|
वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिले जान्नै पर्ने कुराहरू |
 |
यो लेख अगस्त २७ २०१३ मा वैदेशिक रोजगार प्रबर्द्धन बोर्डबाट प्रकाशित भएको हो। यसमा विदेशमा काम गर्न जानुभन्दा अघि कामदारले विचार पुर्या्उनै पर्ने कतिपय कुराहरूबारे चर्चा गरिएको छ।त्यसैगरी यस लेखमा विदेशी कामदारका रूपमा पराया मुलुकमा आइपुगेपछि विचार गर्नु पर्ने अन्य कतिपय कुराहरूबारे चर्चा गरिएको छ।
|
बिभिन्न देशहरुमा गर्नुहुने र गर्ननहुने कुराहरु सम्बन्धि लेखहरु
अरबी देशमा सांस्कृतिक सतर्कता: 58 FACTSHEETS |
 |
गर्नुपर्ने कुरा:
- अरबेली समाजका गोपनीयता र महिलाहरूको सुरक्षित भूमिकालाई सम्मान गर्ने
- महिलाहरू कोठाभित्र प्रवेश गर्दा पुरुषहरू बाहिरै उभिने
- महिला तथा पुरूषको बसोबासका लागि निर्धारित भिन्न भिन्न ठाउँबारे विचार गर्ने
- कुनै पनि महिलालाई पुरुषसँगै भएको कोठामा खाना खाने आशाय वा घुलमिल हुनु हुँदैन
गर्नु नहुने कुरा:
- कुनै पनि अरबेली महिलासँग हात नमिलाउने ( ती महिलाले पहिले हात मिलाउन खोजेका अवस्थामा वा तपाईं पनि महिला नै हुनुहुन्छ भने बाहेक)। गोप्य स्थानमा महिलाहरूलाई जिस्क्याउने, यौन-प्रस्ताव गर्ने, अङ्कमाल गर्ने वा कुराकानी गर्ने नगर्नुहोस्। यसो गर्नाले उनीहरूको सुरक्षामा खतरा पुग्न सक्छ।
- तपाईंको कामसँग असम्बन्धित कुनै पनि सार्वजनिक महिला कर्मचारीसँग कुराकानी नगर्नुहोस्।
- आफूलाई औपचारिक रूपमा चिनाउनुभन्दा पहिले कुनै पनि महिलासँग कुराकानी गर्ने प्रयास नगर्नुहोस्।
- कुनै पनि महिलालाई एकोहोरो नहेर्नुहोस् वा आँखा नजुधाउनुहोस्।
- कुनै पनि अरबेली पुरुषसँग उनकी श्रीमती वा परिवारका महिला सदस्यबारे प्रश्न नगर्नुहोस्।
|
|
कुवेतमा के गर्नु हुने के गर्नु नहुने |
पढ्नको लागि यहाँ क्लिक गर्नुहोस्
 |
गर्नु पर्ने:
- मानिसहरूसँग भेट हुँदा हात मिलाउनुहोस्।
- कसैलाई अभिवादन गर्दा उभिनुहोस्।
- कफी खाइ सकेपछि कपलाई दायाँबायाँ हल्लाउनुहोस् । यसो गर्नाले तपाईं थप कफी लिन चाहनुहुन्न भन्ने बुझिन्छ। यति थप कफी खाने इच्छा छ भने कफी थप्न आउने व्यक्तिलाई आफ्नो कप देखाउनुहोस्।
- तपाईंका अरबेली मित्रले कफी खान प्रस्ताव गर्दा स्वीकार गर्नुहोस् किनभने कफी सेवन अरबेली आतिथ्यको महत्त्वपूर्ण सूचक हुनुका साथै पारस्परिक सद्भावको विस्तारित र स्वीकृत सङ्केत हो।
- १० ले भाग जाने अङ्कका आधारमा ट्याक्सी भाडा तिर्नुहोस्।
- मूल्य निश्चित भएका पसलहरूमा बाहेक अन्यत्र सामान किन्दा व्यापारीसँग मोलतोल गर्नुहोस्
- परम्पराअनुसारकै पहिरन लगाउनुहोस्
- अरबेलीहरू कसैसँग कुराकानी गर्दा निश्चित दूरीमा रहन चाहन्छन् भन्ने कुराको हेक्का राख्नुहोस्।
गर्न नहुने:
- सार्वजनिक ठाउँमा प्रार्थना गर्दै गरेका मुस्लिम धर्मावलम्बीका अगाडि जाने वा वाधा गर्ने नगर्नुहोस्।
- उत्तेजना जगाउने खालका लुगा नलगाउनुहोस्; कुवेतमा महिला पुरुष दुवैले विरलै मात्र हाफ पेन्ट लगाउने गर्दछन् ।
- कुनै परिचितले तपाईंलाई अभिवादन गर्ने क्रममा गालामा म्वाइ खाए भने नआत्तिनुहोस् किनभने दुवै गालामा म्वाइ खाएर न्यानो अभिवादन गर्ने प्रचलन अरबेली समाजमा प्रचलित छ।
