लघुवित्त

लघुवित्त भनेको थोरै आय आर्जन गर्ने वा प्रचलित बैङ्कहरूसम्म प्रत्यक्ष पहुँच नभएका व्यक्तिहरूप्रति लक्षित वित्तीय सेवा हो। लघुवित्त सेवाको धारणा अनुसार न्यून आय भएका मानिसहरूको वित्तीय सेवासम्म पहुँच पुर्‍याउन सकियो भने यसले गरिबीबाट माथि उठ्न सहयोग पुर्‍याउँछ। लघुवित्त सेवाले सर्वसाधारणलाई गरिबीबाट माथि उठाउन सक्ने भए पनि यो आफैंमा गरिबी निवारणको साधन भने होइन। लघुवित्त अन्तर्गत निम्नलिखित वित्तीय सेवा समाविष्ट हुन्छन्ः

लघु-कर्जा
लघु-सापटी
लघु-वीमा
वचत
पैसा हस्तान्तरण

लघुवित्त भनेको गरिबहरूलाई कर्जा दिनु, वचत गरिदिनु र अन्य आधारभूत वित्त सेवा उपलब्ध गराउनु हो (http://cgap.org)। लघुवित्त गरिबप्रति लक्षित हुन्छ। गरिबहरूले अनौपचारिक किसिमले वचत गर्दछन् र प्राय: गरी घरेलु जनवार, सुन, गरगहना तथा पैसासँग सजिलै साट्न सकिने वस्तुहरूमा लगानी गर्दछन्। यस्तो अनौपचारिक वचत सधैं लाभदायक नहुन सक्छ किनभने उनीहरूले लगानी गरेका वस्तुहरूलाई आवश्यकता पर्ने बित्तिकै तत्काल नगदमा परिवर्तन सकिने सम्भावना कम हुन्छ भने सुन, गरगहना आदिको बजार मूल्य घटबढ भइरहने, घरपालुवा जनवारहरूलाई रोग लाग्न सक्ने वा आगलागी वा प्राकृतिक प्रकोपका कारण त्यस्ता वस्तुहरू नासिएर जाने सम्भावना भएकाले नोक्सानी बेहोर्नु पर्ने हुन्छ।

नेपालका सन्दर्भमा लघुवित्त

नेपालका लघुवित्त संस्थाका ढाँचा

नेपालमा लघुवित्तको सफलता