विधुतीय बैङ्किङ
इ-बैङ्किङ भनेको के हो?
![]() |
इ-बैङ्किङ भनेको इन्टनरनेटको प्रयोग गरेर बैङ्किङ सेवा प्राप्त गर्ने अत्यन्तै लोकप्रिय आधुनिक साधन हो। विद्युतीय यन्त्रहरू (कम्प्युटरको व्यापक प्रयोग गरिने) का माध्यमबाट बैङ्किङ कारोबार गर्ने प्रणालीलाई इ-बैङ्किङ भनिन्छ। इ-बैङ्किङमार्फत सेवा लिनका लागि वेब ब्राउजरसहितको इन्टरनेट जडित कम्प्युटर मात्रै भए पुग्छ।धेरैजसो बैङ्कहरूले सुरक्षित वेब साइटका माध्यमबाट इ-बैङ्किङको सुविधा दिने गरेका छन्। इ-बैङ्किङ जस्ता प्रणालीहरूको प्रयोग गरेर वेबसाइट मार्फत सेवा दिइरहेका बैङ्कहरूसँग आर्थिक कारोबार गर्न सकिन्छ। |
इ-बैङ्किङ प्रणालीका फाइदा
- इ-बैङ्किङमा बैङ्कका शाखाहरूको कार्यालय खुल्ने र बन्द हुने समयको पावन्दी हुँदैन ।
- इन्टरनेट सेवा उपलब्ध भएको जुनसुकै ठाउँबाट आर्थिक कारोबार गर्न सकिन्छ।
- नगद रूपैँया बोकेर हिँड्नु पर्ने झन्झट हुँदैन।
- लाममा उभिनु पर्ने झन्झट नहुने हुँदा समयको वचत हुन्छ।
इ-बैङ्किङ प्रणालीका सेवालाई निम्न किसिमले वर्गीकरण गर्न सकिन्छ
- नगद लेनदेन बाहेकका काम
१. | एकाउन्ट तथा वचतसम्बन्धी जानकारी लिन |
२. | हालसालै गरिएका कारोबारबारे जानकारी लिन |
३. | बैङ्कको स्टेटमेन्ट हेर्न, डाइउनलोड गर्न र प्रिन्ट गर्न |
४. | चेक बुकको माग गर्न |
- नगद लेनदेनसम्बन्धी काम
१. | उही वा भिन्न बैङ्कका खाताहरूमा रकम स्थानान्तरण गर्न |
२. | उपभोग्य वस्तुहरूको बिल भुक्तानी गर् |
३. | डेबिड/क्रेडिट कार्डहरूबाट बिक्री भन्डारहरूमा (Point of Sales (POS)) सामान खरिद गर्न |
४. | बैङ्कसम्बन्धी विभिन्न प्रशासनिक कार्य गर्न |
इ-बैङ्किङ् प्रणालीका स्वरूप
नेपालमा विद्युतीय बैङ्किङ प्रणालीका विभिन्न प्रकारहरू छन् तीमध्ये केही निम्नानुसार छन्
- एटिएम (अटोम्याटिक टेलर मेसिन) : एटिएम बुथबाट पैसा झिक्न र एउटा बैङ्क खाताबाट अर्को खातामा पैसा रकमान्तर गर्न प्रयोग गरिने।
- डेबिट/क्रेडिट कार्ड :पिओएस तथा एटिएम आदिमा पैसाको कारोबार गर्न। बिलको भुक्तानीका लागि समेत प्रयोग गर्न सकिने ।
- इलेक्ट्रोनिक फन्ड ट्रान्सफर सिस्टम (EFTS) : इन्टरनेटका माध्यमबाट रकम वा अन्य कारोबारका लागि अनलाइन बैङ्किङ सिस्टम अन्तर्गत प्रयोग गरिने ।
विधुतीय बैङ्किङ सेवा दिने नेपाली बैंकहरुको सूची