बिक्री गरेर आय आर्जन गर्ने उद्देश्यले नगदे बाली लगाइन्छ।खान पुग्ने राखेर बाँकी रहेको अन्न बिक्री गरेर पनि किसानहरूले आय आर्जन गरेका हुन सक्छन्।नगदे बाली कल कारखानाका लागि कच्चा पदार्थ हुन्छन्।उब्जनी बढाउनका लागि कृषकहरूले नगदे बालीका लागि योजनासहित कुशल व्यवस्थापन गर्नुपर्छ।

फाइदाहरू:

स्थानीय तथा बाहिरी मानिसहरूलाई रोजगारी प्राप्त हुन्छ ।
नगदे बालीलाई बाहिरी देशहरूमा निर्यात गर्दा विदेशी मुद्रा आर्जन हुने हुँदा यसले देशको अर्थतन्त्रलाई बलियो बनाउँछ।
गरीबी घटाउँछ।

समस्याहरू:

बिउबिजन, रासायनिक मल, जग्गा भाडा, ट्र्याक्टर लगायतका उपकरणहरूको खरिद तथा ढुवानी, भण्डारण र श्रमिक खर्चका लागि सुरुमै धेरै पैसा लगानी गर्नुपर्ने हुन्छ।
नगदे बाली उत्पादन गर्न वर्षभरि लाग्ने हुँदा एउटै बालीले वर्षभरि जग्गा ओगट्छ।
लगातार एउटै बाली लगाउनाले जमिनको उत्पादकत्व घट्नुका साथै कीराको प्रकोप बढ्दछ।


नगदे बालीहरूको सूचि:

१. कफी
२. कपास
३. अढुवा
४. जडिबटिहरु
५. सनपाट (जुट)
६. अलैंचि
७. बदाम
८. भटमास
९. उखु
१०. चिया
११. सूर्ति