ज्योति समूह

ज्योति समूहले फलाम, स्टील, तथा कपडा बनाउने धागोजस्ता प्रमुख औद्योगिक उत्पादनदेखि वित्तीय तथा पर्यटनसँग सम्बन्धित विविध उत्पादन तथा सेवा प्रदान गर्दै आएको छ ।
ज्योति यार्न प्रोसेसिङ प्रा.लि.
सन् १९९४ मा पर्सा जिल्लाको परवानीपुरमा ज्योति यार्न प्रोसेसिङ प्रा.लि.को स्थापना भएको हो।धागो कात्ने उद्योगको पूरक उद्योगका रूपमा स्थापित यस उद्योगले प्रारम्भदेखि नै अग्रणी भूमिका निर्वाह गर्दै आएको छ।सूती धागो, पोलिस्टर/सूती धागो र पोलिस्टर/भिस्कोस धागो रङ्ग्याउनका लागि यसको स्थापना भएको हो।

 

 

  खेतान समूह

खेतान समूहले खनिज, तत्काल उपभोग्य पेय तथा खाद्य पदार्थ तथा बिमा, बैङ्कसम्बन्धी/वित्तीय सेवा, दूरसञ्चार, सूचना प्रविधि, आवास, लगानी, उर्जा तथा कृषिजस्ता क्षेत्रमा लगानी गर्नेतर्फ अभिरुचि देखाएको छ।खेतान समूहसँग सम्बन्धित 'हिमालयन एग्रिकल्चर प्रा.लि. नामक कृषि कम्पनीको उल्लेख गरिएको भए पनि इन्टरनेटमा यसबारे थप विस्तृत विवरण उपलब्ध छैन ।

 

 

  शारदा समूह

शारदा ग्रुप निजी क्षेत्रबाट सञ्चालित नेपालकै सबैभन्दा ठूला औद्योगिक तथा व्यापारिक कम्पनीहरूमध्ये पर्दछ।यसको वार्षिक कारोबार १५करोड अमेरिकी डलरभन्दा बढी रहेको छ।सन् १९७० देखि नै यस कम्पनीले दीर्घकालीन रूपमा उपभोग गर्ने सकिने देखि तत्काल उपभोग्य वस्तुहरूको उत्पादन गर्ने उद्योगहरूको सञ्चालन गरिआएको छ। शारदा समूहले निम्नलिखित कृषिजन्य वस्तुहरूको निर्माण तथा आपूर्ति गर्दै आएको छ:

तेल र घिउ
चामल र पिठो


पायोनियर मार्केटिङ शारदा ग्रुपको सहायक प्रतिष्ठान हो

पायोनियर मार्केटिङले तामा, पित्तल, जस्ता, एम.एस. प्लेट लगायतका धातुहरू तथा चामल, रेसम, सुपारी, खाद्य उत्पादन लगायत रासायनिक तथा अन्य विविध वस्तुहरू आयात-निर्यात गर्ने गर्दछ।
 

 

  वैद्य उद्योग तथा व्यापार संस्था संगठन (VOITH)

यो नेपालकै सर्वाधिक गतिशील व्यापारिक केन्द्रहरूमध्ये एक हो।पूर्णता, श्रेष्ठता र नेतृत्वशीलताप्रति यो केन्द्र समर्पित छ।यसले पूर्ण व्यापारिक केन्द्र, औद्योगिक संस्था, सेवाप्रदायक, निर्माण गतिविधि तथा शैक्षिक प्रतिष्ठानहरूको प्रतिनिधित्व गर्दछ।

कृषि उत्पादन कम्पनी
एग्रि ब्रिडर्स प्रा.लि.
विराटनगर,नेपालमा सञ्चालन गरिएको एग्रि बिडर्स प्रा.लि. VOITH को स्वामित्वमा रहेको छ।उच्च गुणस्तरीय कृषिजन्य वस्तुको उत्पादन र सम्बर्धनका लागि आवश्यक अत्याधुनिक उपकरणहरू यहाँ उपलब्ध छन्।यसले आफ्ना कृषकहरू र अन्य कृषकहरूका उत्पादनहरू निर्यात गर्ने कार्य पनि गर्दछ।
नेपाल वेलहोप एग्रि-टेक प्रा.लि.
चिनको लायोनिङ वेलहोप एग्रिटेक कम्पनीसँगको संयुक्त लगानीमा सञ्चालित नेपालकै सबैभन्दा ठुलो दाना उद्योग हो। सन् २००७ को नोबेम्बर १३ तारिकका दिन VOITH का अध्यक्ष विजय जि. बैद्य र चिनियाँ कम्पनीका अध्यक्ष विडोङ जिनबाट संयुक्त रूपमा औपचारिक उद्‍घाटन गर्नुभन्दा अघि नै अर्थात् सन् २००७ को जुलाइदेखि नै यसले व्यावसायिक उत्पादन प्रारम्भ गरेको हो।यसको आधुनिक प्लान्टबाट कुखुरा, हाँस तथा सुँगुरका लागि ६० टन उच्चगुणस्तरीय दाना उत्पादन गर्दछ।
चिया कम्पनीहरू
गुराँस टि इस्टेट प्रा.लि
हिले, धनकुटामा २०० हेक्टर क्षेत्रफलमा विस्तारित।
VOITH को एउटा सहायक उद्योग।
माइ-इलाम गुराँस टि इस्टेट इन्डस्ट्रिज, प्रा.लि.
गुराँस टि इस्टेट प्रा.लि.को भगिनी संस्था (सन् २००१ मा TUV Rhineland, Germany as ISO 9000:2000 बाट प्रमाणित) जापानको लीफुल कर्पोरेसन र इलामका साना किसानसँगको सहकार्यमा।
नेपालमा स्तरीय अर्थोडक्स चिया उत्पादन गर्ने उद्देश्यले सन् २००५ मा टि वेरहाउस कम्पनीको स्थापना भएको हो।आधुनिक प्रविधि तथा सुविधाहरूको प्रयोग गरेर नेपालमा अर्थोडक्स चियाको स्रोत पहिल्याउने, मूल्याङ्‍कन गर्ने, उपलब्ध गराउने, किन्ने, भण्डारण गर्ने, मिश्रण गर्ने, प्रबर्द्धन र बिक्री गर्ने उद्देश्यले यस कम्पनीको स्थापना भएको हो ।