लघुवित्त संस्थाहरू यस्ता संस्था हुन् जसले लघुवित्तसम्बन्धी सेवा प्रदान गर्दछन्। नेपालमा साना गैर-नाफामुखी संस्थादेखि वाणिज्य बैङ्कसम्मका लघुवित्त संस्थाहरू रहेका छन्।

१. लघुवित्त विकास बैङ्कहरू
क.

ग्रामीण विकास बैङ्क: सरकारी स्वामित्वमा रहेको यस बैङ्कले ग्रामीण क्षेत्रका गरिब महिलाहरूलाई धितो नराखिकनै जमानीका भरमा लघुवित्त सेवा उपलब्ध गराउँछ।

ख.

प्राइभेट माइक्रो फाइनान्स डेभलपमेन्ट बैङ्क: निजी स्वामित्वको विकास बैङ्क, ग्रामीण विकास बैङ्जस्तै।


निर्धन उत्थान बैङ्क लिमिटेड

छिमेक विकास बैङ्क लिमिटेड

स्वावलम्बन विकास बैङ्क लिमिटेड
 

डिप्रोस्क विकास बैङ्क लिमिटेड

विश्ब विकास बैङ्क लिमिटेड

नयाँ नेपाल लघुवित्त विकास बैङ्क लिमिटेड
 

मुक्तिनाथ विकास बैङ्क लिमिटेड

ज्योति विकास बैङ्क लिमिटेड
 
     
RMDC ले Deprived Sector Lending (DSL) scheme अन्तर्गत MFDBs का साथै वाणिज्य बैङ्कहरू र वित्तीय कम्पनीहरूमा लगानी गर्दछ।
   
२.

Financial Intermediary NGOs (FINGOs)
Financial Intermediary NGOs संस्थाहरूले संस्था दर्ता ऐन १९७७ अन्तर्गत दर्ता भएर Financial Intermediation Related Institutions Act 1999 को प्रावधान अनुसार सीमित बैङ्किङ कारोबार गर्दछन्। सामान्यतया यी संस्थाका २००० देखि ३००० सम्म सेवाग्राहीहरू हुन्छन्।

   
३. सहकारीहरू
 

वचत तथा ऋण सहकारी (SACCOs)
नेपालका प्राय सबै जिल्लामा वचत तथा ऋण सहकारी संस्थाहरू छन्। तिनीहरूले सरदर ५० देखि २०० सेवाग्राहीहरूलाई सेवा दिन्छन्। यी संस्थाहरू सहकारी ऐन अन्तर्गत सञ्चालित हुन्छन्। आफ्ना ग्राहकहरूलाई अप्ठ्यारो अवस्थामा वित्तीय तथा वचत सम्बन्धी सुविधा प्रदान गर्ने भएकाले लघुवित्तको यो ढाँचा पहाडी तथा हिमाली क्षेत्रका लागि उपयुक्त मानिन्छ। साना किसान बैङ्क लिमिटेडले ९.५ % व्याज दरमा SACCOs लाई ऋण प्रदान गर्दछ।


विन्दवासिनि वचत तथा सहकारिङ

साना किसान विकास बैङ्क
 

साना किसान सहकारी लिमिटेड(SFCL)
साना किसान सहकारी लिमिटेड खास गरी ग्रामीण क्षेत्रका आफ्ना सदस्यहरूलाई वित्तीय तथा गैर वित्तीय सेवा उपलब्ध गराउने सदस्यहरूद्वारा व्यवस्थापन गरिएको बहु-सेवा प्रदायक सहकारी हो। ग्रामीण क्षेत्रका किसानहरूलाई यस संस्थाले सेवा प्रदान गर्दछ। यसको सेवा एउटा गाउँ विकास समिति भित्र ५०० घर परिवार र २०० देखि ७०० आश्रितसम्म सीमित रहेको छ। SFCL ले वित्तीय थोक कर्जा प्रदान गर्दछ भने सामाजिक क्रियाशीलता, तालिम तथा प्राविधिक सहयोग जस्ता गैर वित्तीय सेवा प्रदान गर्दछ।