Jobsnepal.com

नेपालका यस्तै खालका अन लाइन पोर्टलहरूमध्ये jobsnepal.com अत्यन्त लोकप्रिय छ। यसका माध्यमबाट कामको खोजीमा रहेका मानिसहरूले आफ्नो प्रोफाइल बनाएर व्यक्तिगत विवरण अपलोड गर्न सक्छन्। त्यसैगरी यसै पोर्टलका माध्यमबाट कामको खोजी गर्ने र आफूलाई उपयुक्त हुने कामका लागि अनलाइनका माध्यमबाट आवेदन गर्न सकिन्छ।

 

 

  Jagire.com

www.jagire.com अर्को अनलाइन पोर्टल हो जसका माध्यमबाट उपयुक्त खालका विभिन्न कामहरूको खोजी गर्न र आवेदन दिन सकिन्छ। यसले लोक सेवा आयोगका विज्ञापनहरू र परीक्षाफल समेत उपलब्ध गराउने गर्दछ।

 

 

  Merojob.com

merojob.com पनि मानिसहरूलाई रोजगारीका अवसरहरूबारे जानकारी दिने सञ्जाल हो। यसले जागिर खोज्न, व्यक्तिगत विवरणसहित आवेदन दिन र व्यक्तिगत विवरणसहितको प्रोफाइल बनाउने सुविधा उपलब्ध गराउँछ । कामदारको आवश्यकता भएका कम्पनीहरूले यसैका आधारमा उपयुक्त व्यक्तिसँग सम्पर्क गर्ने गर्दछन्।

 

 

  Ramrojob.com

Sindhu SofTech Pvt. Ltd ले ramrojob.com सञ्चालन गरेको हो। यसले पनि रोजगारीको खोजी गर्न मदत गर्ने अन्य सञ्जालहरूले जस्तै कामका अवसरहरूबारे जानकारी दिने र आवेदन दिने सुविधा उपलब्ध गराएको छ। थप विशेषताका रूपमा यसले गोरखा पत्र, कान्तिपुर, नागरिक तथा हिमालयन टाइम्स जस्ता राष्ट्रिय दैनिकहरूमा प्रकाशित विज्ञापनहरूका लागि छुट्टै पृष्ठ उपलब्ध गराउँछ। यसो हुनाले रोजगारीका अवसरहरू खोज्नका लागि ती पत्रिकाहरू पल्टाउनु पर्ने आवश्यकता पर्दैन।

 

 

  Ejobnepal.com

यस सञ्जालमा पनि यस्तै प्रकृतिका अन्य सञ्जालहरूले उपलब्ध गराउने रोजगारीको खोजीसम्बन्धी सुविधाहरू प्राप्त गर्न सकिन्छ।

 

 

  Hirefire.com.np

यस पोर्टलमा पनि प्रयोगकर्ताहरूले आफ्नो व्यक्तिगत विवरण पोस्ट गर्न, उपयुक्त अवसरको खोजी गर्न र आवेदन दिन सक्दछन्। यो सञ्जाल पनि काम खोज्न मदत गर्ने अन्य सञ्जालहरू जस्तै हो।

 

 

  Jobworldnepal.com

यसमा विभिन्न सञ्जालहरूमा प्रकाशित रोजगारीका अवसर सम्बन्धी विज्ञापन र दैनिक अखवारहरूमा प्रकाशित विज्ञापनका लागि छुट्टाछुट्टै पृष्ठ छुट्याइएको छ।

 

 

  Jobsglobal.com

यसका माध्यमबाट संसारभरि उपलब्ध रोजगारीका अवसरहरूको खोजी गर्न सकिन्छ। यसमा नेपालमा उपलब्ध रोजगारीका अवसरहरूका लागि छुट्टै पृष्ठ उपलब्ध छ।