सक्छन्।
समुदायहरू: सही व्यक्तिसँग सँगसँगै हुन।प्रयोगकर्ताले सामग्रीका बारेमा कुरा गर्न; समान अभिरूचिका सार्वजनिक समूहमा सहभागी हुन वा निश्चित मानिसहरूसँग मात्र जोडिनका लागि ससाना खालका निजी समूहहरू बनाउन सक्छन्।
तस्बिरहरू: प्रयोगकर्ताहरूले कुनै पनि उपकरणबाट तस्बिरहरू अपलोड गरेर जीवनका महत्त्वपूर्ण क्षणहरू साझेदारी गर्न सक्छन्।
Hangouts: यसका माध्यमबाट तस्बिरसहितको कुराकानी तथा सामूहिक भिडियो कुराकानी समेत नि:शुल्क उपलब्ध गराएको छ।
स्रोत: http://www.google.com/+/learnmore/features.html#
 

 

  Hi5
Hi5 क्यालिफोर्नियाको सन फ्रान्सिस्कोमा प्रधान कार्यालय भएको सामाजिक सञ्‍जाल हो। सन् २००३ मा यसको स्थापना भएको हो।यसले साथीहरूको सञ्जाल बनाउने, तस्बिर आदान प्रदान गर्ने, प्रयोगकर्ता समूह बनाउने, वस्तुस्थिति अद्यावधिकीकरण गर्ने, खेल खेल्ने तथा रूचि आदान प्रदान गर्ने जस्ता चलनचल्तीका सुविधाहरू प्रदान गर्दछ।सन् २०११ देखि सामाजिक खेल तर्फ Hi5 केन्द्रित भएको छ।Facebook को खाताबाट यसमा लग इन गर्न सकिन्छ।
 

 

  Kanchenjunga Social Network
यो भारतको दार्जिलिङका रहेका नेपाली मूलका बासिन्दाहरूलाई लक्ष्य गरी स्थापना गरिएको सामाजिक सञ्जाल हो।यसले समाज कल्याणका विभिन्न आयामबारेका दृष्टिकोण तथा विचारहरू आदान प्रदान गर्ने मञ्च प्रदान गर्दछ।यस सामाजिक सञ्जालबाट प्रयोगकर्ताहरूले विभिन्न मञ्चहरू, प्रत्यक्ष टेलिभिजन प्रसारण, सङ्गीत तथा भिडियो, तस्बिर, घटना, ब्लगहरू तथा समूह प्राप्त गर्न सक्छन्।

  Linkedin
Linkedin सबैभन्दा ठुलो व्यावसायिक सञ्जाल हो।यसमार्फत प्रयोगकर्ताले आफ्नो व्यावसायिक अनलाइन परिचय बनाउन र आफ्ना सहकर्मी तथा सहपाठीहरूसँग नियमित सम्पर्क राख्‍न सक्छन्। यसको स्थापना सन् २००२ को डिसेम्बर महिनामा भएको थियो भने सन् २००३ को मई महिनामा यसलाई सार्वजनिक गरिएको थियो। Linkedin सार्वजनिक (खुला) सञ्जाल हो । यो बहुमुखी व्यावसायी ढाँचामा रहेको छ ।यसले सदस्यता शुल्क, विज्ञापन तथा दक्ष समाधान आदिका माध्यमबाट आम्दानी गर्दछ।
Linkedin का विशेषताहरू: अनलाइन व्यावसायिक सञ्जाल, रोजगारी, मानिस खोज्ने, कम्पनी खोज्ने, ठेगाना डायरी, विज्ञापन, व्यावसायिक चिनारी तथा सामूहिक सरसहयोग।
 

 

