Google Hangout
यो Google+ को आकर्षण हो।यसले तस्बिर, इमोजी र निशु:ल्क सामूहिक भिडियो कुराकानीका कारण गफलाई जीवन्तता प्रदान गर्दछ।भिन्न भिन्न कम्प्युटर, Android तथा Apple का उपकरण चलाउने साथीहरूसँग सम्बन्ध जोड्न सकिन्छ। सन् २०१३ को मईमा यो सार्वजनिक भएको हो। यसका विशेषताहरू निम्न छन्:
  • प्रत्यक्ष कुराकानी गरिरहँदा तस्बिर तथा इमोजी आदानप्रदान गर्दै राम्ररी सामूहिक कुराकानी गर्न सकिने,
  • एक एक जनाका बिचमा वा सामूहिक रूपमा एकै पटक १० जनाका बीचमा प्रत्यक्ष भिडियो कुराकानी गर्न सकिने,
 

 

  GroupMe
यो माइक्रोसफ्टद्वारा सञ्चालित मोबाइलमा सामूहिक सन्देश आदान प्रदान गर्न मिल्ने उपकरण हो।यसबाट एकै पटक सबै मोबाइलमा सामूहिक सन्देश पठाउन सकिन्छ।
 

 

  iMessage
यसले Apple का आइपोड, आइप्याड, म्याक जस्ता उपकरणहरूमा काम गर्दछ।त्यसैगरी यसबाट एप्पलका उपकरणहरूमा सन्देश, तस्बिर, भिडियो, स्थान र सम्पर्क पठाउन सकिन्छ।सिरी (Siri) उपकरणबाट बोलीलाई पाठ्यसामग्रीमा परिवर्तन गर्न सकिन्छ।
 

 

  JaxtrSMS
यो स्थानीय तथा अन्तर्राष्ट्रिय मोबाइल सन्देश पठाउन सकिने नि:शुल्क उपकरण हो।