Agribusiness Promotion and Marketing Development Directorate (ABPMDD)

कृषि व्यवसाय प्रबर्द्धन तथा बजार विकास निर्देशनालय कृषि व्यवसायको प्रबर्द्धन तथा कृषिजन्य उत्पादनको बजार व्यवस्थापन सम्बन्धी विभिन्न क्रियाकलाप गर्ने भरपर्दो सरकारी निकाय हो। यसका मूलभूत उद्देश्यहरू निम्न छन्:

  • कृषिजन्य उत्पादनका लागि निश्चित बजार तथा बजारसम्बन्धी सेवाहरूको विकास गर्नु।
  • कृषिजन्य वस्तुहरूका लागि चुस्त/दुरुस्त बजार प्रणालीको विकास गर्नु।
  • कृषकहरूलाई उत्पादनको समुचित मूल्य उपलब्ध गराउनु।
  • कृषि व्यवसाय तथा बजारको प्रबर्द्धन गर्नु।
 

 

  कृषि सूचना तथा सञ्चार केन्द्र

यसमा विभिन्न सूचना तथा प्रतिवेदनहरू सङ्‍कलित हुने भएकाले आवश्यकता अनुसार डाउनलोड गर्न सकिन्छ। यसमा निम्नलिखित शीर्षकसँग सम्बन्धित प्रतिवेदनहरू समावेश गरिएका छन्:-

  • कृषिजन्य उत्पादनको मूल्य सूची
  • कृषि तथ्याङ्कहरूको सारांश
  • रासायनिक मल तथा विकासे बिउबिजनको वार्षिक बिक्री
  • मसलाको उत्पादन क्षेत्र र उत्पादन
  • विकासे तथा स्थानीय बिजनबाट मकै उत्पादन गरिएको क्षेत्र, उत्पादन र आम्दानी
  • नगदे बाली उत्पादन गरिने क्षेत्र, उत्पादन र आम्दानी
 

 

  Agriculture Inputs Company Ltd.(AICL)
यो राहत अनुदान योजना अन्तर्गतको रासायनिक मल आयात गर्ने एक मात्र निकाय हो। यसका उद्देश्यहरू निम्नानुसार रहेका छन्:- <ul >
  • विभिन्न किसिमका रासायनिक वस्तुको उत्पादन, प्रबन्ध र आयात गरी माग अनुसार देशभरि आपूर्ति गर्नु
  • रासायनिक वस्तुमा मिश्रण गरिने वस्तुहरूको उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थको वितरण तथा निर्यात गर्नु
  • सरकार, दातृ मुलुक तथा संघसंस्थाहरूबाट अनुदान/सहयोगका रूपमा प्राप्त रासायनिक मलको आपूर्तिमा कमी हुन नदिन जगेडा कोष स्थापना गर्नु
  • राहत सहितको रासायनिक मलको प्रबन्ध गरी देशभरि वितरण गर्नु
  • समुचित मुनाफा आर्जन गर्नका लागि अन्य व्यवसायमूलक तथा सेवामूलक क्रियाकलाप गर्नु
 

 

  केन्द्रीय तथ्याङ्‍क विभाग

केन्द्रीय तथ्याङ्‍क विभाग तथ्याङ्क सङ्कलन, सङ्‍गठन, प्रशोधन, विश्लेषण, प्रकाशन र प्रचार गर्ने सरकारी निकाय हो।राष्ट्रिय जनगणना तथा अन्य सर्वेक्षणका माध्यमबाट यसले तथ्याङ्‍क सङ्‍कलन गर्दछ। बेब पृष्ठ नेपाली र अङ्ग्रेजी दुवै भाषामा सूचना प्रस्तुत गरिएका छन् । कृषिजन्य उत्पादनको बजारसम्बन्धी सूचना वेब लिङकमा राखिएको "राष्ट्रिय कृषि गणना २०११-१२" प्राप्त गर्न सकिन्छ ।

 

 

  Cow Farm Nepal

संस्थाबाट सञ्चालित कार्यक्रमबारे सूचना अद्यावधिक गर्ने उद्देश्यले काउ फार्म नेपालल यो ब्लग सञ्चालन गरेको छ । कालिन्चोक काउ फार्म प्रा.लि.ले दोलखा जिल्लाको बोन्छ गा.वि.स.मा एकीकृत जैविक गाइपालन फार्म निर्माण गर्दैछ।यो फार्म एसियाकै ठुला पशुपालन फार्ममध्ये एउटा हो ।हाल निर्माणाधीन अवस्थामा रहेको यो फार्म नेपालको कृषि क्षेत्रको विकासमा कोसे ढुङ्‍गा हुने निश्चित छ।यस कम्पनीले १० हजार बिकासे गाई पालन गरेर दैनिक १लाख ५० हजार लिटर दुध उत्पादन गर्ने लक्ष्य लिएको छ।कम्पनीले २ हजार हेक्टर जमिनमा घाँस रोप्ने र गौचरन बनाउने लक्ष्यसमेत लिएको छ।