  Myspace
Myspace सङ्गीतलाई सबैभन्दा बढी महत्त्व दिने सामाजिक सञ्जाल सेवा हो। Specific Media LLC तथा पप सङ्गीत गायक तथा कलाकार जस्टिन टिम्बरलेक यसका मालिक हुन्। सन् २००३ मा यसको स्थापना भएको हो।बेभर्ली हिल्स, क्यालिफोर्निया, अमेरिकामा यसको मुख्यालय रहेको छ। सुविधाहरू:
बुलेटिन: यसका सहायताले व्यक्तिगत सन्देश नपठाइकनै ठेगाना सूचिमा रहेका सबै साथीहरूसँग सम्पर्क गर्न सकिन्छ।
भावदशा: भावदशा भनेका प्रयोगकर्ताको तात्कालिक मन:स्थित व्यक्त गर्ने गर्ने ससाना भावचित्र हरू (emoticons) हुन्।
शब्दचित्र (Blurbs); ब्लगहरू, मल्टिमिडिया
टिप्पणीहरू
प्रोफाइल अनुकूलन (Profile customization)
 

 

  Ning
Ning यस्तो अनलाइन मञ्च हो जसमा दिइएका उपकरण तथा विशेषज्ञताको प्रयोग गरेर व्यक्ति वा संस्थाहरूले आफ्नै सामाजिक सञ्जाल निर्माण गर्न सक्दछन्।यसको स्थापना सन् २००४ को अक्टुबर महिनामा भएको हो। संयुक्त राज्य अमेरिका, क्यालिफोर्नियाको पालो अल्टोमा यसको मुख्यालय रहेको छ।
सुविधाहरू:
HTML न्यूजलेटर प्रसारण कार्यका लागि इ-मेल ठेगाना जडान गरिएको;
डिजाइन स्टुडियोका माध्यमबाट प्रयोगकर्ताले आफ्ना व्यावसायिक विषयवस्तु जस्ताको तस्तै वा विशिष्ट देखिने गरी अनुकूलन गर्न सक्छन्। CSS र javascript थप गर्ने अनुकूलित मोबाइल अनुप्रयोगको विकास गर्ने यसका थप कार्यहरू हुन्।
सदस्यता तथ्याङ्कमा पहुँच: यसले सबैभन्दा सक्रिय सदस्यहरूलाई सञ्चालकको हैसियत आर्जन गर्नका लागि सशक्त बनाउने उपकरणहरू प्रदान गर्दछ। यसबाट प्रयोगकर्ताहरूलाई समाजमा केले काम गरिरहेको भन्ने बुझ्न मदत गर्दछ।
तस्बिर, भिडियो र ब्लग पोस्ट पेस गर्ने सुविधा प्रदान गर्दछ।
समुदायलाई निजी वा सार्वजनिक बनाउने कुरामा नियन्त्रण गर्दछ।प्रयोगकर्ताले व्यक्तिगत शाखालाई सार्वजनिक वा निजी बनाउन सक्छन्।त्यस्तै प्रयोगकर्ताले विज्ञापन गर्न चाहेका खण्डमा प्रयोगकर्ताको विज्ञापन थप्न सकिन्छ।
वास्तविक समयका क्रियाकलापको सम्प्रेषण (Real time activity feeds): Facebook/Twitter/ RSS मा एकीकृत।
सामाजिक साइन-इन: प्रयोगकर्ताहरूले पहिले प्रयोग गरिरहेको Facebook, Twitter, लिङ्कडिन, Google वा अरु कुनै खाताबाट प्रवेश गर्न सक्छन्।
 

 

