च्याट तथा सन्देश पठाउने उपकरणहरू
Page 4 of 5
Skype | |
![]() |
संसारका जुनसुकै कुनामा रहेका मानिसहरूसँग कुराकानी गर्न, सन्देश पठाउन र सामग्रीहरू आदान प्रदान गर्नका लागि Skypeको प्रयोग गर्न सकिन्छ।हरेक दिन लाखौं मानिसहरूले नि:शुल्क रूपमा भिडियो कुराकानी, तत्कालिक सन्देश; मोबाइल सन्देश वा कुराकानी गर्नका लागि Skype डाउनलोड र प्रयोग गर्दछन्।पैसा तिरेर लिन सकिने सेवा मार्फत कम लागतमा संसारभरिका मोबाइल वा घरका फोनमा कुरा गर्नुका साथै लिखित सन्देश पठाउन र १० जनासँग एकैचोटि सामूहिक भिडियो कुराकानी गर्न सकिन्छ। हाल Skype को स्वामित्व Microsoft मा निहित छ। Skypeका विशेषता:
|
Viber | |
![]() |
यस उपकरणले प्रयोगकर्ताहरूलाई नि:शुल्क लिखित सन्देश, तस्बिर सन्देश, भिडियो सन्देश र अन्य प्रयोगकर्ताहरूसँग स्थानबारे सूचना आदान प्रदान गर्ने सुविधा प्रदान गर्दछ।प्रयोगकर्ताहरूले अन्य Viber प्रयोगकर्ताहरूसँग iPhone®, Android™, Windows Phone, Blackberry®, Windows®, Mac, Symbian, Nokia S40 and Bada devices मार्फत ३/४ जि.बी. सम्म नि:शुल्क HD-quality कुराकानी गर्न वा WiFi connection गर्न सक्छन्। |
![]() |
यस Messengerका सहायताले iPhone, BlackBerry, Android, Windows Phone र Nokia मोबाइलहरूबीच सन्देश आदान प्रदान गर्न सकिन्छ।प्रयोगकर्ताहरूले लिखित सन्देश, भिडियो, तस्विर र श्रव्य-सामग्री पठाउन सक्छन्। |
Windows Live Messenger | |
![]() |
माइक्रोसफ्टले निर्माण गरेको विन्डोज लाइभ Messenger निकै आलोचित भएको थियो। मार्च १५, २०१३ बाट यसलाई बन्द गरियो।यसका निम्नलिखित विशेषताहरू थिए:
|