Skype
संसारका जुनसुकै कुनामा रहेका मानिसहरूसँग कुराकानी गर्न, सन्देश पठाउन र सामग्रीहरू आदान प्रदान गर्नका लागि Skypeको प्रयोग गर्न सकिन्छ।हरेक दिन लाखौं मानिसहरूले नि:शुल्क रूपमा भिडियो कुराकानी, तत्कालिक सन्देश; मोबाइल सन्देश वा कुराकानी गर्नका लागि Skype डाउनलोड र प्रयोग गर्दछन्।पैसा तिरेर लिन सकिने सेवा मार्फत कम लागतमा संसारभरिका मोबाइल वा घरका फोनमा कुरा गर्नुका साथै लिखित सन्देश पठाउन र १० जनासँग एकैचोटि सामूहिक भिडियो कुराकानी गर्न सकिन्छ। हाल Skype को स्वामित्व Microsoft मा निहित छ।
Skypeका विशेषता:
  • कुराकानी गर्न: Skypeबाट Skypeमा निशु:ल्क कुराकानी गर्नुहोस् अथवा कम लागतमा स्वदेश वा विदेशमा रहेका आफन्तहरूसँग मोबाइल वा घरको फोनमा कुराकानी गर्नुहोस्। कुराकानी गर्ने सुविधा अन्तर्गत Skype बाट Skype मा, मोबाइल वा घरको फोनमा, सामूहिक कुराकानी गर्न, Skype नम्बर, कल अग्रेषण, कलर आइडी र Skype to go उपलब्ध छन् (कुनै पनि फोनबाट कम लागतमा अन्तर्राष्ट्रिय कल गर्न सकिन्छ)।
  • भिडियो: देख्नु विश्वास गर्नु हो।प्रत्यक्ष कुराकानी वा सिङ्गो समूहसँग एकै पटक भिडियो कल गर्नुहोस्।यसमा एक एक जनाका बीचमा वा समूहमा भिडियो कुराकानी गर्ने सुविधाहरू छन्।
  • सन्देश पठाउन: तत्काल लिखित सन्देश पठाउन, सन्देशका रूपमा आवाज पठाउन र लेख्य सामग्री पठाउन सकिन्छ।
  • आदान प्रदान: यस सेवा अन्तर्गत फाइल पठाउने, स्क्रीन आदान प्रदान, समूहगत स्क्रीन आदान प्रदान र सम्पर्क आदान प्रदान पर्दछन्।
  • अन्य विशेषताहरू:
    Skype बाट Facebook मा- तत्काल सन्देश, Facebook का साथीहरूसँग भिडियो कुराकानी र Skype बाट सोझै ताजा समाचार अवलोकन।
    Skype WiFi- संसारभरिका दस लाख भन्दा बढी सार्वजनिक हटस्पटस् अनलाइन प्राप्त गर्न,
    Skype Manager- खाता खोल्ने एउटा उपकरण भएको, ऋण प्रदान गर्न र विशेषताहरू प्राप्त गर्न।
    Skype कनेक्ट- पुरानै SIP-जडित PBX बाट Skype कुराकानी गर्न।.
    Outlook.com का लागि Skype का आफ्ना Messenger तथा Skypeका साथीहरूसँग भिडियो कुराकानीको जादुमय आनन्द लिन।
 

 

  Viber
यस उपकरणले प्रयोगकर्ताहरूलाई नि:शुल्क लिखित सन्देश, तस्बिर सन्देश, भिडियो सन्देश र अन्य प्रयोगकर्ताहरूसँग स्थानबारे सूचना आदान प्रदान गर्ने सुविधा प्रदान गर्दछ।प्रयोगकर्ताहरूले अन्य Viber प्रयोगकर्ताहरूसँग iPhone®, Android™, Windows Phone, Blackberry®, Windows®, Mac, Symbian, Nokia S40 and Bada devices  मार्फत ३/४ जि.बी. सम्म नि:शुल्क HD-quality कुराकानी गर्न वा WiFi connection गर्न सक्छन्।
 

 

  Whatsapp
यस Messengerका सहायताले iPhone, BlackBerry, Android, Windows Phone र Nokia मोबाइलहरूबीच सन्देश आदान प्रदान गर्न सकिन्छ।प्रयोगकर्ताहरूले लिखित सन्देश, भिडियो, तस्विर र श्रव्य-सामग्री पठाउन सक्छन्।
 

 

  Windows Live Messenger
माइक्रोसफ्टले निर्माण गरेको विन्डोज लाइभ Messenger निकै आलोचित भएको थियो। मार्च १५, २०१३ बाट यसलाई बन्द गरियो।यसका निम्नलिखित विशेषताहरू थिए:
  • एल्बम हेर्न सकिने
  • अफलाइन प्रयोग गर्न सकिने
  • सामाजिक सञ्जालहरूको एकीकरण
  • खेल तथा उपकरणहरू
  • Games and applications
  • Messenger को सहयोगी