प्राय: सबैजसो रेमिट कम्पनीहरूको काम गर्ने तौरतरिका उस्तै हुन्छ । कतिपय रेमिट कम्पनी र उनीहरूले काम गर्ने प्रक्रियाबारे यहाँ चर्चा गरिन्छ ।
  • सिजी फिन्को
  • हिमाल रेमिट
  • इन्टरनेसनल मनी एक्सप्रेस (IME)
  • मनीग्राम नेपाल
  • मुन्चा मनी ट्रान्सफर
  • प्रभु मनी ट्रान्सफर
  • एक्सप्रेस मनी
 
  सिजी फिन्को

सिजी फिन्कोका माध्यमबाट चौधरी ग्रुपले पनि पैसा स्थानान्तरण गर्ने सेवा प्रदान गर्दछ।सिजी फिन्को प्रा.लि. अमेरिकाको वेस्टर्न युनियन फाइनान्सियल सर्भिस इनकर्पोरेसन (Inc.) को प्रमुख प्रतिनिधि हो । यसले देशका कुनाकाप्चासम्म प्रभावकारी पैसा स्थानान्तरण सेवा दिँदै आएको छ। ७८५ वटा उप-शाखाका माध्यमबाट यसले दक्षतापूर्वक विश्वसनीय र छिटोछरितो किसिमले पैसा स्थानान्तरण सेवा प्रदान गर्दछ । यसले वर्षभरि अर्थात् ३६५ दिन नै सेवा दिन्छ। संसारकै अग्लो ठाउँ नाम्चे बजारमा समेत नाम्चे ग्लोबल नेटवर्क र राष्ट्रिय वाणिज्य बैङ्‍क जस्ता यसका उप शाखाहरूले सेवा प्रदान गर्दछन्।

 
  हिमाल रेमिट

यो रेमिट्यान्स सेवा हिमालयन बैङ्‍कले उपलब्ध गराएको हो। नेपालका सबै जसो सहर बजार र गाउँहरूमा यसको सेवा विस्तारित छ।यो वेबसाइटमार्फत अत्यन्तै सुरक्षित आधिकारिक तथा दर्तावाल कम्प्युटरका माध्यमबाट अनलाइन रकम हस्तान्तरण गर्ने प्रणालीमा आधारित छ।अन्य रेमिट्यान्स कम्पनीहरुले जस्तै यसले पनि अनलाइन उपकरणहरूको प्रयोग गर्दछ । "Locate Global Service Partner" का सहायताबाट नेपालबाहिरबाट पैसा स्थानान्तरण गर्ने शाखा/प्रतिनिधिहरूबारे जानकारी लिन सकिन्छ।"Find Paying Agent in Nepal" ले जिल्ला जिल्लामा रहेका शाखा/प्रतिनिधिबारे जानकारी दिन्छ।त्यसैगरी "Track Status of HimalRemit Transaction" उपकरणको प्रयोग गरेर कारोबारको अवस्थाबारे जानकारी लिन सकिन्छ।

 
  इन्टरनेसनल मनी एक्सप्रेस (IME)

तपाईँ र तपाईँको परिवारका लागि आइएमई संसारभरिकै सबैभन्दा छिटो, सुरक्षित र भरपर्दो रेमिट्यान्स माध्यम हो । यसले संसारभरि नै पैसा पठाउने र प्राप्त गर्ने सुविधा प्रदान गर्दछ।

Iइन्टरनेसनल मनी एक्सप्रेस, प्रा.लि. नेपालमा नेपाल राष्ट्र बैंक अन्तर्गत दर्ता भएको छ ।आइएमइ सेवा उपलब्ध भएका  संसारका जुनसुकै देशमा पैसा पठाउन र त्यहाँबाट पैसा प्राप्त गर्नका लागि यसको प्रयोग गर्न सकिन्छ ।आइएमइबाट पैसा प्राप्त गर्ने व्यक्तिले आफ्नै देशको मुद्रामा रकम प्राप्त गर्न सक्दछ ।आएएमइले 'नगद रूपैँया स्थानान्तरण', 'अनलाइन मनी ट्रान्सफर' र 'घर दैलो पैसा हस्तान्तरण' जस्ता सुविधा प्रदान गर्दछ ।

