नेपालमा गैर सरकारी संस्थाहरू
Page 6 of 6
Open Learning Exchange Nepal (OLE Nepal) | |
![]() |
प्रविधिलाई एकीकृत गरेर विद्यालयको पठन-पाठन सुदृढ गर्न र विभिन्न भौगोलिक क्षेत्रका र भिन्न सामाजिक-आर्थिक स्तर भएका मानिसहरूको गुणस्तरीय शैक्षिक सामग्रीहरूमा समान रूपमा पहुँच गराउनका लागि यो संस्था समर्पित छ। संस्थाले नि:शुल्क रूपमा पाठ्यवस्तुको विकास गर्ने, प्रविधिलाई कक्षाकोठामा प्रयोग गराउनका लागि शिक्षकहरूलाई तालिम दिने र प्रविधि र शिक्षामा स्थानीय क्षमताको विकासका लागि सहयोग प्रदान गर्ने गर्दछ। E-pustakalaya (http://olenepal.org/e-pustakalaya/) र E-path (http://olenepal.org/e-paath/) OLE ले निर्माण गरेका सर्वाधिक उपयोगी साधन हुन्। स्रोत-साधनको कमी भएका ग्रामीण क्षेत्रका विद्यालयहरूमा सम्भव हुने सक्ने सर्वश्रेष्ठ प्रविधिको उपयोग गर्नका लागि OLE Nepal निरन्तर प्रयासरत छ। |
Sancharika Samuha | |
![]() |
यो सन् १९९६ को अप्रिल महिनामा सम्पन्न बेइजिङ सम्मेलनपछि स्वस्थ र लैङ्गिक दृष्टिले संवेदनशील सञ्चारमाध्यमलाई सम्बर्द्धन गर्ने उद्देश्यले स्थापना भएको महिला सञ्चारकर्मीहरूको मञ्च हो । 'सञ्चारिका समूह' स्थापना गर्नुको लक्ष्य नेपालमा लैङ्गिक समानता र समतामा आधारित विकासलाई सम्बर्द्धन गर्नका लागि सञ्चारका छापा माध्यम र विद्युतीय माध्यमको क्षमता बढाउनु हो। यस संस्थाले अनुसन्धान तथा सञ्चार अभियानका माध्यमबाट समानताका लागि वकालत गर्दछ। संस्थाका अभियान र पैरवी कार्यक्रमहरूले महिलाहरूलाई प्रत्यक्ष प्रभाव पार्दछ। सञ्चारिका समूहको प्रमुख उद्देश्य पत्रकारिताका क्षेत्रमा महिलाहरूको क्षमता विकास गर्ने लक्ष्य मुताबिकका कार्यक्रमहरूको निर्माण गर्नु हो। संस्थाका अन्य उद्देश्यहरू निम्नानुसार रहेका छन्:
|
Social Educational Environmental Development Services | |
![]() |
गरिबी निवारणका लागि तल्लो तहमा कार्य गर्ने संस्थाहरूको क्षमता विकासका लागि यो संस्था सधैं क्रियाशील छ। राष्ट्रिय गैरसरकारी संस्थाका रूपमा यसले सन् १९९४ मा मात्र आधिकारिकता पाएको भए पनि सन् १९८५ देखि नै संस्थाले आफ्नो दृष्टिकोण अनुसार कार्य गर्न थालेको हो। एउटा राष्ट्रिय संस्थाका रूपमा मानवीय सम्भावनाको विकासको प्रयासका क्षेत्रमा अझै प्रत्यक्ष रूपमा योगदान गर्न सक्ने कुरामा संस्थाको दृढ विश्वास रहेको छ। यस संस्थाको उद्देश्य उपलब्ध मानव संसाधनलाई प्रयोग गरेर सीमान्तीकृत मानिसहरू निर्णय-कर्ताका तहमा पुग्ने अवसरहरूको सृजना गर्नु हो। |
South Asia Partnership International-Nepal | |
![]() |
सन् १९९८ मा यस संस्थाको स्थापना भएको हो। समुदायसँगको साझेदारीमा शिक्षा, खानेपानी, स्वास्थ्य सेवा तथा वातावरणका क्षेत्रमा काम गर्ने सामान्य परियोजनाहरूलाई आर्थिक सहयोग प्रदान गरी सर्वसाधारण जनताको स्वास्थ्य सुधार र हित गर्ने कार्य गर्दछ । यस संस्थाले आर्थिक दृष्टिले सम्भाव्य, दिगो र सांस्कृतिक दृष्टिले संवेदनशील समस्याहरूको समाधान गर्दछ। |