कपास संसारकै अग्रणी नगदे बाली हो। कपासको उत्पादन कम लागतमा गर्न सकिन्छ अर्थात् कपासको उत्पादन तुलनात्मक रूपमा सस्तो हुन्छ। कपास (सूती) बाट बनेका लुगाहरू निकै टिकाउ हुनाका साथै भुवा नआउने खालका हुन्छन्। सूतीलाई विभिन्न रङले रङ्ग्याउन सकिन्छ, धुन सकिन्छ र तुलनात्मक रूपमा उच्च तापक्रममा इस्त्री लगाउन पाइन्छ। पसिना सोस्ने र छिट्टै सुक्ने हुँदा सुतीका लुगा लगाउन पनि सजिलो हुन्छ। जतिबेला तातो चाहिन्छ त्यतिबेला सुतिका कपडामा भुत्ला जडान गर्न सकिन्छ। अर्थात् यस्ता कपडाका सतहलाई भुत्ले बनाउन सकिन्छ।

हावापानी र माटो
उपोष्ण हावापानीमा कपास खेती गर्न सकिन्छ। उम्रनका लागि कपासलाई न्यूनतम ६०० तापक्रम चाहिन्छ भने बढ्नका लागि ७००देखि ८०० फरेनहाइट तथा फल्ने समयमा रातिको समय चिसो हुनुपर्छ। सिँचाइ गर्न सकिने जग्गामा लगाइएको छैन भने कपास खेतीका लागि सामान्यतया वार्षिक ५० से.मि. वर्षा आवश्यक हुन्छ। कपासको बाली उठाउने बेलामा सफा मौसम हुनुपर्छ किनभने वर्षाले रुवाको रङ बिगार्ने हुँदा गुणस्तर खस्कने हुन्छ।
पानी सोस्न सक्ने राम्रो क्षमता भएको माटो, राम्रो वायुप्रवाहन र पानीको निकास हुने ठाउँमा कपास खेती राम्ररी फस्टाउँछ। पानी जम्ने वा चिस्यान बढी हुने ठाउँ उपयुक्त हुँदैन। पाँगो माटो, कालो माटो र बलौले पाँगो माटो कपास खेतीका लागि राम्रो हुन्छ।

माटाको तयारी

कपास खेतीका लागि तयार गरिने माटो राम्ररी जोतेर, डल्ला फोरेर खुकुलो पार्नु पर्छ। ३ वर्षमा एक पटक माटो गहिरो गरी जोत्नु पर्छ भने प्रत्येक वर्ष दुई पटक सतही जोताइ गर्नुपर्छ। गहिरो जोताइ गर्नाले भित्रभित्र जरा गाडिएका झारपात उखेलिन्छन् भने लार्भा लगायतका कीराहरू पनि नष्ट हुन्छन्। बालीका अवशेष जमिनलाई पोषक बनाउने प्रमुख तत्त्व हुन्। अघिल्लो बालीका अवशेषहरूलाई जोताइका क्रममा माटासँग मिलाउनु पर्दछ। हरियो मलखादले पनि जमिनको उर्वरता कायम राख्न मदत गर्दछ तर सिँचाइ गरिने अवस्था भएमा वा अघिल्लो बाली पनी कपास वर्गकै लगाइएका अवस्थामा मात्र हरियो मल प्रयोग गर्नु राम्रो हुन्छ। कपासका बोटमा बस्न आउने चराले पनि कीराहरूलाई नष्ट गरिदिन्छन्।

बिउको उपचार

एक केजी बिउका लागि २०० ग्राम Beejamrut र ८ ग्राम Trichoderma viridi मिश्रण गरेर बिउको उपचार गर्नुपर्छ। त्यसपछि बिउलाई छायाँ सुकाउनु पर्दछ। त्यसपछि फेरि Azotobacter र Phosphorous Solubilizing प्रतिकेजी ५ ग्राम मिश्रण गरेर छायामा राखी उपचार गरिन्छ। यसरी उपचार गरिएको बिउलाई ६ देखि ८ घन्टाभित्र रोप्नुपर्दछ।

छराइ

ट्याक्टर वा गोरूले तान्ने बिउ रोप्ने औजारको प्रयोग गरेर वा खोबिल्टा पार्दै बिउ हालेर रोप्न सकिन्छ। पाक्षिक पद्धतिको पात्रो अनुसार पूर्णिमाका अघिपछिका दिनमा बिउ रोप्नु राम्रो मानिन्छ। उत्तर-दक्षिण गरेर बिउ रोपियो भने घामको ताप सन्तुलित हुनाका साथै रातका समयमा बोटबाट निष्काशन हुने कार्बन डाइ अक्साइड नियन्त्रित हुन्छ। बोटहरूले दिउँसो यसलाई पुन: शोषण गर्ने हुँदा बोट छिटो बढ्दछन्। एक हेक्टरमा ५ देखि ७ के.जी. बिउ छर्ने र ५० देखि ९० से.मि.को दुरी पारेर रोप्नु राम्रो मानिन्छ।

