Educate the Children
सन् १९९० मा यस संस्थाको स्थापना भएको हो। बालबालिका तथा प्रौढहरूका लागि गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने, सचेतना जगाउने र जीवन यापनको स्तरमा दिगोपना ल्याउने जस्ता प्रयास गरेर यस संस्थाले दलित तथा जनजाति समुदायमा आत्मविश्वास बढाउने कार्य गर्दछ। यसका तीनवटा पाटा छन्: बाल-शिक्षा, महिला सशक्तीकरण र कृषिको विकास।
 

 

  Enfants & Development
"SOS Children of Cambodia" का रूपमा सन् १९८४ मा यस संस्थाको स्थापना भएको हो। नेपालमा यस संस्थाले काठमाडौंका सडक बालबालिकाहरूको संरक्षणका क्षेत्रमा कार्य गर्दछ।
 

 

  Engender Health
सन् १९९७ मा यसको स्थापना भएको हो। यस संस्थाले परिवार नियोजन, मातृ शिशु स्वास्थ्य, एच.आइ.भी र एड्स, लैङ्गिक समानता लगायत अन्य कार्यक्रममा माध्यमबाट पुरुष, महिला तथा परिवारको जीवन स्तर सुधार गर्ने कार्य गर्दछ। सन् १९८० देखि यस संस्थाले परिवार नियोजन कार्यक्रमलाई शसक्त पार्ने, मातृ-शिशु स्वास्थ्य सेवा सम्बन्धी नीतिमा सकारात्मक परिवर्तन गर्ने, स्वास्थ्य कार्यकर्तालाई तालिम दिने र गुणस्तरीय सेवाको सुनिश्चितता कायम गर्ने जस्ता कार्य गर्दै आएको छ ।
 

 

  Equal Access International
सामाजिक परिवर्तनका लागि सञ्चार क्षेत्रमा काम गरिरहेको यस संस्थाले सञ्चार जगत्को क्षमतालाई सामाजिक गतिशीलतासँग जोड्ने कार्य गर्दछ । Equal Access ले आवश्यकतामा आधारित सञ्चार रणनीतिको सृजना गर्दछ र विकासोन्मुख देशका सबैभन्दा बढी चुनौतीको सामना गरिरहेका महिला तथा बालिकाको सशक्तीकरण, युवाहरूका लागि सीप तथा जीविकोपार्जन, मानव अधिकार, स्वास्थ्य, नागरिक सहभागिता र सुशासन लगायतका प्रभावित मानिसहरूको पहुँचसम्म पुर्याउने कार्य गर्दछ।
नेपालमा डिजिटल स्याटलाइट ब्रोडकास्टिङ प्रविधिको उपयोग गरी ग्रामीण परिवेशका कम पहुँच भएका मानिसहरूका लागि सूचना प्रविधिमा भएको अत्यधिक विकाससँग जोड्ने उद्देश्यले सन् २००४ को फेब्रुअरी महिनामा यस संस्थाको स्थापना भएको हो। यस संस्थाले नेपालमा 'विकासका लागि सञ्चार' अभियान अन्तर्गत कार्य गर्ने विभिन्न परियोजनाहरूको कार्यान्वयन गर्ने गरेको छ । यस अन्तर्गत स्वास्थ्य, लघुवित्त, दिगो कृषि, मानव अधिकार र द्वन्द्व व्यवस्थापन, एच. आइ. भी एड्स तथा महिला सशक्तीकरण जस्ता विषयहरू पर्दछन्। यी परियोजनाहरू सांस्कृतिक रुपमा उपयुक्त र लगानीको अधिकतम प्रतिफल हासिल गर्ने गरी बढीभन्दा बढी लक्षित वर्गसम्म पुग्ने ढाँचामा निर्माण गरिएका छन् । परियोजनाको यस्तो अनुपम ढाँचाले स्थानीय सामग्रीको उत्पादन र वितरण लगायत स्वास्थ्य, शिक्षा तथा विकासका अन्य कार्यक्रममा पहुँच र त्यसको प्रभावलाई उत्प्रेरणा प्रदान गर्दछ।
 

 

  FHI360 Nepal
नेपालमा FHI 360 नामक संस्थाले देशका सबैभन्दा बढी जोखिममा रहेका जनताहरूको जीवन स्तरमा दीर्घकालीन रूपमा सुधार गर्ने दिशामा कार्य गर्दछ। यस संस्थाले गम्भीर अनुसन्धानबाट निकालिएका निचोडका आधारमा देशको मानव विकाससम्बन्धी चुनौतीहरूको समाधानका लागि आफ्ना कार्यक्रम निर्माण गर्दछ।
 

 

  Fida International Nepal
यो फिनल्यान्डेली विकास सहकारी संस्था हो। यस अन्तर्गत प्रदूषित पानीका कारण हुने पेटसम्बन्धी रोगहरू घटाउने उद्देश्यले Water and Sanitation Project (WASH) नामक कार्यक्रम सञ्चालित छ। साथै, सुदुर पश्चिम नेपालको कैलाली जिल्लाका विभिन्न गा.वि.स.हरूलाई आफ्नो कार्यक्षेत्र बनाएको यस संस्थाले ग्रामीण समुदायमा सरसफाइको अवस्थामा सुधार ल्याउने दिशामा कार्य गर्दछ।
 

 

  Filters for Families
नेपालका आर्सनिक विषाक्तता सम्बन्धी समस्याहरूको निवारण गर्नका लागि यो संस्था क्रियाशील छ। पानी छान्ने उपकरण निर्माण गर्ने र गाउँलेहरूलाई शिक्षा दिने जस्ता काम यस संस्थाले कार्य गर्दछ।