हावापानीको अवस्था
गर्मी तथा चिसो दुवै वातारणमा भटमासको उब्जनी हुन्छ। २६.५ देखि ३० डिग्रीको तापक्रममा भटमासको उब्जनी सबैभन्दा राम्रो हुन्छ ।भटमासको बिउ छिटो उमार्न र बेर्नाहरूलाई हलक्‍क बढाउनका लागि जमिनको तापक्रम १५० डिग्री सेल्सियस वा सोभन्दा माथि हुनुपर्छ।दिनको लम्बाइ चौध घन्टा भन्दा छोटा दिन, निर्धारित वातावरण र तापक्रम समेत अनुकूल छ भने भटमासका धेरैजसो प्रजातिहरू छिटै बढ्ने र परिपक्व अवस्थामा पुग्ने गर्दछन्।सामान्यतया जुन महिनाको तेस्रो हप्तादेखि जुलाइ महिनाका अघिल्ला १५ दिन भित्र भटमास रोप्ने गरिन्छ।

माटो

पानी राम्ररी निकास हुने मलिलो माटो भटमास खेतीका लागि उपयुक्त हुन्छ।सोडियम र लवणयुक्त माटाले बिउ उम्राइमा अवरोध गर्दछ।पानी जम्यो भने पनि भटमास बृद्धिलाई वाधा पुर्‍याउँछ।

बाली चक्र

प्रतिफलको मात्रा बढाउनका लागि मकै, तिल आदिसँग मिसाएर एकै पटक भटमास खेती गर्ने गरिन्छ।मकै र भटमासको खेती सँगसँगै गर्दा मकैको उत्पादन नघटाइकनै प्रति हेक्टर १० देखि १२ क्विन्टल भटमास पनि उब्जाउन सकिन्छ। मकै र भटमासको मिश्रित खेती गर्दा १०० सेन्टिमिटरको फरकमा ड्याङ बनाएर एउटा बोट र अर्को बोटको दुरी १० सेन्टिमिटर कायम गर्नुपर्छ । मकै लगाएका दुईवटा ड्याङ्का बिचमा तिनवटा ड्याङमा भटमास रोप्नु उपयुक्त हुन्छ।बाली चक्रका केही नमुनाहरू यस प्रकार छन्:

१. भटमास-गहुँ
२. भटमास-आलु
३. भटमास-चना
४. भटमास-सूर्ति
५. भटमास-आलु-गहुँ


रोपाइ

• माटो फुक्का होस् र बिउ राम्ररी उम्रियोस् भनेर जोत्ने काम गरिन्छ।हावाको राम्रो प्रवाह भएमा भटमासका बिरुवाहरू हलक्क बढ्छन् भने अन्य झारपात पनि मासिन्छन्। उत्कृष्ट नतिजा हासिल गर्नका लागि माटाको नमुना परीक्षण गर्ने गरिन्छ।माटामा पोषक तत्त्वको मात्रा जति बढी हुन्छ रासायनिक मलको त्यति नै कम मात्रा आवश्यक हुन्छ।जमिन सम्याउने क्रममा N, P2O5 र K2O को मात्रा मिलाएर २०-३०, ६०-८० केजी प्रति हेक्टरका दरले रासायनिक मल हाल्नु पर्दछ।चिस्यान कायम होस् र बिउ राम्ररी उम्रियोस् भनेर बिउ छर्नु भन्दा तिन चार दिन अघि पानी पटाउनु पर्दछ। भर्खरै आवाद गरिएका जमिनका लागि प्रति दस किलो बिउका लागि १० ग्राम रिजोबियम प्रतिजीवाणु मिसाउनु पर्दछ।यसले बिरुवाका जरालाई गाँठा बनाउन र नाइट्रोजनलाई स्थिरीकरण गर्न सघाउँछ।बिउलाई माटाका कारण हुने ढुसीसम्बन्धी रोगबाट जोगाउन क्याप्टान (captan) वा (thiram)जस्ता ढुसीनाशक औषधिको प्रयोग गर्ने गरिन्छ।


Sowing

बिरुवाको आकार र मौसमका आधारमा ड्याङहरूका बिचमा ४५-६० सेन्टिमिटरको दुरी र बिरुवाहरूका बिचमा ५-१०को दुरी पारेर बिरुवा रोप्नुपर्छ। सबैभन्दा अनुकूल चिस्यान भएका अवस्थामा ३देखि ४ सेन्टिमिटर भन्दा गहिरो रोप्नु हुँदैन।प्रतिहेक्टर ४ लाख विरुवा रोप्नका लागि सामान्यतया ६० देखि ८० केजी बिउको आवश्यकता हुन्छ।हातैले वा मेसिनले बिउ रोप्न सकिन्छ।


