Migg33
यस उपकरणले सस्तो दरमा फोनकल तथा SMS गर्ने, च्याट गर्ने र गेम खेल्ने सुविधा प्रदान गर्दछ।प्रयोगकर्ताहरूले अतिरिक्त व्यापार कार्यक्रम भनिने खरिद-बिक्री प्रणालीका माध्यमबाट अतिरिक्त आम्दानी पनि गर्न सक्छन्।
 

 

  Nimbuzz
यो विन्डोज निजी कम्प्युटर, MAC वा मोबाइल फोनमा तत्काल निशु:ल्क मोबाइल सन्देश पठाउन सकिने उपकरण हो।
सुविधाहरू:
  • कुराकानी: यसले नि:शुल्क कल सुविधा उपलब्ध गराउँछ। Nimbuzz बाट Nimbuzz मा यो पूर्णत: निशुल्क उपलब्ध हुन्छ भने अत्यन्तै कम शुल्कमा घरको फोनमा, मोबाइलमा र अन्तर्राष्ट्रिय फोन गर्न सकिन्छ।
  • संयोजन: याहु, Facebook, Google लगायतबाट साथी बनाउन सकिने
  • सन्देश: प्रयोगकर्ताले च्याट गर्न, सन्देश पठाउन, तस्बिर, भिडियो, फाइल आदि आदान प्रदान गर्न सक्ने; एउटै पृष्ठमा सबै साथीहरूलाई राखेर सामूहिक कुराकानी गर्ने सुविधा पनि यसले प्रदान गरेको छ।
 

 

  Pinch
यस उपकरणबाट प्रयोगकर्ताले सामूहिक सन्देश पठाउन, स्थान आदानप्रदान गर्न र Pinch बाट Pinch मा नि:शुल्क सन्देश आदान प्रदान गर्न सक्छन्।
 

 

  RockeTalk
यस उपकरणले निम्न सुविधा प्रदान गर्दछ:
  • आवाज, चित्र र भिडियो सन्देश पठाउन
  • नयाँ साथीहरू बनाउन
  • सशक्त समुदाय/प्रत्यक्ष कुराकानी
  • मिडिया आदान प्रदान
  • नि:शुल्क कलागृह
  • ठुला प्रतिस्पर्धा र उपहार