Basic Needs
यस संस्थाले विकासोन्मुख देशहरूका मानसिक रोगीहरूको कष्ट निवारणका क्षेत्रमा कार्य गर्दछ। सन् १९९९ मा यसको स्थापना भएको हो।
 

 

  BBC World Service Trust
सन् २००७ को सेप्टेम्बरमा स्थापित यस संस्थाले निम्न कार्य गर्दछ:
  • 'कथा मिठो सारङ्गी' कार्यक्रम अन्तर्गत रेडियो नाटक तथा 'सारङ्गीको भलाकुसारी' पत्रिका कार्यक्रम अन्तर्गत संवाद कार्यक्रमहरूका माध्यमबाट लैङ्गिक आधारमा हुने हिंसा विरुद्धको राष्ट्रिय अभियानमा सहयोग गर्ने। यो कार्यक्रम UK Aid को आर्थिक सहयोगमा सञ्चालित छ।
  • साझा सवाल- साप्ताहिक रूपमा दुईवटा सञ्चार माध्यमबाट प्रसारित हुने छलफल कार्यक्रम हो । यसमा जनताले नेतृत्ववर्गलाई आफ्ना कामको जिम्मेबारी लिन लगाउँछन्। यो असल शासनको संबर्द्धनका लागि UK Aid को आर्थिक लगानीमा सञ्चालित कार्यक्रम हो ।
  • घर आँगन: साप्ताहिक पत्रिका कार्यक्रम, आमा तथा बालकको सुस्वास्थ्यका विषयमा समझदारीको विकास गर्ने; EU, UNICEF, NFHP र UNFPA को आर्थिक लगानीमा सञ्चालित;
  • नागरिक बोल्छ रेडियो कार्यक्रमले संवैधानिक प्रकृयाका विषयमा सर्वसाधारणको बुझाइलाई समर्थन गर्नका लागि विश्लेषण र सन्दर्भ उपलब्ध गराउने। नेपालमा सहभागीतामूलक संविधान निर्माण कार्यक्रमको अङ्ग; UNDP को आर्थिक सहयोग रहेको।
 

 

  Bright Future Nepal
गुणस्तरीय स्वास्थ्य परीक्षण तथा शिक्षाका माध्यमबाट महिला तथा बालबालिकालाई सशक्त बनाउँदै नेपाली जनतालाई अर्थपूर्ण परिवर्तनको अनुभूति गराउने उद्देश्यले सन् २०१२ को जुन महिनामा यस संस्थाको स्थापना भएको हो।
 

 

  Britain-Nepal Medical Trust (BNMT)
यस संस्थाले सन् १९६८ देखि मानिसहरूको सेवा गर्दै आएको छ। यस संस्थाको उद्देश्य नेपालका जनताहरूलाई सहयोग गर्नुका साथै मानिसहरूलाई स्वास्थ्यसम्बन्धी अधिकारहरूको अनुभूति गराउँदै स्वास्थ्य सुधार गर्न मदत गर्नु हो। स्वास्थ्य मन्त्रालय, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैर सरकारी संस्था तथा स्थानीय समिति एवं समुदायसँग यस संस्थाले निम्नलिखित लक्ष्य प्राप्तिका लागि सहकार्य गर्दछ:
  • वञ्चित समुदायका मानिसहरूलाई सशक्त बनाउँदै समुन्नत स्वास्थ्य सेवा तथा स्रोत-साधनसम्म उनीहरूको पहुँच पुर्यामउनु;
  • स्थानीय स्वास्थ्य संस्थाहरूलाई सर्वसाधारणको माग अनुसार सेवा प्रदान गर्न सक्ने गरी सशक्त बनाउनु;
  • अरुहरूले समर्थन गर्ने र दोहोर्यालउने खालका दृष्टिकोणहरूको विकास गर्नु;
  • कार्यक्रम तथा परिणामको दिगोपना सुनिश्चित गर्नु;
 

 

  CARE International Nepal
सन् १९७८ मा नेपालमा यस संस्थाको स्थापना भएको हो। हाल यस संस्थाले आफ्ना विभिन्न १२ वटा परियोजनाका माध्यमबाट ४५ वटा जिल्लामा गरिब, सङ्कटमा रहेका र समाजबाट बहिष्कृत मानिसहरूको जीवन स्तर उकास्ने, लैङ्गिक तथा जातीय समानतालाई सुदृढ गर्ने जस्ता कुरामा दीर्घकालीन प्रभाव पार्ने विषयसँग जोडिएका क्षेत्रमा काम गरिरहेको छ। यसको कार्यक्षेत्र अन्तर्गत नागरिक समाजको सुदृढीकरण; बालबालिकाको स्वास्थ्य, पारिवारिक स्वास्थ्य; HIV/AIDs; वचत तथा ऋणजस्ता साना आर्थिक क्रियाकलाप; सिँचाइ, खानेपानी तथा सरसफाइ; आकस्मिक उपचार तथा सामुदायिक पुन:स्थापन जस्ता विषयहरू पर्दछन्।
 

 