  Orkut
Orkut को स्वामित्व Google मा रहेको छ।सुरुका दिनमा यसको कार्यालय क्यालिफोर्नियामा थियो। सन् २००८ को अगस्त महिनामा Google ले Orkut को सम्पूर्ण व्यवस्थापन तथा सञ्चालन Google ब्राजिलले गर्ने घोषणा गर्‍यो। नयाँ तथा पुराना साथीहरूलाई भेट्न र विद्यमान सम्बन्धलाई कायम गर्न प्रयोगकर्ताहरूलाई सजिलो होस् भन्ने उद्देश्यले यो सेवाको खाका बनाइएको हो।यसका सर्जक तथा Google का कर्मचारी Orkut Büyükkökten कै नामबाट यो वेवसाइटको नामाकरण गरिएको छ।
सुविधाहरू:
प्रयोगकर्ताहरूले तस्बिर, भिडियो, प्रशंसापत्र, जन्मदिन, कुराकानी र अनुस्मारकहरू थप्न सक्छन्।
प्रयोगकर्ताहरूले समुदाय बनाउन सक्छन्।
प्रयोगकर्ताहरू आफ्नो मित्र सूचिमा रहेका कुनै पनि साथीको प्रशंसा गर्न सक्छन् ; साथै, साथी विश्वासी, नरम मिजासको वा कामुक मध्ये कुन कोटिमा पर्छ भनेर मूल्याङ्कन गरी चित्रात्मक रूपले १ देखि ३ सम्मको दर्जा दिन सक्छन्। यसलाई प्रतिशतका आधारमा पूर्णाङ्क दिन सकिन्छ।
प्रत्येक सदस्यले आफ्नो profile प्राथमिकता अनुसार राख्न सक्छन्; साथै, आफ्नो profile मा देखिने सूचनाहरूलाई साथीहरू वा मित्र-सूचिमा नभएका मानिसहरूले नदेख्ने गरी राख्न सक्छन्।
प्रयोगकर्ताहरूले Orkut प्रयोग गर्ने अरू कुनै व्यक्तिलाई आफ्नो Crush List मा समावेश गर्न सक्छन्। दुवै पक्षले एक अर्कालाई आआफ्ना Crush List मा समावेश गरेपछि मात्र उनीहरूले यसबारे जानकारी पाउँछन्।
 

 

  Picassa
यो तस्बिर व्यवस्थापनको अर्को अनुप्रयोग हो।सन् २००२ लाइफस्केपले यसको स्थापना गरेको भए पनि सन् २००४ मा Google ले लिएको थियो। प्रयोगकर्ताहरूले अनलाइन माध्यमबाट वा डेस्कटप अनुप्रयोगबाट तस्बिरहरू अपलोड गर्न सक्छन्।अनलाइन संस्करण प्रयोग गर्नका लागि प्रयोगकर्ताको Google खाता हुनुपर्छ। विशेषताहरू:
फाइल आयात गर्ने र ट्र्याकिङ गर्ने
चिनो लगाउने, अनुहार चिन्ने र थप क्रमबद्धता लागि सङ्कलन गर्ने
तस्बिर सम्पादनको आधारभूत कामहरू (रङ बढाउने, आँखाको रातोपन घटाउने र छाँटकाँट गर्ने
स्लाइड देखाउने, छपाउने र तस्बिर टाइमलाइन गर्ने
बाह्य प्रयोजनका लागि अर्थात् इ-मेल वा प्रिन्टका लागि साइज घटाएर पृष्ठ ढाँचा अनुसार तस्बिरहरू तयार गर्ने सकिने
अनलाइन तस्बिर छपाइ सेवासँग ऐक्यता स्थापना गर्ने
अन्य साधारण सम्पादन विशेषता अन्तर्गत फोटाका लागि पाठ्य-वस्तु सम्पादन गर्ने

  Tripadvisor
यो विश्वभरिका १० करोड मानिसहरूले प्रयोग गरिरहेको संसारकै सबैभन्दा ठूलो यात्रा सञ्जाल हो। सन् २०००को फेब्रुअरीमा स्थापना गरिएको Tripadvisor को मुख्यालय अमेरिकाको न्युटन, म्यास्याच्युसेट्समा रहेको छ। संसारका अगुवा अनलाइन ट्रावेल एजेन्सीसम्मको पहुँच यसको सबैभन्दा महत्त्वपूर्ण विशेषता हो।प्रयोगकर्ताहरूले Facebook खाता प्रयोग गरेर लग इन गर्न वा नयाँ खाता खोल्न सक्छन्।प्रयोगकर्ताहरूले होटल, हबाइजहाज, बिदा, भाडा, रेस्टुराँ र गन्तव्यबारे सूचना प्राप्त गर्न सक्छन्।
 

 