 
  मनीग्राम नेपाल

विश्वका विभिन्न देशहरूबाट नेपालमा पैसा पठाउने एउटा अर्को उत्तम माध्यम मनीग्राम हो ।मनीग्रामको प्रयोग गर्दाको फाइदा के हो भने विश्वका विभिन्न १९७ वटा देशमा यसका ३ लाख प्रतिनिधिहरू छन्। यसले सुरक्षित प्रक्रियाबाट पैसा स्थानान्तरण गराउँछ । मनीग्रामबाट पैसा प्राप्त गर्नका लागि नेपाल बङ्‍गलादेश बैङ्‍क, युनाइटेड रेमिट, इन्टरनेसनल मनी एक्सप्रेस, इजि लिङ्‍क प्रा.लि., हिमालयन बैङ्‍क, प्रभु मनी ट्रान्सफर, बैङ्‍क अफ काठमाडौं तथा संसार मनी ट्रान्सफरका विभिन्न शाखाहरू लगायत मनीग्रामको सङ्केत चिन्ह राखिएका अन्य थुप्रै स्थानहरूको उपयोग गर्न सकिन्छ ।

 

 
  मुन्चा मनी ट्रान्सफर

मुन्चा मनी ट्रान्सफर नेपाल राष्ट्र बैङ्‍कमा दर्ता भएको आधिकारिक मनी ट्रान्सफर हो । www.muncha.com ले विभिन्न देशहरूबाट नेपालमा पैसा पठाउने सुविधा प्रदान गरेको छ ।मुन्चा अन्तर्गत रिसिभिङ् थ्रु पिकअप, होम डेलिभरी र एकाउन्ट क्रेडिटजस्ता पैसा पठाउने विभिन्न विकल्पहरू उपलब्ध छन्।कारोबार हुने दिनमा अपरान्ह ४ बजेभित्र पैसा स्थानान्तरणको प्रक्रिया प्रारम्भ गरिएका अवस्थामा दुई दिन भित्र सम्बन्धित प्राप्तकर्तालाई रकम उपलब्ध गराउने कुरामा मुन्चा मनी ट्रान्सफर प्रतिबद्ध छ ।

 
  प्रभु मनी ट्रान्सफर

यो नेपालमा दर्ता भएको रेमिट्यान्स कम्पनी हो।यसका कैयौं अन्तर्राष्ट्रिय तथा राष्ट्रिय शाखा तथा प्रतिनिधिहरू छन्।प्रभु मनी ट्रान्सफरले मलेसिया, कतार, साउदी अरब, कुवेत, युनाइटेड अरब इमिरेट्स (यु.ए.इ.) आदि देशहरूबाट नेपालमा पैसा स्थानान्तरण गर्ने कार्य गर्दछ।

प्रभु मनी ट्रान्सफरका शाखा/प्रतिनिधिनेपालमा वा नेपालबाट पैसा पठाउने शाखा/प्रतिनिधिहरूबारे जानकारी पाउनका लागि प्रभु मनी ट्रान्सफरको वेबसाइटमा उपलब्ध Locate Agents tool को सहयोग लिन सकिन्छ। प्रभु मनी ट्रान्सफरले तत्काल नगद स्थानान्तरण गर्ने र कुनै पनि बैङ्‍क वा वित्तीय संस्था (Finance) को खातामा जम्मा गर्ने सुविधा प्रदान गर्दछ।

 
  एक्सप्रेस मनी

एक्सप्रेस मनी भनेको एक्सप्रेस मनी सर्विसेज, लि. बाट संसारभरि पैसा स्थानान्तरण गर्ने प्रक्रिया हो।यसले १,७०००० प्रतिनिधि/शाखामार्फत संसारका १५० वटा देशमा पैसा स्थानान्तरण गर्ने सुविधा प्रदान गर्दछ।नेपालमा यसले नगद लिने/दिने र नगदलाई बैङ्‍क खातामा जम्मा गरिदिने गर्दछ। नेपालमा यसका अन्य सेवाहरू भने उपलब्ध छैनन्। यस सेवामार्फत पैसा स्थानान्तरण गर्दा एक्सप्रेस मनीले १६ अङ्कको एक्स-पिन नम्बर (X-PIN Number) प्रदान गर्दछ। पैसा झिक्नका लागि यो नम्बर नभइ हुँदैन।

एक्सप्रेस मनीबाट पैसा पठाउन र झिक्न निकै सजिलो छ। पैसा पठाउने र झिक्ने प्रक्रियाबारे चित्रात्मक निर्देशनको लागि - यहाँ क्लिक गर्नुहोस् ।
एक्सप्रेस मनीका उपकरणहरू (Tools)
प्रतिनिधि/शाखाको खोजी यहाँ क्लिक गर्नुहोस्
मुद्रा गणना यहाँ क्लिक गर्नुहोस्