ChatOn
यो Samsung का मोबाइलहरूले पहिले नै जडित भएर आउँछ।यसले आमनेसामने भएर च्याट गर्ने र भाषा अनुवाद गर्ने स्वचालित अनुवाद सेवा प्रदान गर्दछ।अनुवादकले आवाजका रूपमा रहेको सन्देश अनुवाद गर्दछ।
 

 

  eBuddy
यो वेब वा मोबाइलमा तत्काल सन्देश आदान प्रदान गर्न मिल्ने सन् २००३ मा सार्वजनिक गरिएको सेवा हो। eBuddy ले विन्डोज लाइभ Messenger, याहु Messenger, AIM, Hyves, ICQ, Google Talk, MySpace, इन्स्ट्यान्ट Messenger र Facebook कुराकानीलाई सपोर्ट गर्दछ।
 

 

  Facebook Messenger
यस उपकरणबाट प्रयोगकर्ताहरूले साथीहरूका मोबाइलमा सोझै सन्देश पठाउन सक्ने हुँदा प्रयोगकर्ता जहाँ भए पनि सम्पर्कमा रहिरहन सक्छन्।
 

 

  Fring
यस मोबाइल उपकरणले निम्नलिखित सुविधाहरू प्रदान गर्दछ :
  • नि:शुल्क सामूहिक भिडियो
  • भिडियो कुराकानी
  • प्रत्यक्ष सन्देश आदान प्रदान
  • Fring कुराकानी (Fring अन्तर्गतको कुराकानी)
  • Fring भन्दा बाहिर कुराकानी (सस्तो दरमा Fring बाहेकका जुनसुकै फोन नम्बरमा कुरा गर्न)