American Himalayan Foundation
नेपाल र तिब्बतका हिमाली क्षेत्रमा वातावरणीय र्हानस, लोप हुँदै गएको परम्परित जीवनशैली, स्वास्थ र शिक्षालाई सम्बोधन गर्ने उद्देश्यले यस संस्थाको स्थापना गरिएको हो।
 

 

  Amici dei Bambini
Amici dei Bambini ले संसारभरि संस्थागत रूपमा बस्ने बालबालिकाहरूलाई सहयोग गर्दै आएको छ; साथै, घर छोड्न बाध्य पार्ने सङ्कटकालीन स्थितिका विरुद्ध सङ्घर्ष गर्दछ। हरेक घरबारविहीन बालबालिकालाई परिवार उपलब्ध गराउनु र बालबालिकाको अभिभावकको माया पाउने अधिकार सुनिश्चित गर्नु संस्थाको लक्ष्य हो। यस संस्थाले निम्नलिखित ४ प्रकारका कार्यहरू गर्दछ :
१. अन्तर्राष्ट्रिय धर्मग्रहण: परित्यक्त बालबालिकाहरूलाई उनीहरू जन्मेको परिवारमा पुनस्थापित गर्न सकिएन र राष्ट्रभित्रै धर्मग्रहण सम्भव भएन भने अन्तर्राष्ट्रिय धर्मग्रहणका माध्यमबाट ती बालबालिकाहरूलाई विदेशी भूमिमा स्वागत गरिन्छ ।
२. पोषण हेरचाह: पोषण हेरचाह भनेको अस्थायी स्याहारसुसारको तरिका हो जस अन्तर्गत बालबालिकाले कुनै स्थायी परिवार नभेट्टाउन्जेलसम्म अर्को परिवारले हेरचाह गर्दछ।
३. अन्तर्राष्ट्रिय सहयोग: बालबालिकाको आफ्नो जन्मभूमिमा परिवारमा बस्न पाउने अधिकार सुनिश्चित गर्नका लागि यसले स्थानीय गैरसरकारी संस्था वा अन्य संस्थाहरूका परियोजनाहरूलाई सहयोग प्रदान गर्दछ।
४. स्याहार सम्भारको संस्कृति: परित्यक्त बालबालिकाका विषयमा सचेतना जगाउन र सार्वजनिक चासो बढाउनका लागि यस संस्थाले घटना, अनुसन्धान, अध्ययन, बैठक र प्रकाशनहरूलाई सम्बर्द्धन गर्दछ।
 

 

  Association of Medical Doctors of Asia
AMDA-international को अङ्गका रूपमा सन् १९८९ मा Association of Medical Doctors of Asia को स्थापना भएको हो। "सुन्दर भविष्यका लागि समुन्नत जीवनशैली' भन्ने नारा अन्तर्गत तत्कालीन अवस्थामा अवसर नपाएका र सीमान्तीकृत मानिसहरूको स्वास्थ्य र हितको संरक्षण गर्नु यस संस्थाको उद्देश्य हो। AMDA-नेपालका विशिष्ट उद्देश्यहरू निम्न छन्:
  • राजनैतिक असंलग्नता, समानता र पक्षपातविहीनता जस्ता सिद्धान्तहरूका आधारमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोगका माध्यमबाट देशभित्र स्वास्थ्य सेवाको आरम्भ, सम्बर्द्धन र सबल बनाउनु;
  • पारस्परिक अनुभवको आदान प्रदान, अनुसन्धानका निचोड तथा चिकित्सकहरूबीच सेवाको स्तरीकरणका माध्यमबाट चिकित्सकहरूको व्यावसायिक दक्षता बढाउन सहजकर्ताको भूमिका निर्वाह गर्नु;
  • लक्ष्य प्राप्तिका लागि सम्बन्धित रष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्था, एजेन्सी वा सरकारी निकायसँग समन्वयात्मक र कार्यमूलक सम्बन्ध कायम गर्नु;
  • सहायताको बढी आवश्यकता भएका वा सङ्कट झेलिरहेका समुदायलाई प्राथमिकता दिनु;
 

 

  Associatione Voluntari Senza Frontier
यो विपन्नतम राष्ट्रहरूको विकासका लागि आवश्यक कार्यक्रमहरूको प्रभावकारी कार्यान्ययनमा सहभागी हुने स्वयंसेवकहरूको एउटा समूह हो । नेपालमा सन् २००३ मा यस संस्थाले काम गर्न थालेको हो । संस्थाका उद्देश्यहरू:
  • सामाजिक तथा आर्थिक दृष्टिले मार्कामा परेका बालबालिकाहरूलाई शिक्षा प्राप्तिका लागि सहयोग गर्नु;
  • विद्यालयमा हुने विभेदका विरुद्ध आवाज उठाउनु;
  • लाभग्राहीहरूका क्षेत्रमा शिक्षा सेवाको अवस्थामा सुधार ल्याउनु;
  • श्रम बजारसम्म युवायुवतीहरूको पहुँच पुर्यासउन मदत गर्नु;
 

 

  AV Foundation
सामुदायिक शिक्षाको गुणस्तर बढाउने उद्देश्यले सन् २००८ मा यस संस्थाको स्थापना भएको हो। कक्षाकोठाको निर्माण तथा सजावट, पुस्तकालय, छात्रावास भवन, शौचालय र पानी ट्याङ्कीजस्ता शैक्षिक पूर्वाधारहरूको निर्माण तथा विकासका लागि यस संस्थाले कार्य गर्दछ।
 

 

  AWO International
मानवतावादी सहायता र विकास सहयोगीका रूपमा सन् १९९८ मा स्थापित AWO International जर्मनेली गैर सरकारी संस्था हो। यस संस्थाको उद्देश्य सामाजिक तथा आर्थिक दृष्टिले सीमान्तीकृत वर्गका महिला, केटाकेटी, युवायुवती, ग्रामीण जनसङ्ख्या, अल्पसङ्ख्यक जातजाति, आदिवासी, शरणार्थी, विस्थापित आदिको भलाइ गर्नु हो। सन् २००९ को नोवेम्बर ६ तारिकका दिन नेपालका लागि AWO International को साखा कार्यालय खुलेको हो।
AWO International, नेपालको कार्यक्रम अन्तर्गत देशका ग्रामीण क्षेत्रमा रहेका आर्थिक, सामाजिक तथा राजनैतिक दृष्टिले सीमान्तीकृत समूह तथा साझेदार संघसंस्थाका कर्मचारी/सदस्य र तल्लो तहका संघसंस्थाका सदस्य तथा निर्णकर्ताहरू समेटिन्छन् । त्यसैगरी महिला तथा युवायुवतीको उन्नति गर्ने र बाध्यात्मक तथा पूर्व जानकारी विनाको बसाइँ सराइलाई घटाउने दिशामा समेत यस संस्थाले विशेष कार्य गर्दछ । नेपालको एउटा थप चुनौति शान्ति प्रक्रियाको सहयोगीका रूपमा द्वन्द्व प्रभावित क्षेत्रमा विकासे कार्यक्रमहरूको स्थापना र सञ्चालन गर्नु पनि हो। यसका लागि आय आर्जन र रोजगारीको सृजना जस्ता विकास सम्बन्धी परम्परागत दृष्टिकोणहरू शान्ति स्थापना तथा मानव अधिकारको संबर्द्धनकाका उपकरणका रूपमा जोडिएका छन्।