मसलाका रुपमा प्रयोग हुने अदुवा महत्त्वपूर्ण नगदे बाली हो। आयुर्वेदिक औषधीहरू बनाउनमा यसले ठुलो भूमिका खेल्दछ।

हावापानी र माटो
उष्ण, उपोष्ण र चिस्यानयुक्त हावापानी भएका ठाउँमा अदुवा खेती गरिन्छ। सन्तुलित वर्षा हुने १५०० मिटर सम्मको उचाइमा अदुवा खेती गर्न सकिन्छ। गर्मी याममा अदुवा खन्नु भन्दा अघि २८० देखि ३०० सेल्सियस सम्मको तापक्रम सबैभन्दा बढी उपयुक्त हुन्छ। बढ्ने समयभरि नै अदुवालाई पर्याप्त चिस्यानको आवश्यकता हुन्छ। कालो, हल्का तथा खुकुलो माटो तथा पानीको निकासका लागि ३० से.मि. गहिराइको कुलेंसो बनाइएको ठाउँ अदुवा खेतीका लागि सबैभन्दा राम्रो हुन्छ। सामान्य अम्लता भएका माटामा अदुवाको गानो राम्ररी फस्टाउँछ।

माटाको तयारी

माटो तथा हावापानीको स्थितिअनुसार जमिनको तयारी गरिन्छ। सामान्यतया १ मिटर चौडाइ, १५ से.मि. उचाइ र ६-७ मिटर लमाइका ड्याङका बिचमा ३० से.मि. को कुलेसो बनाउनु राम्रो हुन्छ।

विस्तार

अदुवाको गानो काटेर टुक्रा बनाई रोप्नका लागि तयार गरिन्छ। रोप्ने वस्तुको आकार र उत्पादनका बिच प्रत्यक्ष सम्बन्ध रहेको हुन्छ। रोप्नका लागि ३-५ से.मि. लम्बाइ र १५-२० ग्राम तौल टुक्रा बनाइन्छ । प्रत्येक टुक्रामा कम्तीमा एउटा टुसो हुनुपर्छ।
अदुवाका टुक्राहरूलाई जमिनमा रोप्नुभन्दा पहिले कार्बेन्डाजिम र माङ्कोजेब जस्ता ढुसी नाशक विषादीको ३० ग्राम पाउडरलाई १५ लिटर पानीमा घोलेर प्रशोधन गर्नुपर्छ। यसो गर्दा बिउ कुहिँदैन र छिटो उम्रिन्छ पनि।


रोपाइ

मनसुनको प्रारम्भसँगै अदुवा रोप्ने गरिन्छ। प्रति हेक्टर १५ देखि २० क्विन्टलसम्म बिउ रोप्नु राम्रो मानिन्छ। एउटा ड्याङ र अर्को ड्याङका बिचको दुरी २५ देखि ४५ से.मि. र एउटा बिरुवाबाट अर्को बिरुवाका बिचको दुरी १५ देखि २० से.मि. हुनुपर्छ।


गोबर मल तथा रासायनिक मल

रोप्ने बेलामा प्रति हेक्टर २५ देखि ३० टन गोबर मल वा कम्पोस्ट मलको हाल्नुपर्छ। त्यसैगरी रासायनिक मल पनि जैविक मलको प्रयोगको अनुपातमा १००-१२० केजी नाइट्रोजन, ७५-८० केजी फोस्फोरस र १००-१२० केजी पोटास प्रति हेक्टरका दरले प्रयोग गर्नु पर्छ। सल्फरको कमी हटाउनका लागि माटाको तयारी गर्दै गर्दा २०-२५ केजी इलिमेन्टल सल्फरको प्रयोग गर्नु राम्रो हुन्छ। नाइट्रोजनको आधा मात्रा र फोस्फोरस तथा पोटासको पूरै मात्रा आधारका रूपमा हाल्नु पर्छ। बाँकी रहेको नाइट्रोजनलाई रोपेको ४५ देखि ९० दिनभित्र दुईपटक गरेर हाल्नुपर्छ।


झ्यास/परालले छोप्ने

झ्यास वा परालले छोप्दा छिटो टुसा हाल्नुका साथै जैविक तत्त्व चाँडै भित्र पस्ने हुन्छ। पहिलो छोपाइ रोप्नेबित्तिकै छिट्टै कुहिने हरिया पातहरूको प्रयोग गरेर गर्नुपर्छ।