मलखाद

माटामा रहेको पोषकत्वका आधारमा मलखादको प्रयोग गर्न सकिन्छ।
जमिन सुख्खा छ भने २० के.जी. नाइट्रोजन, १८ के.जी. फोस्फोरस तथा ७८ के.जी. पोटासको मात्रा आर्थिक दृष्टिले उपयुक्त हुन्छ। नाइट्रोजन दुई पटक गरेर हाल्ने गरिन्छ। आधा बिउ रोप्ने बेलामा र बाँकी आधा छँटाइ गर्दा वा फूल फुल्न थाल्न लाग्दा प्रयोग गरिन्छ। पानी पटाइने खेतमा दोब्बर मात्रा प्रयोग गर्न सकिन्छ।

सिँचाइ

सामान्यतया कपास खेतीको समग्र अवधिभरिमा ६ देखि ८ पटक सिँचाइ र ६०० देखि ८०० मिलिमिटर पानीको आवश्यकता पर्दछ। प्रारम्भिक ६०/७० दिनमा पानीको कम आवश्यकता हुन्छ भने फुल्ने र फल लाग्ने बेलामा सबैभन्दा बढी पानीको आवश्यकता हुन्छ। यस अवधिमा सिँचाइ पर्याप्त नहुँदा फूल तथा दाना झर्ने प्रशस्त सम्भावना हुन्छ।
बलौटे पाङ्गो माटोमा ३ देखि ५ पटकसम्म सिँचाइ गरिन्छ। पानी कम अडिने बलौटे रातो पाङ्गो माटोमा ४ देखि १० पटकसम्म हल्का सिँचाइको आवश्यकता हुन्छ। कालो माटो छ भने दाना लाग्ने बेलामा प्रत्येक २० दिनमा (पानी परेन भने) सिँचाइ गर्नुपर्छ।
कपास खेतीमा पानी पटाउँदा छताछुल्ल किसिमले पानीको प्रयोग गर्ने गरिन्छ तर छेउछेउमा सिया बनाएर वा एक ड्याङ छोडेर बनाइएका सियामा पानी हालेर पटाउनु बढी प्रभावकारी हुनाका साथै पानीको वचत हुन्छ। भिरालो जग्गामा ड्याङका समतलमा सिया बनाएर पानी पटाइयो भने भूक्षय हुनबाट जमिनलाई जोगाउन सकिन्छ। जरा कुहिने रोगबाट तथा झारपातबाट बालीलाई बचाउनका लागि एउटा पंक्ति छाडेर सिँचाइ गर्नु राम्रो हुन्छ। माटो लपक्कै भिज्ने गरी सिँचाइ गर्नु पनि निकै प्रभावकारी हुन्छ। ६० दिन पछि सहायक बाली लगाएर जमिनको सतहलाई ढाक्न सकियो भने ४० देखि ६०% सम्म सिँचाइको आवश्यकता कम हुन्छ। वर्षाको पानीले काम चल्ने समयका माटालाई आच्छादित गर्नु निकै प्रभावकारी हुन्छ।

रोग तथा कीरा

कपासमा लाग्ने विभिन्न कीराहरूलाई नियन्त्रण गर्नका लागि ०.०८% मालाथिन छ्याप्नु पर्दछ । बालीलाई carbonyl को धुलो १०% छर्केर कपासका पात बेर्ने किरो लगायतका कीराहरूलाई नियन्त्रण गर्न सकिन्छ कपासमा लाग्ने राता र काला किराहरूलाई नियन्त्रण गर्नका लागि ५% benzene hexa-chloride (BHC)को प्रयोग गर्न सकिन्छ।

कपासको रोग व्यवस्थापन

कपास बाली उठाउने

७ दिनभन्दा कमको अन्तराल पारेर कपास बाली उठाउनु पर्दछ। बाली उठाउने समयमा मौसम सफा गर्नुपर्छ किनभने वर्षाको पानीले कपासलाई रङ्गहीन बनाउने हुँदा गुणस्तर नै घटाइदिन्छ। बिहानै कपास टिप्ने काम गर्नु राम्रो हुन्छ यस समयमा चिसोपना हुने हुने सुकेका पात र कत्ला कपासमा टाँसिदैनन् र कपासको बजार मूल्य घट्दैन। कपास टिपिसकेपछि राम्ररी फक्रिएका जतिलाई छुट्याएर अलग्गै राख्नुपर्छ भने दाग लागेका, रङ्गहीन भएका र कीराले आक्रमण गरेका जतिलाई अलग्गै राख्नुपर्छ।