- आफ्ना अरबेली आतिथेय (आश्रयदाता) ले खाना थप्न आग्रह गर्दा अप्ठ्यारो नमान्नुहोस् किनभने अरब परम्परामा बढी खाना खान आग्रह गरिनुलाई सत्कार, उदारता र शुभेच्छाको द्योतक मानिन्छ।
- ट्याक्सी चालकलाई टिप्स दिनै पर्छ भन्ने होइन तर यसो गर्नुलाई राम्रो मान्ने प्रचलन छ।
|
|
युएइमा के गर्नु हुने के गर्नु नहुने |
 |
गर्नु पर्ने:
- युएइमा प्रवेश गर्नुभन्दा अघि तपाईंसँग वैध राहदानी र भिसा रहेको सुनिश्चित गर्नुहोस्। राहदानी, भिसा लगायत अन्य महत्त्वपूर्ण कागजातहरूका प्रतिलिपिहरू सक्कली कागजात भन्दा भिन्नै स्थानमा सुरक्षित गरी राख्नु आवश्यक हुन्छ।
- तपाईंले गर्ने यात्राबारेको पथ प्रदर्शन पुस्तिकाको एक प्रति घरमा वा साथीभाइहरूकहाँ छोडिराख्नुहोस्। यसो गर्नुभयो भने अप्ठ्यारो अवस्था आइ पर्दा सम्पर्क गर्न सजिलो हुन्छ। युएइको कम्तीमा एउटा आपत्कालीन फोन नम्बर कण्ठ पारी राख्नुहोस्।
- दुबहीका आधिकारिक सटही केन्द्रबाट मात्रै पैसा सहटी गर्नुहोस् किनभने युएइमा विदेशी पैसाको सटहीमा प्रतिबन्ध नभएकाले संसारका प्रमुख मुद्राहरूको सटही जताततै गर्न सकिन्छ।
- युएइमा जतासुकै सहज रूपमा उपलब्ध हुने बोतलको पानी मात्र पिउनुहोस् । धाराको पानी लवणरहित गराइएको हुँदा पिउन योग्य हुन्छ तैपनि पिउनका लागि बोतलकै पानी राम्रो मानिन्छ।
- फोटो खिच्ने काम (खासगरी मानिसहरूको) संवेदनशील विषय हुन सक्छ। फोटो खिच्नु पर्दा अनुमति लिनु पर्छ भने हवाइ मैदान, सैनिक इलाका तथा सरकारी भवनहरूको फोटो लिनु हुँदैन।
- युएइको स्थानीय संस्कृति र परम्परालाई सम्मान गर्नुहोस्।
- घामबाट आँखा जोगाउनका लागि घाम-चस्मा र छाला जोगाउनका लागि क्रिम लगाउनुहोस् किनभने ग्रीष्म ऋतु (जुलाई-अगस्त) मा यस ठाउँमा कडा घाम लाग्ने हुँदा गर्मी सहन गर्न गार्होऋ हुन्छ।
- उपयुक्त पहिरन लगाउनुहोस्। समुद्री किनारमा वा पोखरी परिसरमा पौडीका लागि उपयुक्त हुने खालका पहिरन लगाउन सकिन्छ तर सार्वजनिक स्थानमा सामान्य र सम्मानजनक पहिरन उपयुक्त हुन्छ । सामान्य नियम अनुसार महिलाहरूले ढाड तथा घुँडा छोप्नु पर्दछ । रमदानका अवसरमा यस्तो पहिरनलाई विशेष महत्त्व दिइन्छ।
- कुनै औषधी सेवन गरिरहनु भएको छ भने यो औषधी युएइमा उपलब्ध हुन्छ कि हुँदैन भन्ने कुरामा जानु अघि नै विचार पुर्या उनुहोस् । codeine लगायतका कतिपय औषधीहरू युएइमा प्रतिबन्धित भएकाले डाक्टरी सल्लाहमा पनि यस्ता औषधीहरू ल्याउन पाइँदैन। कुनै औषधी नियमित सेवन गर्नु पर्ने भएमा केही महिनालाई पुग्ने गरी लिएर जानुहोस् । यस्तो औषधी ल्याउनु पर्दा डाक्टरको पूर्जी पनि साथमा राख्नुहोस् किनभने भन्सारमा देखाउनुपर्ने हुन सक्छ।
गर्नु नहुने:
- गैर मुस्लिमहरूले अनुमति पत्र प्राप्त रेस्टुरेन्ट, भट्टी, क्लब, निजी स्थान वा घरमा रक्सीजन्य पदार्थहरूको सेवन गर्ने अनुमति पाउँछन्।
- लागू पदार्थहरू पूर्णत: प्रतिबन्धित छन्। युएइमा लागू पदार्थको कारोबार गर्नु अत्यन्तै खतरापूर्ण हुन्छ। मृत्युदण्ड समेत हुन सक्छ।
- वैवाहिक सम्बन्ध विनाको यौन सम्बन्धलाई गैरकानुनी मानिन्छ। युएइमा विवाह नभएका युवायुवतीलाई सँगै बस्न दिइँदैन। होटलमा एउटै कोठामा बस्न पनि अनुमति दिइँदैन।
- मादक पदार्थ सेवन गरी गाडी चलाउने कार्यप्रति युएइमा शून्य-सहनशीलताको नीति अवलम्बन गरिएको हुँदा यस्तो अवस्थामा सार्वजनिक गाडीको प्रयोग गर्नुहोस्।
