Light for the World
लिङ्ग, जात, सामाजिक समूह वा धर्मका आधारमा कुनै भेदभाव नगरी विकासोन्मुख देशका अशक्त/अपाङ्गहरूको अधिकार सुनिश्चित गर्नका लागि यो संस्था समर्पित छ। सन् १९८८ मा यस संस्थाको स्थापना भएको हो। नेपालमा Technical & Skill Development Center for the Blind & Disabled (TSDCBD) विभिन्न किसिमका अपाङ्गता भएका र सिकाइमा समस्या झेलिरहेका ३६७ जना युवाहरूलाई व्यावसायिक तालिम दिएको छ । कम्प्युटरको प्रयोग, मोबाइल मर्मत, अङ्ग्रेजी भाषा शिक्षा, मैनबत्ती निर्माण, सिलाइ बुनाइ आदि विभिन्न विषयहरूमा तालिम दिइएको थियो।
 

 

  Marie Stopes International
यौन तथा प्रजनन स्वास्थ्यका क्षेत्रमा काम गर्ने उद्देश्यले सन् १९७६ मा यस संस्थाको स्थापना भएको हो। यसको नारा 'छोराछोरी संयोगले होइन, इच्छाले' भन्ने हो। यसले परिवार नियोजन, मातृ स्वास्थ्य, सुरक्षित गर्भपतन र गर्भपतन पछिको हेरचाह जस्ता सेवा प्रदान गर्दछ। नेपालमा सन् १९९४ मा स्थापित यस संस्थाले विभिन्न ४२ वटा जिल्लामा ५५ वटा उपचार गृह सञ्चालन गरेको छ। नेपालमा संस्थाले निम्नलिखित सेवा सुविधा प्रदान गर्दै आएको छ:
  • परिवार नियोजन सेवा
  • सुरक्षित गर्भपतन
  • जन्मनु ‍पूर्व र जन्मपछिको स्वास्थ्य परीक्षण
  • TT, BCG, DPT, Polio and Measles बाट सुरक्षा
  • नियमित स्वास्थ परीक्षण
  • RTI र STI को निदान तथा उपचार
 

 

  Medecins San Frontieres
सशस्त्र द्वन्द्व, महामारी एवं प्राकृतिक विपत्तिबाट आक्रान्त भएका र स्वास्थ्य सेवाबाट वञ्चित मानिसहरूलाई आपत्कालीन सहायता उपलब्ध गराउने मानवतावादी स्वतन्त्र अन्तर्राष्ट्रिय संस्था हो यो । संस्थाले जुनसुकै जाति, धर्म, लिङ्ग वा राजनीतिक आस्था भएका मानिसहरूलाई आवश्यकताका आधारमा सहायता उपलब्ध गराउँछ।
 

 

  Medical Emergency Relief (Merlin)
यो संसारभरिका आपत् ग्रस्त क्षेत्रमा स्वास्थ्य विशेषज्ञहरू पठाउने बेलायतको अग्रणी अन्तर्राष्ट्रिय परोपकारी स्वास्थ्य संस्था हो । सन् १९९३ मा यस संस्थाको स्थापना भएको हो। हाल संसारका विभिन्न १८ वटा देशमा स्वास्थ विशेषज्ञ पठाउने र दीर्घकालीन स्वास्थ्य सेवा प्रदान गर्ने कार्यमा यो संस्था क्रियाशील छ। नेपालमा सन् २००७ देखि जोखिममा परेका मानिसहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ। प्रारम्भदेखि अहिलेसम्ममा नेपालका ८८,००० मानिसहरू यस संस्थाका कार्यक्रमबाट लाभान्वित भइसकेका छन्।
 

 