  CCS Italia
सन् १९९८ को नोवेम्बर मा इटलीको जेनोआ मा CCS Italia को स्थापना भएको हो। यसले बालबालिकाको जीवन स्तर सुधार्नका लागि शिक्षा, कल्याण र विकासका क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्ने खालको ठोस अभियान सञ्चालन गर्दै आएको छ। नेपालमा काभ्रे, काठमाडौं, ललितपुर, चितवन र मकवानपुर जिल्लामा बालबालिकाहरू जस्तो वातावरणमा र जुन स्थानमा बसोबास गर्छन् त्यहीँ उनीहरूको जीवन स्तरमा सुधार गर्ने लक्ष्यका साथ यस संस्थाले काम गरिरहेको छ। CCS इटलीले ३१८१ बालबालिका सहित उनीहरूका परिवार, समुदाय र हजारौं अन्य बालबालिकालाई सहयोग गर्नुका साथै बालबालिकाहरूलाई उनीहरूको सम्पूर्ण सम्भावना अनुभव गर्न मदत गर्दछ। यस संस्थाले विभिन्न ६ वटा गैरसरकारी संस्थाहरूसँग साझेदार भएर कार्य गर्दछ।
 

 

  Center for International Studies and Cooperation (CECI)
CECI
  • स्थानीय जनताहरूको प्रयासमा हातेमालो गर्दै गरिबी विरुद्ध सङ्घर्ष गर्दछ।
  • मानिसहरूले उपभोग गर्ने र समुचित आम्दानी गराउने कृषि उत्पादनलाई प्रदूषण रहित बनाउन मदत गर्दछ।
  • मानवीय द्वन्द्व र प्राकृतिक विपत्तिबाट प्रभावित मानिसहरूलाई सहयोग गर्दछ।
  • पुरुष तथा महिलाबीचको असमान सम्बन्धलाई रूपान्तरण गर्ने कार्य गर्दछ।

CECI ले सन् १९८७ मा नेपालमा कार्यालय खोलेको हो। ४० भन्दा बढी जिल्लाहरूमा यस संस्थाले ३४ वटा परियोजना सञ्चालन गरेको छ। नेपालमा आर्थिक तथा सामाजिक विकासका क्षेत्रमा कार्य गर्दछ। CECI ले कैयौं गैरसरकारी संस्थाहरू, सहकारीहरू, निजी व्यवसाय, स्थानीय परिषद् तथा केन्द्रीय सरकारका नियोग तथा विभागहरूसँग दीर्घकालीन साझेदारीको विकास गर्दछ।

  • ग्रामीण क्षेत्रबाट गरिबी घटाउने;
  • असल शासन र लोकतन्त्र;
  • विशेषत: सहभागिता र सेवा-सुविधामा पहुँचका आधारमा महिला र पुरुष तथा जातजातिका बीचको असमानता घटाउने;
  • सामुदायिक स्वास्थ्य, पोषण तथा आरोग्य;
  • ग्रामीण विद्युतीकरण तथा वन सम्पदाको बजारीकरणमा प्राथमिकता सहित प्राकृतिक सम्पदाको व्यवस्थापन;
  • CECI द्वारा ल्याटिन अमेरिका र अफ्रिकाका लागि निर्माण तथा प्रयोग गरिएका द्वन्द्व व्यवस्थापन सम्बन्धी विधिहरूको स्थानान्तरण र अनुकूलन;
 

 

  Centre for Development and Population Activities (CEDPA)
विकासोन्मुख देशका महिला तथा बालिकाहरूको जीवनस्तर सुधार गर्ने उद्देश्यले सन् १९७५ मा यस संस्थाको स्थापना भएको हो। यसका कार्यक्रमहरू निम्न छन्:
  • महिला तथा बालबालिकाहरूका लागि शैक्षिक अवसरहरू वृद्धि गर्नु;
  • जीवन-रक्षामूलक प्रजनन स्वास्थ्य र HIV/AIDS बारेको सूचना तथा सेवामा पहुँच सुनिश्चित गर्नु;
  • विकासोन्मुख देशहरूमा सुशासन र नेतृत्व विकासलाई सुदृढ पार्नु;
महिलाहरूसँग आफ्नै देशमा रहेर विकासलाई अघि बढाउने सीप छ भन्ने कुरा सुनिश्चित गर्नका लागि CEDPA ले नेतृत्व क्षमता, प्राविधिक दक्षता तथा कार्यक्रम व्यवस्थापान सीपजस्ता गम्भीर विषयमा विश्वव्यापी तालिम कार्यक्रमहरू प्रायोजन गर्दछ।

आफ्नो लक्ष्य प्राप्तिका लागि CEPDA ले नेपालमा विभिन्न सरकारी तथा गैरसरकारी संघ-संस्थाहरूसँगको साझेदारीमा ग्रामीण महिला तथा युवायुवतीहरूलाई ज्ञान र सीप आर्जन गर्न, सुसूचित निर्णय लिन र आफ्ना शैक्षिक, सामाजिक तथा प्रजनन स्वास्थ्यका क्षेत्रमा सहयोग गर्दै आएको छ ।