एक ठाउँबाट अर्को ठाउँमा पैसा पठाउनका लागि नेपाल राष्ट्र बैङ्‍कले स्वीकृति प्रदान गरेका केही निकायहरू छन् ।यस्ता निकायहरूमा इन्टरनेसनल मनी एक्सप्रेस (IME), मनीग्राम (MoneyGram), प्रभु मनी ट्रान्सफर, मुन्चा मनी ट्रान्सफर र गुडबिल रेमिट आदि पर्दछन् ।यी निकायहरूले पैसा मात्र पठाउन सक्छन् ।नेपाल राष्ट्र बैंङ्‍कबाट इजाजत लिएका एनडिइपि विकास बैङ्‍क, सिद्धार्थ विकास बैङ्‍क, मनकामना विकास बैङ्‍क जस्ता कतिपय बैङ्‍कहरूले पनि पैसा स्थानान्तरण गर्ने सुविधा प्रदान गर्दछन् ।

Source :http://fxm.nrb.org.np/notices/Licenced_Money_Transfer_Companies.php
रेमिट्यान्स सामान्य कार्य प्रणाली
पैसा पठाउँदा
१:
कुनै रेमिट्यान्स कम्पनीको शाखा कार्यालय वा प्रतिनिधिकहाँ पुग्नुहोस् ।आफ्नो परिचय पत्र बोक्न नभुल्नुहोला ।
२:
सबै उपलब्ध जानकारी सहित रेमिट्यान्स फारम भर्नुहोस् । प्राप्तकर्ताको व्यक्तिगत विवरण स्पष्ट रूपमा लेख्‍नुहोस् ।व्यक्तिगत विवरण स्पष्ट रुपमा भरिएन भने प्रापकलाई भुक्तानी लिन गार्‍हो हुन्छ ।
३:
कन्फर्मेसन नम्बर लिनुहोस् र प्रापकलाई पठाइदिनुहोस् ।यसका लागि एसएमएस, टेलिफोन वा इमेलको प्रयोग गर्न सक्नुहुन्छ ।प्रापकलाई भुक्तानी लिन जाँदा आफ्नो परिचय पत्र लिएर जान भन्नुहोस् ।
पैसा बुझ्दा
१:
पैसा पठाउने व्यक्तिले दिएको कन्फर्मेसन नम्बर जस्ताको तस्तै टिप्नुहोस् ।पैसा लिनका लागि अनिवार्य रूपमा देखाउनु पर्ने हुँदा आफ्नो परिचय पत्र वा परिचय खुल्ने कुनै कागजात लिएर जानुहोस्।
२:
सम्बन्धित अधिकारीलाई तपाईँको परिचय पत्र र कन्फर्मेसन नम्बर दिनुहोस् ।
३:
अब रकम बुझ्नुहोस्।सम्बन्धित निकायले स्थानान्तरण शुल्क लिन सक्ने कुराको हेक्का राख्‍नुहोस्।
इजाजत प्राप्त मनी ट्रान्सफर र प्रमुख कम्पनीहरूको सूचि
क्र.सं. कम्पनी ठेगाना फोन.नं.
१. इजिलिङ्‍क प्रा.लि. ठमेल, काठमाडौं ९७७-१-४४१६२३९
२. अन्नपूर्ण ट्राभेल्स एन्ड टुर्स, प्रा.लि. घन्टाघर, काठमाडौं ९७७-१-४२२३५३०
३. इन्टरनेसनल मनी एक्सप्रेस, प्रा.लि. कान्तिपथ, काठमाडौं ९७७-१-४४३०६००
४. सिजी फिन्को प्रा.लि. सिजी फिन्को प्रा.लि. ९७७-१-५५४९७९२
५. सेवा मनी ट्रान्सफर प्रा.लि.(नेपाल वर्डवाइड मनी एक्स्चेन्ज) कुलेश्वर, काठमाडौं ९७७-१-४२८३७२८
६. प्रभु मनी ट्रान्सफर प्रा.लि. घन्टाघर, काठमाडौं ९७७-१-४४४२५६१
७. मुन्चा मनी ट्रान्सफर प्रा.लि. न्युरोड, काठमाडौं ९७७-१-४२५७५४९
८. ललित मनी ट्रान्सफर प्रा.लि. जावलाखेल, ललितपुर ९७७-१-५५५५५२६
९. युनाइटेड रेमिट प्रा.लि. लैनचौर, काठमाडौं ९७७-१-४४४१५६०
१०. वर्ल्ड लिङ्‍क फाइनान्सियल सर्विसेज, प्रा.लि. काठमाडौं प्लाजा, काठमाडौं ९७७-१-४२३९५००
११. हुलास रेमिट्यान्स प्रा.लि. गणबहाल, काठमाडौं ९७७-१-२१६१३१३
१२. ठमेल डट कम प्रा.लि. लाजिम्पाट , काठमाडौं ९७७-१-४४१७०००
१३. नेपाल युनिभर्सल मनी ट्रान्सफर सर्विसेज, प्रा.लि. पुतलिसडक, काठमाडौं ९७७-१-४४३७१७५
१४. संसार प्रा.लि. नागपोखरी, काठमाडौं ९७७-१-४४३८२४२
१५. मोडर्न मनी एक्स्प्रेस नेपाल प्रा.लि. कमलपोखरी, काठमाडौं ९७७-१-४२४७०३८
१६. सिटि एक्स्प्रेस मनी ट्रान्सफर प्रा.लि. घन्टाघर, काठमाडौं ९७७-१-४२३१९००
१७. डेल्टा इन्टरनेसनल मनी एक्स्प्रेस प्रा.लि. कान्तिपथ, काठमाडौं ९७७-१-४३७२९७६
१८. क्यापिटल रेमिट्यान्स प्रा.लि. बत्तिसपुतली, काठमाडौं ९७७-१-४४७०८८१
१९. एडभान्स मनी ट्रान्सफर प्रा.लि. सुन्धारा, काठमाडौं ९७७-१-४२३२८७७
२०. नव दुर्गा मनी ट्रान्सफर प्रा.लि. डिल्लीबजार, काठमाडौं ९७७-१-४४२३९८०
२१. जेनिथ रेमिट प्रा.लि. त्रिपुरेश्‍वर, काठमाडौं ९७७-१-४२३९५००
२२. प्रभु फाइनान्स कम्पनी लि. लैनचौर, काठमाडौं ९७७-१-४४४२३६४
२३. रिलाएबल फाइनान्स लिमिटेड सुन्धारा, काठमाडौं ९७७-१-४२१८९२७
२४. सूर्य रेमिट प्रा.लि. बालुवाटार, काठमाडौं ९७७-१-४४१६६४१
२५. क्यास रेमिट प्रा.लि. माइतिघर, काठमाडौं ९७७-१-४२५७८८८