International Child Resource Institute (ICRI)
बालबालिका तथा पारिवारिक स्वास्थ्यका क्षेत्रमा कार्यरत यो संस्था संसारभरि क्रियाशील छ। पूर्व-वाल्यावस्था हेरचाह तथा शिक्षा, बाल अधिकार, महिला तथा बालिका सशक्तीकरण, मातृ-शिशु स्वास्थ्य सेवा तथा निम्नवर्गीय समुदायको विकास जस्ता विषयमा यो संस्था केन्द्रित रहेको छ । सन् २००१ देखि नेपालमा काराबासको सजाय भोगिरहेका बाबुआमाबाट जन्मेका बालबालिकाका लागि घरबासको प्रबन्ध तथा रेखदेख गर्नका लागि समन्वय गर्ने कार्य गर्दछ। यस संस्थाको स्थानीय वेव लिङ्क http://icrinepal.org/ हो।
 

 

  International Development Enterprise (IDE)
IDE एउटा यस्तो अन्तर्राष्ट्रिय गैर-नाफामुखी संस्था हो जसले ग्रामीण क्षेत्रका गरिब परिवारहरूका लागि आय आर्जन तथा आजीविकाका अवसरहरूको सृजना गर्दछ। सन् १९८२ मा यसको स्थापना भएको हो। यो संस्थाको अन्तर्राष्ट्रिय वेभलिंक http://www.ideorg.org हो ।
 

 

  International Rescue Committee (IRC)
संसारमा सबैभन्दा बढी सङ्कट झेलिरहेका मानिसहरूलाई बाँच्ने र जीवनको पुनर्निर्माण गर्नै विषयमा उत्प्रेरित गर्ने उद्देश्यले सन् १९९३ मा यस संस्थाको स्थापना भएको हो। नेपालमा सन् २००५ देखि क्रियाशील यो संस्था मूलत: बालबालिका तथा युवायुवतीहरूको संरक्षण तथा विकास, सुशासन तथा स्वास्थ्यको संरक्षण जस्ता क्षेत्रमा क्रियाशील छ। IRC को दीर्घकालीन उद्देश्य नेपालका संघ/संस्थाहरूबीचको सामाजिक सम्बद्धता र विकासलाई मजबुत पार्दै द्वन्द्वपीडित तथा सङ्कटग्रस्त मानिसहरूका लागि आधारभूत आवश्यकताका वस्तुहरू जुटाउन सहयोग गर्नु हो।
 

 

  Interplast Germany
यस संस्थाले विकासोन्मुख देशका मानिसहरूका लागि नि:शुल्क प्लास्टिक सर्जरी सेवा उपलब्ध गराउँछ। रोगीहरूलाई समाजमा संगठित गर्नु यस संस्थाको उद्देश्य हो।
 

 

  Italian Association for solidarity Among People (AISPO)
यस संस्थाले गरीबी, सामाजिक अन्याय र संसारका सबैभन्दा गरीब मानिसहरूलाई लाग्ने थुप्रै रोगहरूका विरुद्ध लड्नका लागि विभिन्न परियोजनाहरू सञ्चालन गर्दछ। AISPO ले निम्न क्रियाकलापहरू गर्दछ:
  • विकासे कार्यक्रमहरू, अनेकौं अस्पताल, स्वास्थ्य केन्द्र र औषधालयहरूलाई मानवीय तथा भौतिक संसाधनहरू उपलब्ध गराउने। एक्लिएका र पिछडिएका मानिसहरूको बसोबास रहेको अफ्रिकी घाँसे मैदान, मध्यपूर्वका मरुभूमि, उष्णप्रदेशीय वन जङ्गल, बाढीग्रस्त क्षेत्र, समुद्री टापुजस्ता स्थानहरूमा घुम्ती उपचार सेवा सञ्चालन गर्दछ।
  • युद्ध तथा प्राकृतिक विपत्ति तथा घातक सरुवा रोगबाट आक्रान्त मानिसहरूको सुरक्षाका लागि आकस्मिक सुरक्षाको प्रबन्ध गर्ने।
  • तालिम कार्यक्रम: गरिब देशका मानिसहरूमा व्यावसायिक दक्षता वृद्धि गर्दै विकासका बाटामा गतिशील बनाउनका लागि निरन्तर क्रियाशील रहने।
 

