नेपालमा गैर सरकारी संस्थाहरू
Page 3 of 6
Informal Sector Service Centre (INSEC) | |
![]() |
INSEC नामक संस्था डेढ दशक अघिदेखि मानव अधिकारको संरक्षण र सम्बर्द्धका क्षेत्रमा उत्साहपूर्वक संलग्न रहेको छ। सन् १९९८ मा यसको स्थापना भएको हो। अनौचारिक क्षेत्रमा संलग्न मानिसहरूको अधिकारको सुरक्षा गर्नु यस संस्थाको उद्देश्य हो। |
Institute of Human Rights Communication (IHRICON) | |
![]() |
शिक्षा तथा पैरवीका माध्यमबाट राज्यका नागरिकहरूलाई अधिकारसम्पन्न बनाउनु यस संस्थाको लक्ष्य हो। यो संस्था महिला तथा बालबालिकाको अधिकार सुनिश्चित गर्ने दिशामा अग्रपंक्तिमा रहेको छ। अहिंसा, सहनशीलता, मानव अधिकारको सम्मान, शान्ति र लोकतन्त्रका लागि सञ्चार तथा विकास अन्तर्सम्बन्धित विषय हुन् र यिनीहरूले एक अर्कालाई बलियो बनाउँछन् भन्ने सन्देस दिनु यस संस्थाको उद्देश्य हो। |
Kathmandu Environmental Education Project (KEEP) | |
![]() |
सन् १९९२ मा यस संस्थाको स्थापना भएको हो। पर्यटन व्यवसायले पार्ने नकारात्मक प्रभावहरूलाई घटाउँदै यसबाट हुने फाइदाहरूलाई बढाएर पर्यावरणीय र सांस्कृतिक सम्पन्नताका आधारमा नेपाल र नेपालीको समुज्ज्वल भविष्य सुनिश्चित गर्नु हो। उद्देश्यहरू:
|
Language Technology Kendra (LTK) | |
![]() |
मदन पुरस्कार पुस्तकालय; भाषाविज्ञान केन्द्रीय विभाग (त्रिभुवन विश्व विद्यालय); र कम्प्युटर साइन्स तथा इन्जिनियरिङ विभाग (काठमाडौं विश्वविद्यालय) जस्ता तीनवटा संस्थाहरूको सहकार्यमा Language Technology Kendra(LTK) क्रियाशील रहेको छ । सन् २००४ देखि विभिन्न भाषा प्रविधि परियोजनाहरूका माध्यमबाट यी तीनवटा संस्थाहरू सहकार्य गर्दै आएका छन्। PAN Localization Project, Bhasha Sanchar Project, Machine Translation Project, Dobhase, SAMBAD आदि सूचना तथा सञ्चार प्रविधिमा नेपाली भाषाको प्रयोगलाई सहज बनाउने उद्देश्यले संस्थाले सम्पन्न गरेका प्रमुख परियोजनाहरू हुन्। |
Legal Aid and Consultancy Centre (LACC) | |
![]() |
महिलाहरूको मानव अधिकारलाई प्रोत्साहन गर्नका लागि सन् १९९८ मा यो संस्था दर्ता भएको हो। समाजमा अन्याय र दमनको सिकार भएका गरिब तथा सीमान्तीकृत महिलाहरूलाई नि:शुल्क कानुनी सहायता र सल्लाह उपलब्ध गराई कानुनसम्मको पहुँच सहज पार्नु यस संस्थाको उद्देश्य हो। संस्थाले कानुनी सहायता, लबिङ, पैरवी, क्षमता विकास, सचेतना वृद्धि र सशक्तीकरणका माध्यमबाट महिला तथा बालबालिकाका लागि न्यायमूलक, विभेदरहित तथा समानतामूलक समाजको निर्माण गर्ने लक्ष्य लिएको छ। |