नेपालमा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरू
Page 8 of 16
Heifer Project International | |
![]() |
दिगो किसिमले गरीबी तथा भोकमरीको अन्त्य गर्ने उद्देश्यले सन् १९४४ मा यस संस्थाको स्थापना भएको हो। संस्थाले सहयोगको खाँचो भएकाहरूलाई पशुधन, बिउबिजन, वनस्पति तथा सघन तालिम उपलब्ध गराउँछ। नेपालमा सन् १९५७ देखि यो संस्था क्रियाशील छ। |
Helen Keller International | |
![]() |
संसारभरि नै अन्धोपना रोक्न र कुपोषण घटाउनका लागि सन् १९१५ मा यस संस्थाको स्थापना भएको हो। सङ्कटापन्न र अवसरबाट वञ्चितहरूको दृष्टि क्षमता र जीवन सुरक्षित गर्नु यस संस्थाको लक्ष्य हो। नेपालमा सन् १९८९ देखि यो संस्था क्रियाशील छ। संस्थाका वर्तमान कार्यक्रमहरू निम्नलिखित रहेका छन्:
|
Helping Hands Foundation (HHF) | |
![]() |
यस संस्थाले भविष्य अनिश्चित भएका बाबालिकाहरूका लागि अनुकूल वातावरण निर्माण गर्ने क्षेत्रमा कार्य गर्दछ। संस्थाले निम्नलिखित सेवाहरू प्रदान गर्दै आएको छ ।
|
Helvetas Nepal | |
![]() |
यस संस्थाले मानिसहरूमा आत्म-विश्वासको भावना जगाउने तथा दिगो विकासलाई प्रबर्द्धन गर्ने कार्य गर्दछ। सन् १९५६ मा नेपाल प्रवेश गरेको यस संस्थाले अहिले देशका ७५ वटै जिल्लामा विभिन्न प्राविधिक तथा सामाजिक संघ/संस्थाहरूसँग सहकार्य गर्दछ । शिक्षा तथा सीप विकास, वातावरण तथा मौसम, सुशासन तथा शान्ति, ग्रामीण अर्थतन्त्र एवं खानेपानी तथा पूर्वाधार विकास जस्ता पाँचवटा कार्यक्षेत्रमा यो संस्था क्रियाशील रहेको छ। |
Himalayan Trust | |
![]() |
शिक्षा, स्वास्थ्य सेवा, पुनर्वनीकरण, हवाइ मैदान निर्माण, बाटो निर्माण, पुल निर्माण, पानी आपूर्ति तथा स्थानीय सांस्कृतिक स्मारकहरूको संरक्षणका क्षेत्रमा यो संस्था क्रियाशील छ। |
Impact Foundation | |
![]() |
अनावश्यक अशक्ततालाई रोक्ने वा अन्त्य गर्ने अन्तर्राष्ट्रिय कार्यक्रम हो यो। यसको उद्देश्य रोग, अज्ञानता वा स्वास्थ्यसेवामा पहुँच नभएकै कारण कोही पनि अनावश्यक रूपमा अशक्त हुनु हुँदैन भन्ने रहेको छ। |
International Centre for Integrated Mountain Development (ICIMOD) | |
![]() |
हिमाली क्षेत्रलाई आर्थिक तथा वातावरणीय दृष्टिले स्वच्छ बनाइ राख्न र हिमाली समुदायका मानिसहरूको जीवन स्तर उठाउन यो संस्था प्रतिबद्ध रहेको छ। सन् १९८३ मा स्थापित यस संस्थाले हिन्दुकुश हिमालय क्षेत्रका आठवटा सदस्य राष्ट्रहरूमा क्रियाशील भई सिकाइ तथा ज्ञानको आदान प्रदान गर्ने कार्य गर्दछ । |