Danish Forestry Extension
संसारभरि नै यस संस्थाले दिगो वन तथा प्राकृतिक सम्पदाको व्यवस्थापनका क्षेत्रमा कार्य गर्दछ। नेपालमा यस संस्थाले निम्नलिखित कार्य गर्दछ
  • नेपालमा जलवायु परिवर्तनको असरलाई घटाउने र अनुकूल बनाउने
  • नेपालमा वातावरणसम्बन्धी शिक्षा दिने
 

 

  Daywalka Foundation
महिला तथा बालबालिकाहरूका लागि कानुनी राज्य र समानताको वातावरण निर्माण गर्दै दक्षिण एसियाबाट मानव बेचबिखन तथा आधुनिक किसिमको दासत्वको अन्त्य गर्न यो संस्था प्रतिबद्ध छ।
 

 

  DI-SVI Disarmament and Development
सन् १९८२ मा यस संस्थाले दिगो विकासबारे सूचित गर्ने र शिक्षा दिने, अल्पविकासशीलताको संयन्त्रबारे सचेतता र समझदारीको विकास गर्ने र आर्थिक अन्तर्निर्भरताका प्रमुख कारणहरूबारेको ज्ञानलाई विकसित गर्दछ।
 

 

  Doctors of the world
अमेरिकामा आधारित मानवतावादी यस संस्थाले स्वास्थ्यसेवामा समान पहुँचका लागि सङ्घर्ष गर्ने क्रममा सङ्कटग्रस्त अवस्थामा रहेका मानिसहरूलाई आकस्मिक तथा दीर्घकालीन स्वास्थ्यसेवा प्रदान गर्दछ । यस संस्थाले जुनसुकै लिङ्ग, जातजाति, धर्म, उमेर तथा राजनीतिक विचारधाराभएका मानिसहरूलाई सबै परिस्थितिमा प्रत्यक्ष स्वास्थ्य सेवा प्रदान गर्दछ। यस संस्थाले विभेदीकरणका विरुद्ध उभिएर आवाजविहीनहरूका आवाजहरूलाई बुलन्द गर्दै संसारभरि नै स्वास्थ सेवाको पहुँमा रहेको असमानताको साक्षी हुनु र त्यस्तो अवस्थाका विरुद्ध आवाज उठाउने लक्ष्य लिएको छ।
 

 

  DZI Foundation
यस संस्थाले स्वास्थ्य शिक्षा र समुदायमा स्थानीय तहबाट सञ्चालित कार्यक्रमहरूलाई दिगो विकास गर्ने र शिक्षा तथा स्वास्थ्यको विकासका माध्यमबाट गरिबी निवारण गर्ने र जीवनस्तरमा सुधार ल्याउने कार्य गर्दछ।