मोबाइल बैङ्‍किङ (एम-बैङ्‍किङ)

मोबाइल बैङ्‍किङ भनेको वित्तीय संस्थाहरूले आफ्ना ग्राहकहरूलाई बिल भुक्तानी, पैसा स्थानान्तरण तथा आफ्नो बैङ्‍क खातामा रहेको रकमबारे जानकारी लिन सक्ने गरी प्रदान गरेको उच्चस्तरको वैङ्‍किङ सुविधा हो।
नेपाली बजारका लागि एम बैङ्‍किङ अलि नयाँ प्रविधि भए पनि दिनहुँ यसको विस्तार भइरहेको छ। कुमारी बैङ्‍क, किस्ट बैङ्‍क, ग्लोबल आइएमइ बैङ्‍क, बैङ्‍क अफ एसिया, नेबिल बैङ्‍क, सिद्धार्थ बैङ्‍क, एनसिसि बैङ्‍क आदिले यो सुविधाको प्रयोग गरिरहेका छन्। धेरैजसो बैङ्‍कहरूले अन्तर्राष्ट्रिय बजारलाई हेरेर यसको प्रयोग गरिरहेका छन् ।

मोबाइल बैङ्‍किङ मार्फत पैसा स्थानान्तरण गर्नका लागि निम्न उपायहरु गर्न सकिन्छ

१. लिखित सन्देशहरूको सूचिका माध्यमबाट मोबाइल बैङ्‍किङले काम गर्दछ:
  • आफूले गर्न चाहेको कारोबारका लागि सर्वप्रथम निर्धारित कोडमा लिखित सन्देश टाइप गर्नु पर्छ र यो सन्देशलाई तोकिएको नम्बरमा पठाउनु पर्छ।
  • अनुरोध कर्ताले केही क्षणभित्रै आफ्नो मोबाइल फोनको स्क्रिनमा लिखित प्रत्युत्तर सन्देश पाउँछन्।
२. डब्ल्युएपि (Wireless application Protocal) सहितको मोबाइल बैङ्‍किङ:
यदि ग्राहकलाई जिपिआरएस-डब्ल्युएप सुविधा उपलब्ध छ भने उच्च सुविधासहितको समृद्ध अन्तर्क्रियात्मक कारोबार सुविधा प्रदान गर्न सकिन्छ:
  • बैङ्कको डब्ल्युएपी साइटमा लग इन गरेर आफ्नो ग्राहक परिचय पत्र र पिन नम्बर वा पासवर्ड टाइप गर्ने।
  • अकाउन्ट छानिसकेपछि कारोबार सूचिमा पुग्ने।
  • सूचिमा देखाइएका कारोबार उपकरणमध्ये कुनै एउटालाई छान्ने ।
मोबाइल बैकिंङ सेवा दिने नेपाली बैंकहरुको सूची
१) नबिल बैंक लि. १७) नेपाल एसबिआई बैंक लि.
२) नेपाल इन्भेष्टमेण्ट बैंक लि १८) एनएमबि बैंक लि
३) सिध्दार्थ बैंक लि १९) हिमालयन बैंक लि
४) कुमारी बैंक लि २०) एनआइसि एसिया नेपाल लि.
५) एभरेष्ट बैंक लि २१) किष्ट बैंक लि
६) सनराईज बैंक लि २२) नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि
७) लक्ष्मी बैंक लि २३) सिटिजनस् बैंक लि
८) सिभिल बैंक लि २४) ग्राण्ड बैंक नेपाल लि.
९) माछापुच्छ्रे बैंक लि २५) कमर्ज एण्ड ट्रष्ट बैंक नेपाल लि
१०) बैंक अफ काठमाण्डौ २६) सेन्चुरि कमर्सिएल बैंक लि
११) प्रमाइ कमर्सिएल बैंक लि    
१२) सानिमा बैंक लि    
१३) नेपाल बैंक लि    
१४) राष्ट्रिय वांणिज्य बैंक लि    
१५) लुम्बिनी बैंक लि    
१६) गोबल आइएमई बैंक लि    
मोबाइल बैकिंङ सेवा दिने अन्य नेपाली सेवाप्रदायहरुको सूची
१) ई-सेवा
२) हेलो पैसा