  Twitter
Twitter एउटा यस्तो माइक्रोब्लगिङ सेवा प्रदायक सामाजिक सञ्जाल हो जसले १४० अक्षर शब्दसम्मको लिखित सन्देश पठाउने र पढ्ने सुविधा प्रदान गर्दछ।यस्तो सन्देशलाई "tweets" भनिन्छ। सन् २००६को मार्च महिनामा यसको स्थापना भएको थियो।यसको केन्द्रीय कार्यालय अमेरिकाको सन्फ्रान्सिस्को, क्यालिफोर्नियामा रहेको छ।सदस्यता नलिएका प्रयोगकर्ताहरूले ट्विटहरू पढ्न मात्र सक्छन् भने सदस्यता लिएका प्रयोगकर्ताहरूले वेबसाइट, SMS, वा विभिन्न अनुप्रयोगहरूका माध्यमबाट मोबाइलमा 'ट्विट' गर्न सक्दछन्।
सुविधाहरू
१. अन्य प्रयोगकर्ताहरूसँग अन्तर्क्रिया गर्नका लागि Tweet गर्नु
Tweet पठाउनु
Tweet मेटाउनु
Tweet मा आफू रहेको स्थानबारे जानकारी दिनु
Tweet मा कुन कुरा कहाँ छ भनेर प्रश्न गर्नु
Tweet मा लिङ्‍क पठाउनु;
Twitterको लिङ्‍क सेवाका बारेमा (http://t.co);
अर्काले गरेका Tweet मा पुन: Tweet गर्नु;
कुनै विशेष Tweet मा लिङ्‍क गर्नु;
Tweet का प्रकार र तिनीहरूको स्थान;
कुनै Tweet लाई आफ्नो वेबसाइट वा ब्लगमा जोड्नु;
Tweet बटनालाई आफ्नो वेबसाइटमा गाँस्नु;
स्थानसम्बन्धी विशेषताहरूलाई मोबाइल उपकरणमा प्रयोग गर्नु;
२. मानिसहरूलाई पछ्याउनु;
स्रोत: https://support.twitter.com/groups/52-connect#topic_213
 
  Hamrobook
यो नेपाली सामाजिक सञ्जाल हो। आफ्नो पुरानै Facebook खाता प्रयोग गरेर वा नयाँ खाता खोलेर यसमा लग इन गर्न सकिन्छ । सन् २०११ मा यसको स्थापना भएको हो।
विशेषताहरू:
  • Facebook, Yahoo, Gmail, twitter, Live/Hotmail, Linkedin बाट इ-मेल ठेगाना आयात गर्न र अल्पविराम चिन्हले मान छुट्याइएका [Comma Separated Values (CSV)] फाइलबाट इ-मेल ठेगाना अपलड गर्न सकिन्छ।
  • प्रयोगकर्ताहरूले आफ्ना वस्तुस्थिति, तस्बिर, लिङ्‍क आदि आदान प्रदान गर्न सक्दछन्।
  • प्रयोगकर्ताहरूले पृष्ठहरू हेर्न, प्रोफाइल, ब्लगहरू र हाजिर जवाफ ब्राउज गर्न, स्कूल खोज्न, नि:शुल्क कार्ड पठाउन, जागिर खोज्न, रेडियो सुन्न, खेल खेल्न र ख्यालठट्टा गर्न सक्छन्।
 

 

  Livenepal
Livenepal सामाजिक सञ्जाल एउटा सामुदायिक साइट हो।यसले प्रयोगकर्ताहरूलाई नयाँ साथी बनाउन, धारावाहिक, सिनेमा लगायत अन्य कार्यक्रमहरू हेर्न मद्दत गर्दछ। यसका निम्नलिखित विशेषताहरू छन्।
विशेषताहरू:
  • ब्लग्सहरू
  • पृष्ठ
  • तस्बिर
  • समाचार
  • सङ्गीत तथा भिडियो
  • एफ.एम रेडियोहरूको सूचि
 

 

