Child Fund Japan
सन् १९५२ मा विपन्न वर्गका बालबालिका, परिवार तथा समुदायमा शिक्षा, स्वास्थ्य, पोषण तथा आय आर्जनका क्षेत्रमा प्रायोजन, विशेष सहायता, सङ्कटकालीन सहायता तथा पुनर्वास जस्ता विषयमा सहयोग गर्ने उद्देश्यले यस संस्थाको स्थापना भएको हो। नेपालमा अवसरबाट वञ्चित, समाजबाट बहिष्कृत तथा सङ्कट झेलिरहेका बालबालिका, परिवार तथा समुदायका समस्यालाई अर्थपूर्ण र दिगो रूपमा समाधान गर्ने हिसाबले यो संस्था क्रियाशील छ।
 

 

  Child Haven International
विकासोन्मुख देशका महिला तथा बालबालिकालाई खाद्यान्न, शिक्षा, स्वास्थ, सुरक्षा, लत्ताकपडा लगायत भावनात्मक तथा नैतिक रूपले सहयोग गर्ने उद्देश्यले सन् १९८५ मा यस संस्थाको स्थापना भएको हो। नेपालमा सन् १९९२ देखि क्रियाशील यस संस्थाले सन् २००१ मा भक्तपुरमा आफ्नै भवन निर्माण गरेको छ भने ग्रीन तारा स्कुलका माध्यमबाट स्थानीय बालबालिकालाई शिक्षा प्रदान गर्दै आएको छ।
 

 

  Child Protection Center and Services (CPCS)
नेपालमा रहेका सडक बालबालिकाका आवश्यकताहरूलाई संम्बोधन गर्ने उद्देश्यले सन् २००२ मा यस संस्थाको स्थापना भएको हो। संस्थाका क्रियाकलापहरूलाई निम्नलिखित ३ चरणमा प्रस्तुत गर्न सकिन्छ:
  1. रोक थाम (सडके जीवन प्रारम्भ गर्नु अघि र सडकमा आइसकेपछि): दुई प्रकारले मध्यस्थता गर्ने:
    • बालबालिकालाई सडकमा पुग्नु अगावै रोकथाम गर्ने;
    • आम जनता, बालबालिकाका परिवार तथा स्वयं बालबालिकामा समेत सडके जीवनका वास्तविकता (कारण, दैनिक तालिका र दुष्परिणाम) का विषयमा सचेतना जगाउने.
  2. जोखिम घटाउने (बालबालिकाहरू सडकमै रहेका अवस्थामा):सडके जीवनमा आइपर्न सक्ने तात्कालिक समस्यामा ध्यान दिने अल्पकालीन दृष्टिकोण;
  3. समाजमा पुन:स्थापन (सडके जीवनबाट मुक्त भएपछि): सडक बालबालिकालाई समाजमा पुन:स्थापित गर्नका लागि अग्रगामी तथा परिणाममुखी दीर्घकालीन दृष्टिकोण;
 

 

  Child Welfare Scheme
स्वास्थ्य सुधार, शिक्षा तथा संरक्षणका माध्यमबाट नेपालका अत्यन्तै गरिब तथा सीमान्तीकृत बालबालिका तथा युवायुवतीहरूको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले सन् १९९७ मा Child Welfare Scheme नामक संस्थाको स्थापना भएको हो। स्वास्थ्य क्षेत्रमा Asha Health Care; शैक्षिक क्षेत्रमा Early Childhood Care Education र Jyoti Vocational Training Center तथा बाल अधिकारको पैरवीका क्षेत्रमा Jyoti Street project in protection program र Child Rights Project (CSACRSA Nepal) जस्ता एकाइहरूले काम गर्दै आएका छन्। संस्थाले पश्चिम नेपालका कास्की र लमजुङ जिल्लालाई आफ्नो कार्यक्षेत्र बनाएको छ।
 

 

  Children International
यस संस्थाले अत्यासलाग्दो गरिबीसँग सङ्घर्ष गरिरहेका बालबालिका तथा परिवारहरूलाई महत्त्वपूर्ण सहयोग गर्दै आएको छ। संस्थाको उद्देश्य गरिबीमा बाँचिरहेका बालबालिकाको जीवनमा वास्तविक र दिगो परिवर्तन ल्याउनु हो। लगानीकर्ताहरूसँगको सहकार्यमा बालबालिकाले गर्दै आएका दैनिक सङ्घर्षलाई घटाउने, उनीहरूको सम्भाव्यताका क्षेत्रमा लगानी गर्ने र स्वस्थ, शिक्षित, सफलताका लागि तयार हुने र समाजको उन्नतिका लागि काम गर्न सक्ने बन्नका लागि बालबालिकाहरूलाई आवश्यक अवसरहरू प्रदान गर्दछ।
 

 

  Christoffel Blinden Mission (CBM)
यस संस्थाको उद्देश्य संसारका अपाङ्ग तथा सङ्कटग्रस्त अवस्थामा पुग्न लागेका विपन्नतम मानिसहरूको जीवनस्तर सुधार्नु हो। विकासोन्मुख देशका महिला तथा बालबालिकालाई खाद्यान्न, शिक्षा, स्वास्थ, सुरक्षा, लत्ताकपडा लगायत भावनात्मक तथा नैतिक रूपले सहयोग गर्ने उद्देश्यले सन् १९८५ मा यस संस्थाको स्थापना भएको हो। नेपालमा सन् १९९२ देखि क्रियाशील यस संस्थाले सन् २००१ मा भक्तपुरमा आफ्नै भवन निर्माण गरेको छ भने ग्रीन तारा स्कुलका माध्यमबाट स्थानीय बालबालिकालाई शिक्षा प्रदान गर्दै आएको छ।
 

 

  Community Action Nepal (CAN)
यस परोपकारी संस्थाले मानिसहरूको जीवनस्तर माथि उठाउन र समुदायमा आधारित आदिवासी संस्कृतिलाई बलियो बनाउन मदत गर्दछ। मूलत: CAN को कार्यक्षेत्र बहुसङ्ख्यक भरियाहरूको बसोबास रहेको नेपालको मध्यपहाडी क्षेत्र हो। यिनै भरियाहरूले नेपालका हिमाली चुचुरा र भन्ज्याङहरूको आनन्द लिने पदयात्री तथा पर्वतारोहीहरूको सपना साकार पार्दछन्।