 

  JHPIEGO Corporation
यो महिला तथा विपन्न परिवारका सदस्यहरूको जीवन रक्षा गर्ने उद्देश्यले सन् १९७४ मा स्थापित विश्वव्यापी संस्था हो। निम्नलिखित क्षेत्रमा यो संस्था क्रियाशील छ
  • आमा, नवजात शिशु तथा बालबालिकाको स्वास्थ्य
  • परिवार नियोजन तथा प्रजनन स्वास्थ्य
  • HIV/AIDS रोकथाम तथा उपचार
  • सङ्क्रामक रोगहरूको रोकथाम र नियन्त्रण
  • मलेरियाको रोकथाम तथा उपचार
  • घाँटीको क्यान्सर रोकथाम तथा उपचार
  • क्षयरोग (TB) नियन्त्रण
  • सहरिया स्वास्थ्य र समुदाय
नेपालमा सन् १९८०को दशकको पछिल्लो समयदेखि यो संस्था क्रियाशील छ ।
 

 

  Karuna Foundation
सन् २००७ मा यस संस्थाको स्थापना भएको हो। सामुदायिक सशक्तीकरणका माध्यमबाट बाल्यावस्थाका अशक्तता, अशक्त बालबालिकाहरूको समुदायमा आधारित पुन:स्थापन तथा सुधारिएको स्वास्थ सेवा जस्ता क्षेत्रमा संस्थाले कार्य गर्दछ। Karuna Foundation अन्तर्गत Share & Care, Prevention & Rehabilitation, Training of Professionals and Lobby & advocacy जस्ता कार्यक्रम सञ्चालित छन्।
 

 

  Kinderberg International
नेपालमा यस संस्थाले आगाले पोलेर गम्भीर घाइते भएका महिलाहरूका लागि स्वास्थ्योपचार, आवास तथा निश्चित अवधिका लागि नयाँ घरको प्रबन्ध गर्नका लागि उपचार केन्द्रहरूको स्थापना गरेको छ। आगाले जलेर घाइते भएकाहरूले शारीरिक तथा मनोवैज्ञानिक पुन:स्थापनका लागि यस संस्था मार्फत दीर्घकालीन उपचार सेवा प्राप्त गर्दछन् । पीडितहरूले विद्यालय जाने अवसर पनि प्राप्त गर्न सक्छन्। Kinderberg ले शल्यचिकित्सा शिविर स्थापना गर्नुकासाथै स्थानीय स्वास्थ्यसेवीहरूका लागि तालिम तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दछ।
 

 

  Kuratiorium Tuberkusose in Der Welt E.V
क्षयरोगको सिकार भएका मानिसहरूलाई सहयोग गर्ने उद्देश्यले सन् १९७९ मा यस संस्थाको स्थापना भएको हो। संस्थाका निम्न उद्देश्यहरू रहेका छन्:
  • ९० प्रतिशत भन्दा बढी क्षयरोगीहरू रहेका विकासोन्मुख देशहरूबाट क्षयरोग नियन्त्रण गर्ने
  • व्याख्यान (प्रवचन) तथा शैक्षिक कार्यक्रमहरूका माध्यमबाट क्षयरोग रोकथाम तथा नियन्त्रणका विषयमा शिक्षा प्रदान गर्ने।
  • अन्य संघ/संस्थाहरूलाई प्राविधिक तथा अन्य (logistic) सहयोग प्रदान गर्ने ।
  • WHO (World Health Organization) र IUATLD (International Union Against Tuberculosis and Lung Disease) जस्ता अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाहरूका कार्यक्रममा सहभागी हुने ।