जैविक खेतीको प्रमाणीकरण

जैविक खेतीको प्रमाणीकरण भनेको के हो?
जैविक (खेती) को प्रमाणीकरण भनेको जैविक प्रक्रियाबाट कृषिजन्य वस्तु वा खाद्य पदार्थ उत्पादन गर्ने उत्पादकलाई प्रमाणित गर्ने प्रक्रिया हो । जैविक प्रमाणीकरणले बिउ बिजनका आपूर्तिकर्ता, कृषक, खाद्यान्न प्रशोधन कर्ता, होटल तथा खुद्रा पसलहरूलाई प्रमाणित गर्दछ।

प्रमाणीकरण कसले गर्छ?
प्रमाणीकरणको काम देश अनुसार कि त सरकारले कि निजी संस्थाहरूले गर्छन् । नेपालमा भने थुप्रै निजी संघसंस्थाहरूले जैविक प्रमाणीकरणको काम गर्दछन्।

जैविक प्रमाणीकरणका मापदण्डहरू के के हुन्?
सामान्यतया निर्धारित मापदण्डहरूले प्रमाणीकरणलाई निर्देशित गर्दछन् । जस अन्तर्गत उब्जाउने प्रक्रिया, भण्डारण, संशोधन, प्याक गर्ने तरिका र ढुवानी आदि पर्दछन्। जैविक प्रमाणीकरणका लागि ध्यान दिइने अन्य महत्त्वपूर्ण तत्त्वहरू यस प्रकार छन्:

  • उत्पादन बढाउन र पशुपन्छीलाई खुवाउनका लागि मानवीय मल/मूत्रजन्य फोहोरको प्रयोग नगर्ने
  • कृत्रिम रासायनिक वस्तुहरू ( रासायनिक मल, कीटनाशक औषधि, किटाणुनाशक (प्रतिजैविक) वस्तु, खाद्यपदार्थलाई स्वादिष्ठ बनाउन प्रयोग गरिने वस्तुहरू), प्रजननात्मक किसिमले रूपान्तर गरिएका जीवहरू तथा अत्यधिक प्रकाशको प्रयोग नगर्ने
  • तिन वर्षभन्दा अघिदेखि कृत्रिम रासायनिक वस्तुहरू प्रयोग नगरिएको जमिनलाई कृषि उत्पादनका लागि उपयोग गर्ने ।
  • उत्पादन र बिक्रीको हिसाब लिखित रूपमा राख्‍ने
  • समयसमयमा स्थलगत निरीक्षण तथा पर्यवेक्षण गर्ने
  • उत्पादन, भण्डारण, प्रशोधन, प्याकिङ तथा ढुवानी गर्दा जैविक उत्पादनहरूलाई अन्य उत्पादन (अजैविक) सँगसँगै नराख्‍ने ।

जैविक उत्पादन प्रमाणीकरण किन?

जैविक उत्पादन प्रमाणीकरणले उच्चतम गुणस्तरीय जैविक उत्पादनको उपभोग गर्न पाउने उपभोक्ताहरूको अधिकारलाई सम्बोधन गर्नुका साथै गलत अभ्यास र जालझेललाई रोक्ने हुँदा यसले जैविक उत्पादन सम्बन्धी स्वस्थ व्यवसायलाई प्रोत्साहित गर्दछ ।

नेपालमा जैविक प्रमाणीकरण

प्रमाणीकरणको सामान्य प्रक्रिया

चिया प्रमाणीकरण गर्ने निकायहरु