- युएइमा चेक बाउन्स गर्नु गैरकानुनी मानिन्छ।
- आफ्नो घरमा वा अनुमति प्राप्त क्लबहरूमा मात्र नाचगान गर्न पाइन्छ।
- यौनजन्य हिंसा, सार्वजनिक स्थानमा महिलाहरूसँग कुराकानी गर्नु र अनुमति बेगर महिलाहरूको फोटो खिच्नुलाई गम्भीर रूपमा लिइने हुँदा कडा सजाय हुन सक्छ।
- विवाहित पुरुष महिलाहरूले एक अर्काको हात समाएर हिँड्न पाउँछन् तर सार्वजनिक स्थानमा म्वाइ खाने र अङ्कमाल गर्ने कुरालाई सार्वजनिक शिष्टताको उल्लङ्घन गरिएको मानिन्छ।
- सरकारी स्थान, कार्यालय तथा व्यापारिक केन्द्रहरूमा धूम्रपान वर्जित छ।
- काम गर्ने भिसा बिना कुनै पनि काम गर्नु गैरकानुनी हुन्छ। काम गर्ने भिसा नलिइकन कुनै पनि किसिमको तलबी काम गर्ने अनुमति पाइँदैन।
रमदानको पवित्र समयमा:
- घाम अस्ताउनुभन्दा अघि कुनै पनि सार्वजनिक ठाउँमा खानु, पिउनु वा धुम्रपान गर्नु हुँदैन। आफ्नै गाडीभित्र बसेर पनि केही खानु हुँदैन।
- सार्वजनिक रूपमा प्रेम प्रदर्शन गर्नु हुँदैन।
- अङ्ग प्रदर्शन हुने खालका लुगा लगाउनु हुँदैन।
- प्रार्थनाका समयमा चर्को आवाजमा टेलिभिजन वा सङ्गीत बजाउनु राम्रो मानिन्न।
|
|
कतारमा के गर्नु हुने के गर्नु नहुने |
 |
सांस्कृतिक दृष्टिले गर्नु हुने र गर्नु नहुने कतारमा मादक पदार्थ सेवन अत्यन्तै संवेदनशील मानिन्छ । त्यसकारण मादक पदार्थ सेवन गर्ने अनुमति पाएका व्यक्तिहरूले सधैं सावधानी अपनाउनु पर्दछ। निजी घरहरूमा र बिक्री गर्ने अनुमति लिएका स्थानहरूमा समेत सावधानी पूर्वक प्रयोग गर्नुपर्ने हुन्छ। व्यक्तिगत रूपले मादक पदार्थको बिक्री तथा आदान प्रदान वर्जित भएकाले यस्तो कर्म गर्ने व्यक्तिले गम्भीर सजाय पाउन सक्दछ। मादक पदार्थ खरिद गरी घर ल्याउनुपर्दा निजी गाडीको मात्र प्रयोग गर्न पाइन्छ। कतारमा ट्राफिक नियमको कडाइका साथ पालना गर्नुपर्छ। मादक पदार्थ सेवन गरेर गाडी चलाउनु कतारको कानुन विपरीत कार्य हो। मादक पदार्थ सेवन गरेर गाडी चलाउने व्यक्ति यातायात दुर्घटनाको कारक मानिन्छ। कतारमा गाडी चलाउने तरिका विदेशीहरूका लागि नौलो हुन सक्छ। धैर्य गर्नुहोस्। घोडचडीहरूका साथमा राजा वा राजकुमारको सवारी हुँदा अन्य सवारी साधनहरू सडकका किनारामा उभ्याउनु पर्दछ र पुलिसले अनुमति दिएपछि मात्र अघि बढाउनु पर्ने हुन्छ। कतारमा जुवा तास खेल्न पूर्णत: निषेध गरिएको छ। परम्परागत तथा प्रचलित वेषभूषा लगाउनु पर्दछ। धेरैजसो खाडी (अरब) देशहरूमा पुरूषहरूलाई सार्वजनिक स्थानमा हाफ पेन्ट र बाहुला नभएको भेस्ट लगाउने अनुमति छैन। सुपरमार्केटमा किनमेल गर्न जाँदा यो कुरामा अझ बढी ध्यान पुर्याबउनु पर्ने हुन्छ। विदेशीहरूले कतारको राष्ट्रिय पहिरन लगाउनुलाई अनादरको सूचक मानिन्छ। महिलाहरूले पनि स्थानीय पहिरनमा ध्यान पुर्याहउनु पर्ने हुँदा सार्वजनिक ठाउँमा छोटा लुगा र चुस्त खालका जिन कपडा लगाउनु हुँदैन। सामुद्रिक किनार तथा होटलका स्नान पोखरी परिसरमा यति धेरै सावधानी अपनाउनु नपर्ने भए पनि विवेक सङ्गत व्यवहार चाहिँ प्रदर्शन गर्नु पर्दछ।