  Mercy Corps
यो प्राकृतिक विपत्ति, अर्थतन्त्रमा र्हा स वा द्वन्द जस्ता संघात कारण निर्माण भएको सङ्क्रणकालीन अवस्थामा सहायता गर्ने विश्वव्यापी नियोग हो। सन् १९७९ मा यस संस्थाको स्थापना भएको थियो। यस संस्थाले नेपाली समुदायमा थप सम्पन्नता र खाद्य सुरक्षा लगायत सामाजिक सीमान्तीकरण घटाउने र वातावरणीय सन्तुलनमा दिगोपना ल्याउने जस्ता क्षेत्रमा कार्य गर्दछ। संस्थाका कार्यक्षेत्र निम्नानुसार रहेका छन्।
  • कृषि तथा खाद्य पदार्थ: वित्त सेवामा पहुँच विस्तार तथा अदुवा, अलैंची, आलुजस्ता उच्च मूल्यका कृषि उत्पादनका लागि सहयोग प्रदान गरी साना किसानहरूलाई आय आर्जन बढाउन सहयोग गर्ने
  • विपत्तिको व्यवस्थापन: सङ्कटकालीन स्थितिको पहिचान गर्नका लागि समुदायलाई सहयोग गर्ने र बाढीबाट जोगिनका लागि सुरक्षात्मक उपाय अबलम्बन गर्ने
  • बालबालिका तथा युवा: आपत्कालीन अवस्थामा आफूलाई र अरुहरूलाई सुरक्षित पार्नका लागि आवश्यक पर्ने ज्ञान र सिप सिकाउनका विद्यालयहरूमा कार्यक्रम सञ्चालन गर्ने
  • महिला तथा लिङ्गू: लघु उद्यम सञ्चालनका लागि महिलाहरूलाई सक्षम बनाउन वित्तीय साक्षरता सिकाउने
 

 

  Micronutrient Initiative (MI)
यो संस्था भिटामिन तथा खनिज तत्त्वको कमीका कारण सबैभन्दा बढी जोखिममा रहेका संसारका मानिसहरूको सुरक्षाका क्षेत्रमा क्रियाशील रहेको छ। सन् १९९७ देखि यस संस्थाले विकासोन्मुख देशका जनताहरूलाई आवश्यक पर्ने भिटामिन ए को ७५% मात्रा उपलब्ध गराएको छ भने भिटामिन ए का असी खर्ब चक्की तथा मात्रा गरिसकेको छ। नेपालमा सरकारी निकाय, राष्ट्रसंघीय नियोग, गैरसरकारी संस्थाहरू ना निजी क्षेत्रसँग सहकार्य गरी निम्नलिखित प्राथमिक उद्देश्य प्राप्तिका लागि कार्य गर्दछ:
  • बाल्यावस्थामा हुने पखाला नियन्त्रणका लागि जिङ्क (ORS समेत) को आपूर्ति बढाउने;
  • नवजात शिशुका लागि भिटामिन ए परीक्षण र आपूर्ति;
  • गर्भवती तथा सुत्केरी भएपछिका महिलाहरूका लागि आइरन र फोलिक एसिड चक्कीको सुधार र विस्तार गर्ने;
  • आटा चक्की तथा साना पिसानी मिलहरूमा गुणस्तरीय पिठो उत्पादन गतिविधि विस्तार गर्ने;
 

 

  Mission East
यस डेनमार्केली राहत तथा विकास संस्थाले पूर्वी युरोप तथा एशियामा बसोबास गर्ने दुई तिहाई गरिबहरूलाई सहायता उपलब्ध गराउँछ । Mission East ले विपत्ति व्यवस्थापन र विकास सहयोगीका रूपमा कार्य गर्दछ। यसको लक्ष्य सङ्कटमा परेका जनतालाई सहयोग गर्नु र त्यस्ता जनतालाई सहयोग गर्ने समुदायको क्षमता बढाउनका लागि सहायता प्रदान गर्नु हो। नेपालमा खानेपानी, सरसफाइ र स्वास्थ्य, खाद्य सुरक्षा, कृषि निवेश तथा कृषि अभ्यास एवं समुदायमा आधारित विपत्तिका लागि पूर्वतयारी जस्ता क्षेत्रमा यस संस्थाको संलग्नता रहेको छ।