"सानो नै राम्रो" नेपाली टाइम्समा प्रकाकाशित लेख(१७ डिस्मेबर २०१० - २३ डिस्मेबर २०१०)

लामाटारकी २७ वर्षीया कमला परियारसँग तीनवटा लुगा सिउने कल र ग्राहकहरूलाई रोज्न लगाएर बेच्नका लागि राखिएका लुगाको एउटा दराज भएको टेलर्स पसल छ। छ वर्ष अघिसम्म उनी अन्य टेलर्सहरूमा काम खोज्दै हिँड्दै गरेर आफ्नो समय बिताउँथिन्। DEPROSC नामक लघुवित्त संस्थाको आर्थिक सहयोगबाट उनले आफ्नै टेलर्स खोलिन्।
"मैले १० हजार रूपैंया ऋण लिएर यो काम थालेकी हुँ" परियार भन्छिन्- "अहिले मेरो पसलबाट हुने आम्दानीबाट घर खर्च र छोराछोरीको पढाइ खर्च छुट्याएर अलिअलि वचत गर्न पनि पुग्छ। यसबाट म धेरै खुसी छु।"
लघुवित्त सम्बन्धी अनुपम धारणाबाट लाभान्वित हुने १७ लाख भन्दा बढी नेपालीहरूमध्येकी परियार एउटी हुन्। 'गरिबहरूको बैङ्क' का रूपमा लोकप्रिय बनेको लघुवित्तको मूल मन्त्र भनेकै धितो विना कर्जा दिनु र ऋणीहरूलाई गरिबी घटाउनका लागि लघु ऋण उपलब्ध गराउनु हो।
"लघुवित्त गरिबी विरूद्ध लड्ने एउटा हतियार हो" निर्धन उत्थान बैङकका हरिहरदेव पन्त यसै भन्नुहुन्छ "अनि म के भन्छु भने नेपालमा हामी लघुवित्तका उद्देश्य अनुरूपको सफलता हासिल गर्न सफल भएका छौं।"