सार्वजनिक स्थानमा महिला तथा पुरुषका बीच (ठिटाठिटीसमेत) को प्रेमालाप प्रदर्शन स्वीकार्य हुँदैन। फोटो खिच्ने विषयमा कतारका जनता निकै संवेदनशील हुन्छन्। फोटो खिच्नै पर्ने भएमा अनुमति लिनु पर्दछ। विशेष अनुमति नलिई कुनै पनि सरकारी भवन, औद्योगिक क्षेत्र र सैनिक क्याम्पको फोटो लिनु हुँदैन। हवाइ अड्डा फोटो खिच्नका लागि प्रतिबन्धित छ। रमदान पर्व पर्ने महिनाभरि सूर्योदयदेखि सूर्यास्तसम्मको उपवास समयभरि सार्वजनिक स्थानमा खान, पिउन र चुरोट बिँडी सेवन गर्न पाइँदैन। यस अवसरमा मुस्लिम परम्परामा आघात पर्ने खालको कुनै पनि गतिविधि गर्नु नहुने कुराको हेक्का राख्नै पर्छ। आफ्नो परिचय पत्र सधैं साथमा राख्नुपर्छ।
|
|
बहराइनमा के गर्नु हुने के गर्नु नहुने |
 |
सामान्य जानकारी कुनै अरबी नागरिकले आफ्ना घरमा निमन्त्रण गरे भने सधैं स्वीकार गर्नुहोस्। स्थानीय जनतासँग परिचित हुने जुनसुकै अवसरको पनि सामान्यतया सदुपयोग गरि हाल्नुहोस् । आफ्नो देश वा समाजमा प्रचलित परम्परालाई मानेर आफ्नै पारामा चल्ने खालको बानी सुधार्नुहोस्। अरबीहरूले तपाईं र तपाईंको विचारप्रति रुचि प्रदर्शन गर्न सक्छन्। तैपनि, राजनैतिक तथा धार्मिक विषयमा बढी चासो गर्नु राम्रो हुँदैन। पाश्चात्य समाजमा सहज स्वीकार्य दृष्टिकोणहरू पनि अरबी देशहरूमा मान्य नहुन सक्छन्। केही खान दिइयो भने तत्काल ग्रहण गरिहाल्नु पर्दछ तर खाने कुरा खाँदा दाहिने हातले मात्र खानु पर्दछ किनभने शारीरिक सरसफाइमा देब्रे हातको प्रयोग गरिने हुँदा अशुद्ध मानिन्छ। त्यसैगरी तपाईंले जुत्ताको सोल वा खुट्टाको पाइताला कसैलाई देखाउनु हुँदैन । यसो गर्नुको अर्थ अगाडि बसेको व्यक्ति फोहोरी छ भन्ने झल्काउनु हो। यसो गर्नु साँच्चिकै अपमान जनक कार्य हो। त्यसकारण खुट्टालाई जमिनमा टेकाइ राख्नु पर्छ, उपरखुट्टी लगाएर बस्नु हुँदैन। पूर्व जानकारी विना कुनै पनि अरबी जनताका घरमा जानु हुँदैन। घरमा महिलाहरू मात्र भएका बेला त्यहाँ पुग्नु राम्रो मानिँदैन। अरबेलीहरूका घरमा रहेको कुनै पनि चिजबिजको प्रशंसा गर्नु हुँदैन किनभने अतिथिले प्रशंसा गरेको वस्तु अतिथिलाई नै उपहार दिने उनीहरूको प्रचलन रहेको छ। यद्यपि यो परम्पराको सबैले पालना गरेको देखिँदैन तैपनि यसो गर्दा असजिलो स्थिति उत्पन्न हुन सक्छ। अझ भन्नुपर्दा आफूले प्राप्त गरेको उपहारभन्दा पनि मूल्यवान् उपहार दिनुपर्ने प्रचलन समेत रहेको हुँदा अरबेली मित्रको कुनै सामानको प्रशंसा गर्नुभन्दा अघि दुई पटक सोच्नु बुद्धिमानी होला।
|
|
ओमनमा के गर्नु हुने के गर्नु नहुने |
 |
गर्नु हुने र गर्नु नहुने (सामाजिक दृष्टिले) अघिकांश ओमानी जनता इस्लाम धर्मका नीति नियमहरूको पालना गर्ने कुरामा प्रतिबद्ध हुनाका साथै परम्परावादी/रूढीवादी हुन्छन्। ओमानीहरू अतिथि सत्कारमा निपुण तथा मैत्रीपूर्ण भए पनि कतिपय विषयमा संवेदेनशील हुन्छन्। ओमानका जुनसुकै ठाउँमा पनि फोटो खिच्नुलाई राम्रो मानिँदैन भने महिलाहरूको फोटो खिच्ने कार्यलाई त अक्षम्य अपराध नै ठानिन्छ। ग्रामीण क्षेत्रमा जाँदा परम्परागत र साधा किसिमको पहिरन लगाउने सल्लाह दिइन्छ। पुलिसको कोप भाजन हुनबाट जोगिनका लागि सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गर्नु हुँदैन। रमदानका अवसरमा सार्वजनिक स्थानमा खाने, पिउने वा धुम्रपान सेवन गर्ने काम गर्नै हुन्न। ओमानमा महिलाहरूले गाडी चलाउन र