सिँचाइ

अप्रैल वा मई महिनातिर उम्रिएको अदुवालाई माटाको प्रकारका आधारमा सात सात दिनको अन्तरालमा प्रारम्भिक सिँचाइ गर्नु पर्छ । यसपछि मनसुनी वर्षा सुरु हुने भएकाले सेप्टेम्बरसम्म सिँचाइ गर्नु पर्दैन। अक्टोबर महिनाको आधाआधीदेखि १५ डिसेम्बरसम्म १५%५ दिनको अन्तर पारेर फेरि सिँचाइ गर्नु पर्दछ। अदुवा खेतीमा पाना लाग्ने र बढ्ने समयमा सिँचाइ महत्त्वपूर्ण मानिन्छ ।


गोडमेल

अदुवा बालीलाई दुईपटक गोड्नु पर्छ। पहिलो गोडमेल दोस्रो पटक छोप्नुभन्दा ठिक अघि गर्नु पर्छ। ४५ देखि ६० दिन पछि दोहोरो गोडमेल गर्नु पर्छ। गोड्ने क्रममा अदुवाका पानालाई हानी नपुगोस् र माटाबाट बाहिर ननिस्कियोस् भन्नेमा विचार पुर्याेउनु पर्दछ।


बिरुवाको संरक्षण

१५ लिटर पानीमा १० मिलिलिटर इन्डोक्साकार्ब मिसाएर वा १५ लिटर पानीमा १० मिलिलिटर नोवालुरोन मिसाएर १५ दिनको अन्तरालमा छिट्नु निकै प्रभावकारी हुन्छ। यसले टुसामा लाग्ने कीरा र पात बेरुवा कीरालाई नियन्त्रण गर्न सहयोग गर्दछ। बिउ गानालाई एक लिटर पानीमा १ मिलिलिटर क्निनाल्फोस घोलेर डुबाई अदुवाको फलका बोक्रामा लाग्ने कीराहरूलाई नियन्त्रण गर्न सकिन्छ। २ ग्राम स्ट्रेप्टोसाइक्लिनलाई एक लिटर पानीमा ३० मिनेट सम्म घोलेर जीवाणुका कारण ओइलाएको अदुवाको बिउलाई उपचार गर्न सकिन्छ।


अदुवाको खनाइ (बाली उठाउने)

सामान्यतया अदुवा रोपेको पाँच महिना पुगेपछि खन्ने काम गरिन्छ। पूर्ण रूपमा विकसित हुनुभन्दा अघि नै अदुवा खन्ने गरिन्छ। यसबेला अदुवाका पाना कोमल हुन्छन् र पीरोपना र रेसा तत्त्व कायमै रहन्छ। सुरक्षित अदुवाचाहिँ ५ देखि ७ महिना पछि खन्ने गरिन्छ । सुख्खा मसला तथा तेलका लागि चाहिँ ८ देखि ९ महिना पुगेर पानाहरू पूर्ण रूपमा विकसित भएर पात पहेंला भएपछि अदुवा खनिन्छ।
बिउका रूपमा प्रयोग गरिने अदुवाचाहिँ पातहरू पहेंलिएर मजाले सुकेपछि मात्र खनिन्छ। पाना खनिसकेपछि एक लिटर पानीमा ३-४ ग्राम मान्कोजेबाट भनिने ढुसीनासक विषादी घोलेर उपचार गर्नुपर्छ र छायामा सुकाउनुपर्छ अनि बालुवाको २० से.मि.को तह बनाएर सुरक्षित रूपले खाडलमा गाड्नुपर्छ। अदुवालाई वर्षा, जमिनको पानी वा घामबाट जोगाउनका लागि छहारी बनाएर खाडल खन्नुपर्छ। यसरी प्रति हेक्टर १२ देखि १५ टन उत्पादन हुन्छ। तैपनि सुख्खा अदुवामा २०-२२% सम्मको अन्तर हुन्छ।


धुलाइ र सुकाइ

अदुवाका पानामा टाँसिएका जराहरूलाई काट्नुपर्छ। धोएर माटो सफा गर्नुपर्छ। रातभरि पानीमा डुबाएर अदुवालाई सफा गर्नुपर्छ। खुर्केर बोक्रा हटाउनुपर्छ। खुर्किसकेपछि अदुवाका पानालाई एक हप्तासम्म घाममा सुकाउनुपर्छ। यस क्रममा पटकपटक चलाउँदै बोक्रा हटाउनका लागि हातले सफा गरिरहनुपर्छ। यसरी तयार गरिएको अदुवालाई रङ नउडाइएको अदुवा भनिन्छ। अदुवाका पानालाई २% चुन घोलिएको पानीमा ६ घन्टासम्म डुबाउनुपर्छ भने आर्द्रताको मात्रा ८ देखि १०% रहनुपर्छ। यसरी तयार गरिएको अदुवालाई रङ उडाइएको अदुवा भनिन्छ जुन हेर्दा हल्का चम्किलो देखिन्छ।

अढुवा खेतिको अभ्यासहरु