दूर शिक्षा र तालीम
अन्य प्रचलित माध्यमबाट प्राप्त गर्न नसकिने शैक्षिक योग्यता हासिल गर्न सकिने र विभिन्न शैक्षिक कार्यक्रमहरूमा सहज पहुँच हुने भएकाले व्यापक जन समुदाय, विद्यार्थी तथा शैक्षिक संस्थाहरूमा दूर शिक्षाको लोकप्रियता ह्वात्तै बढेर गएको छ। संसारभरि नै प्राथमिक तहदेखि महाविद्यालयसम्मका प्रशिक्षकहरूले विद्थार्थीहरूलाई पढाउन र सहकार्यमूलक ढङ्गले परियोजना सम्पन्न गर्न, तह-केन्द्री विषयवस्तु तथा शैक्षिक उन्नति हासिल गर्नका लागि दूर शिक्षाका सम्भाव्यताहरूको सदुपयोग गर्दै आएका छन्।
१. | खुला शिक्षा भनेको सिकारूहरूले पाठ्यसामग्री, अन्य शैक्षिक क्रियाकलाप तथा लेखन कार्यका आधारमा आफूलाई अनुकूल पर्ने समयमा सिक्ने पद्धति हो। |
२. | सहयोग प्राप्त भनेको अध्यापक वा राष्ट्रिय वा क्षेत्रीय केन्द्रहरूमा आधारित खुला विश्वविद्यालयले नियुक्त प्रशिक्षकहरूबाट प्राप्त हुने सहयोग हो। |
उद्देश्यहरू
नेपालमा दूर शिक्षा
नेपालमा दूर शिक्षालाई मोटामोटी रूपमा निम्नानुसार वर्गीकरण गर्न सकिन्छ:
- खुला विद्यालय (माध्यमिक तह)
- उच्च माध्यमिक तह
- विश्वविद्यालय तह
- व्यावसायिक तालिम