अङ्गरक्षक विनै यताउति घुम्न पाउँछन् तर महिलाहरू (खास गरी एक्लै हुँदा) ले सहरका सस्ता होटलहरूमा असुरक्षा महसुस गर्न सक्छन्। त्यस्ता महिलाहरूले राति कसैले ढक्ढक्याउँदा ढोका खोल्नु हुँदैन । त्यसैगरी सडकतिर हेर्नु र कसैले बोलाउँदा वा सुसेल्दा वास्ता गर्नु हुँदैन। हरेक रेस्टुरेन्टहरूमा पारिवारिक कोठाहरू हुन्छन् त्यसैले महिला पर्यटकहरूलाई कोठाभित्रै खाना खाने सल्लाह दिइन्छ। परम्परित वेषभूषा लगाउने, पाखुरा तथा पिँडुला छोप्ने गरी लुगा लागाउने र सामुद्रिक किनारमा समेत छोटा लुगा नलगाउने जस्ता उपाय गरेर आफूप्रति मानिसहरूको ध्यान आकर्षण नहुने अवस्थाको सृजना गर्न सकिन्छ। विदेशी महिलाहरूले बुर्का लगाउनै पर्छ भन्ने छैन तर ग्रामीण इलाकामा बुर्का लगाएका विदेशी महिलाहरूलाई बढी सम्मान गरिन्छ। ओमानमा कुनै विदेशी महिला एक्लै घुमेको दृश्य दुर्लभ जस्तै हुने भएकाले परम्परागत पहिरनमा बाहिर निस्कनु बुद्धिमत्तापूर्ण हुन्छ। ओमानी समाज अत्यन्तै सुव्यवस्थित भएको हुँदा उपयुक्त पहिरन लगाउने र पुलिसले जासुसी गरेको शङ्का गर्ने कुनै गतिविधि नगरुन्जेल तपाईं सुरक्षित हुनुहुन्छ। ओमानमा गैर-मुस्लिमहरूलाई मस्जिद भित्र पस्न दिइँदैन। ओमानको सरकारी भाषा अरबी हो तर ठुला सहर र व्यापारिक केन्द्रहरूमा अङ्ग्रेजी पनि पर्याप्त प्रयोग गरिन्छ। मार्ग सङ्केतक तथा होटलका मेनुहरू अरबी तथा अङ्ग्रेजी दुवै भाषामा उपलब्ध हुन्छन्। विदेशी कामदारहरूले उर्दू, हिन्दी र फारसीमा कुराकानी गर्छन्। शिक्षाको माध्यम, सरकारी कामकाज तथा सञ्चार माध्यमहरूमा अरबी भाषाको प्रयोग गरिने भए पनि बोलिचालीमा अरबीका थुप्रै स्थानीय भेदहरूको प्रयोग हुन्छ। ओमानका सलालाह तथा अन्य दक्षिणी सहरहरूमा दोफारी भाषिका बोलिन्छ भने मुसान्देन प्राय:द्वीपका कतिपय बासिन्दाहरूले कुमजारी (हिन्दी, फारसी र पोर्तुगाली वर्णसङ्कर ) भाषा बोल्दछन्।
|
|
साउदी अरबमा के गर्नु हुने के गर्नु नहुने |
 |
<p >
- |
साउदीका सम्पर्क व्यक्तिले बैठकको प्रबन्ध मिलाउँछन्; व्यापारको सफलताका लागि अनुभवी सम्पर्क व्यक्तिको भूमिका महत्त्वपूर्ण हुने हुँदा उपयुक्त व्यक्तिको छनौट गर्नु होस् ( एउटा काम छोडेर अन्यत्र काम गर्ने अनुमति दिइँदैन)। |
- |
प्रार्थनाको समयमा भेटघाटको प्रबन्ध मिलाउने गरिन्छ; ठ्याक्कै कतिबेला भेटघाट सुरु गर्ने भन्ने निश्चित हुँदैन। प्रार्थनाको समय कतिबेला पर्छ भन्ने बुझ्न स्थानीय पत्रपत्रिकाको सहयोग लिनु होस् (याम अनुसार यो समय परिवर्तन हुने) र एक दिनमा एक पटकभन्दा बढी भेटघाट गर्ने आशा नगर्नुहोस्। |
- |
बिन्ती भाउ गर्नु राम्रो हुन्छ। विदेशी व्यापारीहरू पनि प्रतीक्षा गरिरहेका हुन सक्छन्। निर्धारित समयमै भेटघाट गर्न जानुहोस्। कुनै कारणले कुराकानीमा अवरोध भयो भने झिँजो नमान्नुहोस्। |
- |
बैठकका अन्त्यमा कफी बाँडिन्छ। धुप सल्काउनु पनि बैठक समाप्त भएको जानकारी दिनु हो। |
- |
अरबेलीहरूको व्यापार गर्ने र सम्झौता गर्ने आफ्नै तरिका छ। पाश्चात्य शैलीका अत्यन्तै पारदर्शी ढाँचाको अरबमा अपेक्षा नगर्नुहोस्। |
- |
साउदी अरबमा मादक पदार्थ, सुँगुरको मासु तथा कुनै प्रकारका अश्लील सामग्रीहरू लिएर नआउनुहोस्। इस्लाम धर्म र राजपरिवारको आलोचना निषिद्ध भएकाले यसो गर्नबाट सधैं बँच्नुहोस्। |
