श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभाग
मासिक प्रगति प्रतिवेदनहरू

यस वेबसाइटमा प्रत्येक महिनाका मासिक प्रगति प्रतिवेदनहरूको सूची उपलब्ध गराइएको छ । यसले श्रम तथा रोजगारीका लागि विदेश जाने मानिसहरूबारे विस्तृत तथा तुलनात्मक आँकडा प्रस्तुत गर्दछ।

 

 

  श्रम तथा रोजगारी (वार्षिक प्रगति प्रतिवेदन)
श्रम तथा रोजगार मन्त्रालय, असोज २०६९

यस प्रतिवेदनले श्रम तथा रोजगार मन्त्रालयले गरेका कार्यहरू र प्राप्त गरेका उपलब्धीहरूको विस्तृत प्रतिवेदनसम्बन्धी विवरण प्रस्तुत गर्दछ। प्रतिवेदनको चौथो अध्यायमा कतार तथा युनाइटेड अरब इमिरेट्सको विदेशी रोजगारीको अवस्थाबारेको प्रतिवेदन समावेश गरिएको छ।

 

विदेशमा रोजगारी सम्बन्धित राष्ट्रिय पत्रिकाहरूमा प्रकाशित लेखहरू

  मलेसिया भरपर्दो गन्तव्य बन्दै
'द हिमालयन' मा सन् २०१३/०१/०३ मा प्रकाशित लेख

यस लेखमा उल्लेख गरिए अनुसार आकर्षक तलब पाइने भएकाले मलेसिया भरपर्दो गन्तव्य बन्दै गएको हो भन्ने गरिन्छ। मलेसिया सबैभन्दा बढी विदेशी कामदारहरू भित्र्याउने देश पनि हो। यहाँको न्यूनतम पारिश्रमिक ९०० मलेसियन रिङ्गिट (२५,९३० नेपाली रुपैंया) छ। साउदी अरब, युनाइटेड अरब इमिरेटस र कतार अन्य लोकप्रिय गन्तव्यहरू हुन् । यहाँको न्यूनतम पारिश्रमिक नेपाली रुपैंयामा क्रमश: १७४७७.००, १८९७७.०० र १९१७३.०० रहेको छ।
साउदी अरबमा न्यूनतम ज्याला ३४,९१६.०० रुपैंया निर्धारित भए पनि नेपाली कामदारहरूलाई १७,४७७.०० रुपैंया मात्र दिइन्छ। अन्य खाडी मुलुकहरूका कामदारहरूले लगभग २००$ (अमेरिकी डलर) पाउने गरेका भए पनि धेरैजसो आप्रवासी महिला कामदारहरू अर्थात् घरेलु महिला कामदारहरूले १५,०००.०० रुपैंया भन्दा कम पारिश्रमिक पाउँछन्। .

 

 

  नेपाली कामदारहरूको रोजाइमा कतार भन्दा मलेसिया अगाडि
सन् २०१३-०७-२४ मा इ-कान्तिपुरमा प्रकाशित लेख

देश

आ.व. २०१२-२०१३

आ.व. २०११-१२

मलेसिया

१,५६,७७०

९८,३६७

कतार

९०,९३५

१,०५,६८१

साउदी अरेिबया

८६, २७६

८०,४५५

युएइ

५२,२९५

५४,४८२

कुबेत

१४,४०१

२४,५७५

बहराइन

३,३९०

५,८६५

ओमान

३,११४

३,१६३

यस लेखमा उल्लेख गरिए अनुसार नेपाली कामदारहरूको लोकप्रिय गन्तव्यका रूपमा सङ्ख्यात्मक दृष्टिले मलेसिया सबैभन्दा माथि रहेको छ। त्यसैगरी लेखमा आ.व. २०१२-१३ मा दक्षिणपूर्वी एसियाका राष्ट्रहरूमा जानेहरूको सङ्ख्या ६०% ले बढेको जनाइएको छ। मलेसिया जाने कामदारहरूमध्ये महिलाहरूको सङ्ख्या ७,१६५ रहेको छ। विशेषत: नेपालीहरू राज्यद्वारा सञ्चालित प्लान्टेसन तथा उद्योगहरूमा काम गर्छन्। के पनि उल्लेख गरिएको छ भने राज्यद्वारा सञ्चालित कम्पनीहरू तुलनात्मक रूपमा सुरक्षित हुन्छन् किनभने त्यस्ता कम्पनीहरूले काम गर्ने राम्रो वातावरण प्रदान गर्ने, बढी पारिश्रमिक दिने, अतिरिक्त समय काम गर्ने सुविधा दिने र वीमा सुविधा समेत प्रदान गर्ने गर्दछन्।

 

 

  अघिल्लो दशकभन्दा ३५३ प्रतिशत बढी युवाहरू रोजगारीका लागि विदेश गएका
२१ जुलाइ २०१३ मा कारोबार दैनिकमा प्रकाशित लेख

आ.व. २०६९/७० मा हरेक दिन लगभग १,२६० युवाहरू खाडी मुलुकहरूमा काम गर्न गए। यो अहिलेसम्मकै सबैभन्दा बढी सङ्ख्या हो। अहिले विदेशमा काम गरिरहेका नेपाली युवाहरूको सङ्ख्या झन्डै तिस लाख (२.९१ मिलियन) पुगेको छ।