मल र पोषणको व्यवस्थापन

भटमासको अधिकतम उत्पादनका लागि प्रति हेक्टर १५ देखि २० टन गोबर मल वा प्राङ्गारिक मलको आवश्यकता हुन्छ। प्रतिहेक्टर ३० क्विन्टलका दरले हुने भटमासको उत्पादनले जमिनको ३०० केजी नाइट्रोजनक खपत गर्दछ। तर भटमास जराको गाँठोमा जीवाणुको सहायताले वायुमण्डलीय नाइट्रोजनलाई स्थिरीकरण गर्न सक्ने खालको (legume) वनस्पति भएकाले भटमासले यसले जरामा प्रभावकारी ढङ्गले गाँठा निर्माण भएका अवस्थामा आवश्यक नाइट्रोजन स्वयं निर्माण गर्दछ। जैविक तत्त्व र उत्पादनशीलता कम भएको जमिनका लागि प्रारम्भमा प्रतिहेक्टर २० देखि ३० केजीसम्म नाइट्रोजन प्रयोग गर्दा बालीलाई पर्याप्त हुन्छ। कोसा लाग्न थालेदेखि ती परिपक्व हुनुभन्दा लगभग दस दिनअघिसम्म फोस्फोरसको आवश्यकता हुन्छ। बालीलाई कति फोस्फोरस चाहिने हो त्यसको निर्क्यौल गर्न माटाको परीक्षण गर्नु पर्दछ। फोस्फोरको प्रयोगसँगै जरामा हुने गाँठाहरू र जीवाणु थप गतिशील हुन्छन्। अन्य बालीका तुलनामा भटमासलाई बढी पोटासियम चाहिन्छ।प्रतिहेक्टर ३० क्विन्टल उत्पादन हुने भटमास खेतीले जमिनको १०० केजी पोटासियम घटाइदिन्छ।भटमासका कोसा लाग्ने समयका तुलनामा तीव्र प्रजननात्मक वृद्धिका बेला पोटासियमको शोषण बढी हुन्छ।पोटासियमको प्रयोग कति गर्ने भन्ने कुराको निर्क्यौल गर्न माटो परीक्षण गर्नु उत्तम उपाय हो।माटो परीक्षण नभएका अवस्थामा प्रति हेक्टर ५० देखि ६० केजी पोटासियम प्रयोग गर्नु पर्दछ।बिउ छर्ने बेलामा रासायनिक मल र बिउको दुरी ५ देखि ७ सेन्टिमिटर हुनु पर्दछ।


सिचाइ

अनुकूल चिस्यान कायम राख्नका लागि बिउ छरेको एक हप्तापछि पहिलो पटक पानी पटाउनु पर्दछ। ड्याङ वरिपरिका सियामा मात्र पानी पटाउनु पर्दछ। अत्यधिक वर्षा भएमा कुलेसा बनाएर पानी निकासा गर्नु पर्छ। मौसम तथा माटाको चिस्यानलाई हेरेर कोसा राम्ररी विकसित नहुन्जेलसम्म १० देखि १५ दिनको अन्तरालमा पानी पटाइरहनु पर्दछ।


बाली उठाउने

भटमासका ८० प्रतिशत कोसा परिपक्व भएपछि बाली उठाउने गरिन्छ।भटमासको जात, तापक्रम र मौसमको अवस्थाका आधारमा भटमास बाली परिपक्व हुन ५० देखि १४० दिन सम्म लाग्न सक्छ।भटमासका बोट परिपक्व भएपछि पातहरू पहेंला भएर झर्न थाल्छन् भने कोसाहरू छिटो छिटो सुक्न थाल्छन्।दानामा रहेको चिसोपन तीव्र गतिमा सुक्दै जान्छ।बाली उठाउँदै गर्दा दानाभित्रको चिसोपना १५% हुनुपर्छ।जमिनभन्दा माथिका डाँठ भाँचेर वा कँचियाले काटेर भटमास बाली उठाउन सकिन्छ।भटमास झार्ने औजारको प्रयोग गरेर झार्न सकिन्छ।भटमास झार्दा निकै सावधानी अपनाउनु पर्छ अर्थात् धेरै कुट्ने वा कुल्चिने गर्नु हुँदैन।यसो गरियो भने दानाको गुणवत्ता र टिकाउपनमा असर पुग्छ।