काभ्रेदेखि सिङ्गापुरसम्म, हिमाल खबरपत्रिका,१५-२१ फेब्रुअरी २०१३# ६४३, नेपाली प्रेसबाट

आठ वर्ष अघि आसापुरी अर्ग्यानिक फार्मको स्थापना गर्ने साँगा, काभ्रे निवासी प्रेम लामालाई देखेर मानिसहरू हाँस्ने गर्दथे।पाँच हेक्टरमा फैलिएको उनको फार्मबाट अहिले दैनिक ३० किलो जैविक तरकारी उत्पादन हुन्छ।काठमाडौं र सिङ्गापुरमा विभिन्न ६० प्रकारका तरकारी र फलफूल बिक्री गरेर लामाले प्रति महिना १५ लाख आम्दानी गर्दछन्। "सिङ्‍गापुरमा च्याउ र याकोन (भुइँ स्याउ) को माग निकै छ" लामा भन्छन्। पातले खर्कका गोविन्द शर्माले पनि अन्तर्राष्ट्रिय बजारमा स्थान पाएका छन्।अहिले काभ्रेका धेरै कृषकहरूले शर्मा र लामाको सफलताबाट प्रेरणा लिएका छन्।त्यसैले जैविक कृषि उत्पादनका लागि काभ्रे जिल्ला नेपालकै केन्द्रविन्दु बन्न पुगेको छ ।
केही समय अगाडिसम्म पनि कृषकहरू थोरै जमिनबाट बढी उब्जनी गर्न र किराबाट बालीनालीको संरक्षण गर्नका लागि रासायनिक मल तथा विषादीहरूमा निर्भर हुने गर्दथे ।तर रासायनिक मलबाट हुने प्रतिकूल असरका बारेमा ज्ञान बढ्दै गएपछि कृषकहरू नयाँ उपाय अपनाउन थालेका छन्।काभ्रे जिल्लामा मात्र वार्षिक १ लाख ५० हजार टन फलफूल र तरकारी उत्पादन हुन्छ।जसमध्ये आधा काठमाडौंमा बिक्री गरिन्छ भने बाँकी आधा बाहिर निर्यात गर्ने गरिन्छ।

 

 

  फ्रेस फार्म- काठमाडौंमा जैविक तरकारी उत्पादनको सफल उदाहरण

श्री लक्ष्मी गोपाल प्रधानले १२ रोपनी जग्गामा जैविक तरकारी र ३१ रोपनी जग्गा (जग्गा भाडामा समेत लिएर) मा परम्परागत पद्धतिबाट तरकारी खेती गरेका छन्। उनको फार्ममा काउली, बन्दा, ब्रोकाउली, चुकन्दरको साग, टमाटर, गाजर, मूला, आलु, काँक्रो, हरियो केराउ, सिमी, प्याज, लसुन, भिन्डी, बैगन, करेला, घिरौंला, इस्कुस, फर्सी, पिरो खोर्सानी, भिँडे खोर्सानी, रायाको साग, धनियाँ, पालुङ्गो आदि तरकारीहरूको उत्पादन हुन्छ। काठमाडौंमा बसोबास गर्ने कुटनैतिक व्यक्तिहरू र विदेशीहरूलाई उनी जैविक तरकारी बिक्री गर्दछन्।

 
  बिरामीबाट सफलतातिर-जैविक तरकारी खेतीको एउटा कथा

श्री प्रेम लामाले १० हेक्टर (आफ्नै र भाडामा लिएको) जग्गामा आशापुरी अर्ग्यानिक प्रा.लि.को स्थापना गरेका छन् र तरकारी, च्याउ तथा जडीबुटीहरूको उत्पादन गरिरहेका छन्।

 

 

  अवकाश लिए पनि थकान छैन- जुम्लामा जैविक स्याउ उत्पादनको उदाहरण

श्री प्रेम बहादुर महतले जागिरबाट अवकाश लिएपछि नार्की स्वाद शान्ति केन्द्रको ५.५ हेक्टर जग्गामा व्यावसायिक स्याउ खेती प्रारम्भ गरे। उनले आफ्नो बगैंचाबाट ५० मेट्रिक टन स्याउ उत्पादन गरी वार्षिक दस लाख रुपैंया आम्दानी गरे। जैविक उत्पादनका लागि लागत र नाफाको अनुपात तुलनात्मक रूपमा बढी (१:२) रहेको थियो।

 

 

  फुर्से खोला जैविक फार्म

डगलसले पारिवारिक खर्च चलाउनका लागि आफ्नै चार एकड जग्गामा जैविक तरकारी खेती प्रारम्भ गरे। तर आज उनले त्यसैका लागि ८ जना पूर्णकालीन कादारहरू नियुक्त गरेका छन्।