- |
गैर-इस्लाम धर्मको सङ्केत गर्ने कुनै पनि चिन्ह (क्रस आदि) प्रदर्शन नगर्नुहोस्। |
- |
कुनै पनि सार्वजनिक क्रियाकलापमा लैङ्गिक भिन्नता कायम गरिने हुँदा विवादास्पद क्रियाकलाप प्रदर्शन गरेर यो मान्यतालाई चुनौति नदिनुहोस्। |
- |
कुराकानी गर्दा साउदीहरू नजिक नजिक उभिएको मन पराउँछन् भने समान लिङ्गका व्यक्तिहरूले एक अर्कालाई छुनुलाई सामान्य ठान्दछन् तर समलिङ्गी गतिविधि गैरकानुनी मानिन्छ। |
- |
साउदीको भेषभूषा सम्बन्धी आचारसंहिताको पालना गर्नुहोस् (पाखुरा र खुट्टा छोप्ने) तर स्थानीय पहिरन नलगाउनुहोस्। |
- |
अतिथि सत्कार साउदी अरबका मानिसहरूको विशेषता हो। घर भित्र पस्नु अघि जुत्ता खोल्नुहोस्। देब्रे हातले कहिल्यै नखानुहोस्। |
|
|
|
रोजगार तथा श्रम कानुन |
 |
भिसा दुई प्रकारका हुन्छन् रोजगारी भिसा र घरेलु कामदार तथा कृषक भिसा। घरेलु कामदार र कृषि कामदार श्रम कानुन अन्तर्गत पर्दैनन्। कम्पनीहरूका लागि रोजगारी भिसा जारी गरिन्छ भने घरेलु भिसा प्रत्येक परिवारका लागि जारी गरिन्छ। प्रत्येक परिवारका लागि पाँचवटा घरायसी कामदार भिसा प्रदान गरिन्छ भने थप शुल्क तिरेर बढी भिसा लिनका लागि आवेदन गर्न पाउने सुविधा पनि छ। उद्योगको आकार र लगानी गरिएको पूँजीलाई आधार मानेर कम्पनीहरूलाई रोजगारी भिसा दिइन्छ। प्रत्येक नागरिकले कम्पनी सञ्चालन गर्न पाउँछ र कामदारका लागि भिसा लिन सक्छ । चाहे ठुलो उद्योगका लागि होस् चाहे सानातिना पसलहरूकै लागि होस्। कानुनले सधैं मालिकको पक्षपोषण गर्दछ। "इच्छा लागे काममा लगाऊ नलागे निकालिदेऊ" खाडी मुलुकहरूको कामदारसम्बन्धी आधारभूत मान्यता हो। खाडी मुलुकहरूले विदेशी कामदारसम्बन्धी अन्तर्राष्ट्रिय जगत्मा स्वीकार्य मानक कायम गर्न सकेका छैनन्। धेरैजसो खाडी मुलुकका आप्रवासी सम्बन्धी कानुनहरू विदेशी कामदारप्रतिको अमानवीय व्यवहारलाई बढावा दिने र वैधता प्रदान गर्ने किसिमका रहेका छन्। यी कानुनहरू विदेशी कामदारका लागि अपमानजनक छन्। फलत: रोजगारदाताहरूले लाखौं विदेशी कामदारहरूप्रति राम्रो व्यवहार गर्नु पर्ने अन्तर्राष्ट्रिय जगत्मान प्रचलित मान्यताहरूलाई नियन्त्रण गर्ने, प्रतिबन्ध लगाउने वा उल्लङ्घन गर्ने गर्दछन्। कामदारहरूले पाउने तलब महिनौंसम्म रोक्का गर्ने तथा काम छोडेर अन्यत्र नजाऊन् भनेर पासपोर्ट जफ्त गर्ने गर्दछन्। नियुक्तिका नाममा लिइने शुल्क र अपमानित भएर काम गर्नु पर्ने वातावरण हुँदाहुँदै पनि कामदारहरू यस क्षेत्रमा काम गर्न बाध्य हुन्छन्।
Khiraj – बहिर्गमन अनुमति – कुवेत र युएइबाहेक अरू सबै देशमा कामदारहरूले देश बाहिर जान अनुमति लिनुपर्ने प्रावधान रहेको छ। कामदारसँग पासपोर्ट हुँदा हुँदै पनि अन्य देशमा जानु पर्दा छोड्न लागेको देशबाट अनुमति लिनु पर्ने हुन्छ। प्रायोजन: यस व्यवस्था अन्तर्गत कामदारले काम परिवर्तन गरी अर्को काम गर्न चाहेमा कार्यरत कम्पनीबाट अनुमति लिनु पर्दछ। अनुमति नपाउन्जेलसम्म काम परिवर्तन गर्न पाइन्न। प्रायोजनको स्थानान्तरण सीमित अवस्थामा मात्र सम्भव हुन्छ। खाडी क्षेत्रमा विदेशी कामदारहरूका लागि जारी गरिने कानुन संसारका अन्य क्षेत्रमा जारी गरिने कानुन भन्दा भिन्न