Hamrobook
यो नेपाली सामाजिक सञ्जाल हो। आफ्नो पुरानै Facebook खाता प्रयोग गरेर वा नयाँ खाता खोलेर यसमा लग इन गर्न सकिन्छ । सन् २०११ मा यसको स्थापना भएको हो।
विशेषताहरू:
  • Facebook, Yahoo, Gmail, twitter, Live/Hotmail, Linkedin बाट इ-मेल ठेगाना आयात गर्न र अल्पविराम चिन्हले मान छुट्याइएका [Comma Separated Values (CSV)] फाइलबाट इ-मेल ठेगाना अपलड गर्न सकिन्छ।
  • प्रयोगकर्ताहरूले आफ्ना वस्तुस्थिति, तस्बिर, लिङ्‍क आदि आदान प्रदान गर्न सक्दछन्।
  • प्रयोगकर्ताहरूले पृष्ठहरू हेर्न, प्रोफाइल, ब्लगहरू र हाजिर जवाफ ब्राउज गर्न, स्कूल खोज्न, नि:शुल्क कार्ड पठाउन, जागिर खोज्न, रेडियो सुन्न, खेल खेल्न र ख्यालठट्टा गर्न सक्छन्।
 

 

  Livenepal
Livenepal सामाजिक सञ्जाल एउटा सामुदायिक साइट हो।यसले प्रयोगकर्ताहरूलाई नयाँ साथी बनाउन, धारावाहिक, सिनेमा लगायत अन्य कार्यक्रमहरू हेर्न मद्दत गर्दछ। यसका निम्नलिखित विशेषताहरू छन्।
विशेषताहरू:
  • ब्लग्सहरू
  • पृष्ठ
  • तस्बिर
  • समाचार
  • सङ्गीत तथा भिडियो
  • एफ.एम रेडियोहरूको सूचि
 

 

  Meropost
यो अर्को नेपाली सामाजिक सञ्जाल हो ।यसमा निम्न सुविधाहरू उपलब्ध छन् :
  • सामाजीकीकरण: मित्रता गर्न, सञ्जाल बनाउन र प्रेम गर्नका लागि संसार भरिका नेपालीहरूसँग भेटघाट गर्न;
  • प्रभाव पार्न: आफ्नै किसिमले प्रोफाइल बनाएर मानिसहरूलाई प्रभावित गर्न;
  • कुराकानी गर्न: आफ्नै वस्तुस्थिति अद्यावधिक गरेर विचार आदान प्रदान गर्न, साथीहरूसँग कुराकानी गर्न वा जोसुकैसँग च्याट गर्न;
  • तस्बिरसहित कुराकानी गर्न: जीवनमा रमाइला क्षणहरूबारे आफ्ना विचार आदान प्रदान गर्न र फोटोका माध्यमबाट साथी बनाउन;
  • नयाँ समूह निर्माण गर्न वा कुनै समूहमा आबद्ध हुन;
 

 

  Mobile Social Networking
यो मोबाइल प्रविधिमा काम गर्न चाहने उस्तैउस्तै खालको सोच भएका व्यक्ति तथा संघसंस्थाहरूको समाज हो। यसको उद्देश्य व्यवहारिक ढङ्‍गले मोबाइल अनुप्रयोग समाजको विकास गर्नु; उद्यमशीलतालाई प्रोत्साहित गर्ने खालका विचारहरूबीचको प्रतिस्पर्धालाई सम्बर्धन गर्नु; प्रबर्धकहरूलाई परामर्शका अवसरहरू प्रदान गर्नु र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा मोबाइल उद्यम-व्यवसायीहरूलाई आपसमा जोडेर काठमाडौं (नेपाल) मा सामाजिक सञ्जाल हबको सृजना गर्न सहयोग गर्नु हो । यसभित्र सामुदायिक ब्लगहरू, छलफल मञ्च, घटना, समाचार र क्रियाकलापजस्ता विभिन्न खण्डहरूका साथै प्रदर्शन कक्ष, स्रोत तथा अन्य अनुप्रयोगहरू छन्।
 

 

  Netchautari
नेटचौतारी अर्को नेपाली सामाजिक सञ्जाल (साइट) हो। आफ्नो Facebook खाता प्रयोग गरेर वा नयाँ खाता खोलेर प्रयोगकर्ताहरूले यसमा लग इन गर्न सक्छन्।सन् २०१२ मा यसको स्थापना भएको हो।
विशेषताहरू:
  • Facebook, Yahoo, Gmail, twitter, Live/Hotmail, LinkedIn, American Online (AOL) आदिबाट इ-मेल ठेगाना आयात गर्न सकिन्छ ।
  • प्रयोगकर्ताहरूले सदस्यका प्रोफाइल ब्राउज गर्न, साथीहरूलाई निम्तो दिन, भएका तस्बिरहरू हेर्न र नयाँ अपलोड गर्न सक्छन् ।
  • प्रयोगकर्ताहरूले नयाँ नयाँ ब्लग, पृष्ठ, फोरम, मत सर्वेक्षण, हाजिर जवाफ, घटना, भिडियो तथा सङ्गीत हेर्न/सुन्न र सृजना गर्न सक्दछन ।्
  • यसमा रहेको बजार क्षेत्र (marketplace) बाट प्रयोगकर्ताहरूले उपलब्ध विभिन्न किसिमका सूचि अवलोकन गर्न र आफ्नै सूचि बनाउन सक्छन ।
  • यसमा रहेको अनुप्रयोग केन्द्रको प्रयोग गरेर प्रयोगकर्ताहरूले अनुप्रयोगहरू हेर्न र नयाँ अनुप्रयोग थप्न सक्दछन्।
 

 

  Thulo.com
यो अर्को नेपाली सामाजिक सञ्जाल हो। यसका विशेषताहरू निम्न छन् :
  1. विभिन्न विषयमा छलफल गर्ने चौतारीको माध्यम
  2. सामानहरूको लिलामी
  3. वर्गीकृत विज्ञापन
  4. घटना
  5. सङ्‍गीत तथा भिडियो शाखा
  6. लेख शाखाका रूपमा ठुलो कुरा
  7. विभिन्न कोटिहरूको भण्डार
  8. प्रतिस्पर्धा शाखा