  Meropost
यो अर्को नेपाली सामाजिक सञ्जाल हो ।यसमा निम्न सुविधाहरू उपलब्ध छन् :
  • सामाजीकीकरण: मित्रता गर्न, सञ्जाल बनाउन र प्रेम गर्नका लागि संसार भरिका नेपालीहरूसँग भेटघाट गर्न;
  • प्रभाव पार्न: आफ्नै किसिमले प्रोफाइल बनाएर मानिसहरूलाई प्रभावित गर्न;
  • कुराकानी गर्न: आफ्नै वस्तुस्थिति अद्यावधिक गरेर विचार आदान प्रदान गर्न, साथीहरूसँग कुराकानी गर्न वा जोसुकैसँग च्याट गर्न;
  • तस्बिरसहित कुराकानी गर्न: जीवनमा रमाइला क्षणहरूबारे आफ्ना विचार आदान प्रदान गर्न र फोटोका माध्यमबाट साथी बनाउन;
  • नयाँ समूह निर्माण गर्न वा कुनै समूहमा आबद्ध हुन;
 

 

  Mobile Social Networking
यो मोबाइल प्रविधिमा काम गर्न चाहने उस्तैउस्तै खालको सोच भएका व्यक्ति तथा संघसंस्थाहरूको समाज हो। यसको उद्देश्य व्यवहारिक ढङ्‍गले मोबाइल अनुप्रयोग समाजको विकास गर्नु; उद्यमशीलतालाई प्रोत्साहित गर्ने खालका विचारहरूबीचको प्रतिस्पर्धालाई सम्बर्धन गर्नु; प्रबर्धकहरूलाई परामर्शका अवसरहरू प्रदान गर्नु र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा मोबाइल उद्यम-व्यवसायीहरूलाई आपसमा जोडेर काठमाडौं (नेपाल) मा सामाजिक सञ्जाल हबको सृजना गर्न सहयोग गर्नु हो । यसभित्र सामुदायिक ब्लगहरू, छलफल मञ्च, घटना, समाचार र क्रियाकलापजस्ता विभिन्न खण्डहरूका साथै प्रदर्शन कक्ष, स्रोत तथा अन्य अनुप्रयोगहरू छन्।
 

 

  Netchautari
नेटचौतारी अर्को नेपाली सामाजिक सञ्जाल (साइट) हो। आफ्नो Facebook खाता प्रयोग गरेर वा नयाँ खाता खोलेर प्रयोगकर्ताहरूले यसमा लग इन गर्न सक्छन्।सन् २०१२ मा यसको स्थापना भएको हो।
विशेषताहरू:
  • Facebook, Yahoo, Gmail, twitter, Live/Hotmail, LinkedIn, American Online (AOL) आदिबाट इ-मेल ठेगाना आयात गर्न सकिन्छ ।
  • प्रयोगकर्ताहरूले सदस्यका प्रोफाइल ब्राउज गर्न, साथीहरूलाई निम्तो दिन, भएका तस्बिरहरू हेर्न र नयाँ अपलोड गर्न सक्छन् ।
  • प्रयोगकर्ताहरूले नयाँ नयाँ ब्लग, पृष्ठ, फोरम, मत सर्वेक्षण, हाजिर जवाफ, घटना, भिडियो तथा सङ्गीत हेर्न/सुन्न र सृजना गर्न सक्दछन ।्
  • यसमा रहेको बजार क्षेत्र (marketplace) बाट प्रयोगकर्ताहरूले उपलब्ध विभिन्न किसिमका सूचि अवलोकन गर्न र आफ्नै सूचि बनाउन सक्छन ।
  • यसमा रहेको अनुप्रयोग केन्द्रको प्रयोग गरेर प्रयोगकर्ताहरूले अनुप्रयोगहरू हेर्न र नयाँ अनुप्रयोग थप्न सक्दछन्।
 

 

  Thulo.com
यो अर्को नेपाली सामाजिक सञ्जाल हो। यसका विशेषताहरू निम्न छन् :
  1. विभिन्न विषयमा छलफल गर्ने चौतारीको माध्यम
  2. सामानहरूको लिलामी
  3. वर्गीकृत विज्ञापन
  4. घटना
  5. सङ्‍गीत तथा भिडियो शाखा
  6. लेख शाखाका रूपमा ठुलो कुरा
  7. विभिन्न कोटिहरूको भण्डार
  8. प्रतिस्पर्धा शाखा