रहेको छ। सबैभन्दा महत्त्वपूर्ण भिन्नता के हो भने खाडी मुलुकहरू विदेशी कामदारहरूले 'अस्थायी कामदार' को हैसियत मात्र पाउँछन्। भिसाको व्यापार: सम्बन्धित देशले विदेशी कामदारहरूलाई भिसा दिए वापत प्रत्येक वर्ष निश्चित शुल्क लिने गर्दछ। यो शुल्क लिए बापत राज्यले विदेशी कामदारप्रति कुनै उत्तरदायित्व लिँदैन। स्थानीय व्यक्तिले स्थापना गरेको भनिएको कम्पनी नक्कली हुन सक्छ र सञ्चालकले भिसाको व्यापार गर्न सक्छ। कामदारले भिसा खरिद गरेर आफैं काम खोज्नु पर्ने हुन्छ। सीमान्त श्रम: सरसफाइ कम्पनीका कामदार, निर्माण कम्पनीका कामदार लगायत अन्य सीमान्त कामदारहरू सबै भन्दा बढी शोषणमा पर्ने वर्गका कामदार हुन्। यस्ता कामदारलाई १५० देखि २५० अमेरिकी डलर सम्म पारिश्रमिक दिइन्छ। तलब नियमित रूपमा उपलब्ध गराइँदैन। कहिले छ महिनामा बल्लतल्त तलब दिने र कहिले दिँदै नदिने सम्म गरिन्छ। यस वर्गका विदेशी कामदारहरूको सङ्ख्या सबैभन्दा बढी रहेको छ। सानातिना पसलहरूमा काम गर्नेहरूले घन्टाका हिसाबले २५० देखि ५०० अमेरिकी डलर सम्म पाउँछन्। आवास तथा खानपिन निकै महङ्गो हुन्छ। २० देखि ३० जनासम्म सीमान्त कामदारहरू २ वटा मात्र ओछ्यान भएका एउटै कोठामा बस्छन्। यस्तो अवस्थामा पैसा जोगाउन पनि निकै गार्होस हुन्छ। Blue Collar Jobs – यो कम्पनीको काम वा स्वरोजगार हुन सक्छ। यस्ता कामदारहरूले ७५० देखि १७५० सम्म अमेरिकी डलर पाउँछन्। यस समूहमा ठुलठुला सवारी साधन चलाउने र सबै खालका मेकानिकहरूको माग हुने गर्दछ। सीमान्त कामदारहरूका तुलनामा यस वर्गका कामदारहरूको शोषण कम हुन्छ। White Collar Jobs – यो सबैभन्दा राम्रो रोजगारीको अवसर हो। राम्रा कम्पनीहरूले यस्तो रोजगारी उपलब्ध गराउँछन्। एकाउन्टेन्ट, इन्जिनियर, डाक्टर र बैङ्किङ क्षेत्रका काम यस अन्तर्गत पर्दछन्। शिक्षण पनि राम्रो विकल्प हो तर शिक्षकहरूको तलव त्यति आकर्षक हुँदैन। कलेज तथा विश्वविद्यालयहरूमा युरोपका वरिष्ठ तथा अवकाशप्राप्त प्राध्यापकहरू कार्यरत हुन्छन्। विश्वविद्यालय तहमा उनीहरूको निकै माग हुन्छ। युवाहरूका तुलनामा अवकाशप्राप्त व्यक्तिहरूले कम तलबमा काम गर्दछन्। तलबमानमा निकै अन्तराल हुन्छ। नयाँ एकाउन्टेन्टले प्रारम्भमा ७०० देखि ८०० अमेरिकी डलरमा काम गर्दछन् भने अनुभवी CA, CPA र CMA ले शैक्षिक योग्यता र अनुभवका आधारमा २००० अमेरिकी डलरसम्म पाउँछन्। त्यसैगरी Chief Accountant, Finance Managers, AVP र VP ले ३००० देखि १०००० अमेरिकी डलर वा सोभन्दा माथि तलब पाउँछन्। CFO ले प्रति महिना १०००० देखि २०००० डलर सम्म तलब पाउँछन्।. इन्जिनियरहरूको माग प्राथमिकताका दृष्टिले दोस्रो क्रममा पर्दछ। निर्माण यस क्षेत्रकै सबैभन्दा महत्त्वपूर्ण उद्योग भएकाले यसको भूमिका पनि अत्यन्तै महत्त्वपूर्ण हुन्छ। तेल तथा ग्यास कम्पनीहरू काम गर्नका लागि सबैभन्दा राम्रा उद्योग मानिन्छन्। खाडी मुलकका सबै भन्दा धनी कम्पनीहरू पनि यिनै भएकाले कामदारहरूले पनि सोही अनुसार आकर्षक तलब पाउँछन्। यस्ता कम्पनीहरू सरकारी स्वामित्वमा रहेका वा कम्पनीले ठेक्कामा लिएर सञ्चालन गरेका हुन्छन्। बैङ्किङ तथा लगानी उद्योग पनि यस क्षेत्रका दोस्रो उच्च दर्जाका कम्पनी हुन्। यस्ता कम्पनीहरू जल्दोबल्दो अवस्थामा रहेका छन्। धनी उद्योग भएका कारण यस्ता कम्पनीहरूलाई कम्पनी व्यवस्थापकको खाँचो पर्दछ। यस्ता कम्पनीहरूले सधैं राम्रो काम गरी आएका छन्। तलब सुविधा उपलब्ध गराउने कुरामा पनि यी कम्पनीहरू कहलाएका छन्। वरिष्ठ व्यवस्थापकहरूको तलब ५००० देखि १५००० डलरसम्म हुन्छ।
