Nepal Research and Education Network (NREN)

Nepal Research and Education Network (NREN) ले नेपालका ग्रामीण क्षेत्रमा दूर-उपचार सेवा उपलब्ध गराउँदै आएको छ । काठमाडौं मोडल हस्पिटल NREN को मेडिकल साझेदार हो । NREN र Nepal Wireless ले सन् २००६ मा यो परियोजना प्रारम्भ गरेका हुन्। हाल NREN को दूर-उपचार सेवासँग साइनो गाँस्दै गरेका संस्थाहरू यी हुन्:

काठमाडौं मोडल हस्पिटल, बागबजार (NREN को मेडिकल साझेदार)
चिकित्ताशास्त्र अध्ययन संस्था, टिचिङ हस्पिटल, काठमाडौं
नेपाल मेडिकल कलेज तथा टिचिङ हस्पिटल, काठमाडौं
Telehealth (CHEST), महाराजगन्ज, काठमाडौंबाट उपलब्ध सञ्चार स्वास्थ्य शिक्षा सेवा
गौरी शङ्कर जनरल अस्पताल, दोलखा
मनमोहन मेमोरियल सामुदायिक अस्पताल, फर्पिङ
  सार्क दूर-उपचार परियोजना

भारत सरकारले प्रारम्भ गरेको SAARC e-Network Tele-Medicine अभियानको उद्देश्य सार्कका सबै सदस्य राष्ट्रहरूका जनतालाई विशेषज्ञ स्वास्थ्यसेवा, सुविधा तथा उपचार सेवा उपलब्ध गराउनु र सार्क राष्ट्रका चिकित्सकहरूबीच चिकित्सा सम्बन्धी ज्ञान तथा अनुभवको आदान प्रदान गर्नु हो।

  नेपाल सरकारका दूर-उपचार सेवाहरू

नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागले पनि दूर-उपचार सेवा उपलब्ध गराएको छ। हाल दूर-उपचार केन्द्र पाटन अस्पताल अन्तर्गत रहेको छ। संस्थाले हाल २५ वटा जिल्लामा सेवा उपलब्ध गराएको छ भने थप ५ वटा जिल्लामा सेवा विस्तार गर्ने तयारी गरिँदैछ । नेपाल सरकारले दूर-उपचार अन्तर्गत विभिन्न ३ वटा सेवा उपलब्ध गराएको छ। ती हुन्:

१.

प्रत्यक्ष भिडियो संवाद
२५ वटा जिल्लामा भिडियो संवादका लागि आवश्यक उपकरणहरू उपलब्ध छन्। तिनका माध्यमबाट सेवाग्राहीहरूले दूर-उपचार केन्द्रसँग सम्पर्क स्थापित गरेर सेवा लिन पाउँछन्।

२.

Store and forward mechanism
नेपाल सरकारले उपलब्ध गराएको अनलाइन पोर्टलबाट विशेषज्ञको सहयोग आवश्यक भएका बिरामीहरूबारेको विस्तृत विवरण राख्ने गरिन्छ।

३.

Hello swasthya
नेपाल टेलिकम तथा NCELL बाट नि:शुल्क टेलिफोन नं. १११५ उपलब्ध गराइएको छ । स्वास्थ्यसम्बन्धी समस्याको समाधानका लागि सर्वसाधारणले यो सेवाको उपयोग गर्न सक्छन्।