घरेलु कामदार भिसा- घरेलु कामदार महिला तथा कृषि श्रमिक
यस वर्गका कामदारहरू सबैभन्दा बढी शोषणको सिकार भएका छन्। यस्ता कामदारहरूले घरभित्र वा घरबाहिर काम गर्नु पर्ने हुन्छ। प्रत्येक नागरिकको परिवारले पाँचवटासम्म घरेलु कामदारका लागि भिसा पाएको हुन्छ। सरकारलाई अलिकति बढी पैसा तिरेर थप भिसा प्राप्त गर्न सक्दछन्। यस वर्गका कामदारहरूको श्रम कानुन अन्तर्गत गणना हुँदैन।
|
|
विश्वभरिका सीमा शुल्क तथा परंपराबारे |
 |
- मध्यपूर्वका प्राय: सबैजसो देशहरूमा शारीरिक सरसफाइका लागि प्रयोग गरिने हुँदा देब्रे हात अशुद्ध मानिन्छ। त्यसैले खानका लागि दाहिने हातकै प्रयोग गर्नु पर्दछ। देब्रे हात मिलाउनुलाई अपमान गरिएको ठानिन्छ।
- सार्वजनिक स्थानमा महिलाहरूको उपस्थितिलाई स्वीकार गरिन्न।
- खुट्टाको पाइताला वा जुत्ताको सोल देखाउनु र जुत्ताले कसैलाई छुनु असभ्यताको प्रतीक हो।
- इराकमा 'बुढी औंला देखाउनु' लाई अपमान गरिएको ठानिन्छ।
- कतिपय अरब देशहरूमा आफूभन्दा ठुला मानिसहरूसँग कुराकानी गर्दा वा त्यस्ता व्यक्तिहरू आउँदा नउभिनुलाई सम्मान नगरेको ठानिन्छ। त्यसैगरी सामाजिक सभा-सम्मेलनहरूमा ठुलाबडालाई अभिवादन गर्ने र उनीहरूको खातिर गर्ने प्रचलन छ।
- जुत्ता चप्पल लगाएर बैठक कोठामा पस्नु असभ्यताको परिचायक हुन्छ।
- मध्यपूर्वका कतिपय देशहरूमा नजिकै हिँडिरहेको मानिसलाई उछिनेर अघि जान खोज्नु असभ्यताको परिचायक मानिन्छ।
- धेरैजसो अरब देशहरूमा एक अर्काको हात समातेर हिँड्नुलाई मित्रताको परिचायक मानिन्छ। यसो गर्नुको तात्पर्य पश्चिमी देशहरूमा जस्तो प्रेम-प्रदर्शन गरिएको होइन।
- पाँचवटै औंला जोडेर माथितिर सङ्केत गर्नुको अर्थ 'पाँच मिनेट पर्खनुहोस् वा मलाई केही समय दिनुहोस्' भन्ने हुन्छ। कसैले यस्तो सङ्केत गर्दा धम्की दिएको ठान्नु हुँदैन।
- मोरक्कोमा हात मिलाइसकेपछि दाहिने हात छातीमा राख्नुलाई मित्रता प्रदर्शनको परिचायक ठानिन्छ। आफू टाढा भएकाले वा हात सफा नभएकाले हात मिलाउन सक्ने स्थिति छैन भने छातीमा हात राखेर हात मिलाए सरहको सम्मान व्यक्त गर्न सकिन्छ।
- हिलो पटकको भेटघाटमै तपाईंलाई दिउँसो वा बेलुकाको खाना खान निम्तो दिनु असामान्य हुँदैन। यस्तो अवस्था आइलाग्दा निम्तो अस्वीकार गर्नु हुँदैन। तत्काल जान नसक्ने भएमा यसलाई स्थगन गरी पछि कुनै बेला आउने वाचा गर्नु पर्दछ। 'भगवान्ले चाहनु भयो भने अवश्य' भन्ने वाक्यांश सबैभन्दा तटस्थ उपाय हुन सक्छ।
- अतिथिलाई सामान्य रुपमा अघाइसकेपछि पनि थप खाना खान आग्रह गरिन्छ। 'अघाएँ' भन्दाभन्दै अझै खान आग्रह गर्नुलाई पश्चिमाहरूले असभ्य व्यवहार ठान्ने भए पनि मध्यपूर्वी समाजमा पुग्दा यस्तो सोचाइमा परिवर्तन गर्नु पर्छ र सभ्यतापूर्वक आफ्नो असमर्थताबारे जानकारी दिनुपर्छ। खाना बिस्तारै खाँदै जानु र एक दुई पटकसम्म खाना थप्दा अस्वीकार नगर्नु नै सबै भन्दा राम्रो उपाय हुन सक्छ।
|